आश्विन १, २०८१ मंगलबार | ०१:२१:०८
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन सुस्मिता नेपाल

पेरिसलाई निशाना केन्द्रित गर्दै सुस्मिता

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा नेपाली खेलकुदको पहुँच निकै कमजोर छ । सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता जनाउन थालेको नेपालबाट यो कुम्भमेलामा सहभागिता जनाएका खेलाडीकै संख्या सय काटेको छैन । खेल त हातमै गन्न सकिने मात्र छन् ।

तर, नेपालका लागि सुटिङ यस्तो भाग्यमानी खेल हो, जसले नियमित रूपमा ओलम्पिकमा नेपाली झण्डा बोक्ने अवसर पाइरहेको छ । सन् १९८८ मा दक्षिण कोरियाको सोलमा भएको संस्करणदेखि नेपाली सुटिङले ओलम्पिकको मञ्चमा आफूलाई प्रस्तुत गरेको थियो । त्यसयता रियो २०१६ बाहेक ओलम्पिकका सबै संस्करणमा नेपाली सुटिङको उपस्थिति छ ।

यसपालि फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सुटिङबाट सहभागिता जनाउने नेपाली प्रतिनिधि हुन्, सुस्मिता नेपाल । सुस्मिताले युनिभर्सालिटी (अनिवार्य) कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् । सुस्मिताले महिला १० मिटर एयर राइफलमा चुनौती प्रस्तुत गर्नेछिन्  ।

ओलम्पिक खेल्ने मौकाबाट उत्साहित सुस्मिता प्रशिक्षणकै प्रदर्शनलाई निरन्तरता दिन सके प्रारम्भिकबाट फाइनल चरणसम्मको यात्रा गर्नेमा आशावादी छिन् । ‘आफ्नो तर्फबाट शतप्रतिहत मिहिनेत गर्नेछु,’ उनी भन्छिन् ।

यसपालि सुस्मितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा सहभागिता जनाउँदै छन् ।

यसमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्ड र युनिभर्सालिटी कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएका हुन् । विगतमा गरेको प्रदर्शनका आधारमा आइओसीबाट प्राप्त कोटामा सहभागिताको अवसर पाए पनि सुस्मिताले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा पुग्दा स्मरणीय प्रदर्शनको अपेक्षा राखेकी छन् ।

तस्विर सौजन्यः सुजल थापा

ओलम्पिकमा पदक आशा गर्ने बेला भइनसकेको वास्तविकता बुझेकी सुस्मिता पछिल्लो समय नियमित रूपमा प्रतियोगिताहरू खेलिरहेको र ओलम्पिकका लागि गरेको तयारीबाट उत्साहित छिन् । भन्छिन्, ‘पछिल्लो समय नियमित प्रतियोगिता खेलिरहेको छु । प्रशिक्षण पनि राम्रो भइरहेको छ । पदक आस गर्न नसके पनि व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य राखेको छु ।’

ओलम्पिक खेल्ने मौकाबाट उत्साहित सुस्मिता प्रशिक्षणकै प्रदर्शनलाई निरन्तरता दिन सके प्रारम्भिकबाट फाइनल चरणसम्मको यात्रा गर्नेमा आशावादी छिन् । ‘आफ्नो तर्फबाट शतप्रतिहत मिहिनेत गर्नेछु,’ उनी भन्छिन् ।

आवश्यक न्युनतम स्कोर पूरा गरेका कारण सुस्मिता युनिभर्सालिटी कोटाका लागि योग्य भएकी थिइन् । २४ वर्षकी सुटर सुस्मिताले इन्डोनेसियाको जाकार्तामा भएको एसियन च्याम्पियनसिपको छनोटमा ६१६.२ र जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा ६०२.५ स्कोर गरेकी थिइन् ।

‘ओलम्पिकमा छनोट हुँदा लक्ष्य नजिक पुगे जस्तो लागेको छ । सँगै जिम्मेवारी बढेको महसुस भइरहेको छ । ओलिम्पकमा उत्कृष्ट प्रदर्शन गरेर देशको नाम चम्काउन सकें भने मेरो सपना पूरा हुनेछ,’ सुस्मिता भन्छिन् ।

वाइल्ड कार्ड वा युनिभर्सालिटी कोटाका लागि कम्तीमा पनि विश्व सुटिङ महासंघको मान्यता प्राप्त दुई प्रतियोगिता खेल्नुपर्ने प्रावधान छ । त्यही प्रावधानमा लायक भएका कारण सुस्मितालाई पेरिसको टिकट पाउन सजिलो भएको हो ।

सुस्मिता ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी हुन् । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक सोलिडारिटीको सहयोगमा टोकियो ओलम्पिकलगत्तै विभिन्न खेलका १० खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको थियो । त्यसका लागि उनीहरूले मासिक ७५० अमेरिकी डलर पाएका थिए । छात्रवृत्तिको उद्देश्य खेलाडीलाई ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन र प्रशिक्षण गर्न सहज होस् भन्ने थियो । सुस्मितालाई त्यही छात्रवृत्तिले प्रतियोगिता खेल्न र प्रशिक्षणमा निरन्तर लाग्न सहयोग पुगेको थियो ।

उनले सन् २०१६ मा अन्तर विद्यालय प्रतियोगितामार्फत सुटिङमा पाइला चालेकी थिइन् । पाँच टोली सहभागी उक्त प्रतियोगितामा सुस्मिताले स्वर्ण पदक जितेकी थिइन् । सन् २०१७ को महिला १० मिटर एयर राइफल युथ एसियन च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले ३९७.४ स्कोर गरेकी थिइन् ।

तस्विर सौजन्यः सुजल थापा

तीन पटक एनएनआइपिए वर्ष खेलाडी भएकी सुस्मिताले २०१८ मा १८औं र २०२३ मा १९औं एसियाली खेलकुदमा सहभागिता जनाएकी थिइन् । चीनको हाङझाउमा सुस्मिता ६०७.९ स्कोरसहित ५८औं स्थानमा थिइन् । जकार्तामा भने सुस्मिताको स्कोर ५८७.२ थियो । जहाँ उनको पोजिसन ४६औं थियो ।

भर्खरै सम्पन्न राष्ट्रिय सुटिङ प्रतियोगिताको २५औं संस्करणमा वागमती प्रदेशबाट खेलेकी सुस्मिता व्यक्तिगत र मिक्स टिम इभेन्टमा रजत पदकमै सीमित भएकी थिइन् ।

सुस्मिताले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र १० मिटर एयर राइफल महिला एसियन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । उनको अन्तर्राष्ट्रिय अनुभवको सूचीमा २०२३ मा भएको १० मिटर एयर राइफल महिला एसियन च्याम्पियनसिपको छनोट पनि समावेश छ ।

‘सुरुआत गर्दा मलाई यो खेलबारेमा केही थाहा थिएन । त्यो बेला मेरो राइफल चलाउने रहरमात्र थियो । सुटिङ खेलाडी हुन्छु भन्ने सोचेकै थिइनँ,’ सुस्मिताले भनिन्, ‘तर पहिलो प्रतियोगितामा राम्रो स्कोर गरेपछि गुरुहरूले यसैमा लाग्न प्रेरणा दिनुभयो । उहाँहरूकै प्रेरणा र मार्गदर्शनले सिक्दै र खेल्दै गएँ ।’

विगतका यी सबै अनुभव र नतिजाहरू सुस्मिताका लागि गन्तव्य पुग्न खोज्दा स्मरणमा पछाडिको बाटोमा सीमित भएका छन् । प्रत्येक खेलाडीको सपनामा हुने ओलम्पिकको गन्तव्य उनको सामुन्ने आइसकेको छ ।

‘ओलम्पिकमा छनोट हुँदा लक्ष्य नजिक पुगे जस्तो लागेको छ । सँगै जिम्मेवारी बढेको महसुस भइरहेको छ । ओलिम्पकमा उत्कृष्ट प्रदर्शन गरेर देशको नाम चम्काउन सकें भने मेरो सपना पूरा हुनेछ,’ सुस्मिता भन्छिन् ।

सुस्मिता ओलम्पिक खेल्ने नवौं सुटर हुन् । यसअघि पार्वती थापा (१९८८), अनिता श्रेष्ठ (१९९२), विभाश्वरी राई (१९९६), भगवती केसी (२०००), टीकाराम श्रेष्ठ (२००४), फुलमाया क्यापछाकी (२००८), स्नेहा राज्यलक्ष्मी राणा (२०१२) र कल्पना परियार (२०२०) ले विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्चमा नेपालको प्रतिनिधित्व गरेका थिए ।  

तस्विर सौजन्यः सुजल थापा

रहरमा सुटिङ यात्रासुस्मिताले सुटिङमै भविष्य बनाउँछु भनेर यो खेलमा पाइला चालेकी भने होइनन् । रहरै रहरमा सुरु गरेको उनको करिअर अहिले ओलम्पिकसम्म पुगेको छ ।

‘सुरुआत गर्दा मलाई यो खेलबारेमा केही थाहा थिएन । त्यो बेला मेरो राइफल चलाउने रहरमात्र थियो । सुटिङ खेलाडी हुन्छु भन्ने सोचेकै थिइनँ,’ सुस्मिताले भनिन्, ‘तर पहिलो प्रतियोगितामा राम्रो स्कोर गरेपछि गुरुहरूले यसैमा लाग्न प्रेरणा दिनुभयो । उहाँहरूकै प्रेरणा र मार्गदर्शनले सिक्दै र खेल्दै गएँ ।’

बढेको आत्मविश्वास सुस्मिता लगातारको प्रशिक्षण र प्रतियोगिताले आत्मविश्वास बढेको बताउँछिन् । ‘ओलम्पिक छात्रवृति प्राप्त गरेकाले नियमित प्रतियोगिताहरू खेल्ने अवसर पाएँ । प्रशिक्षणमा अरू साथी पनि हुनुहुन्छ । यसले गर्दा निकै सहज भएको छ । पहिला एक्लै प्रशिक्षण गर्दा आफ्नो गल्ती भए पनि वास्तै हुँदैनथ्यो,’ सुस्मिताले भनिन्, ‘अरू साथीहरू हुँदा प्रतिस्पर्धाको भावना आउँदो रहेछ । जसले गर्दा खेलमा धेरै सुधार भएको छ । आत्मविश्वास बढेको छ । ओलम्पिकमा राम्रो गर्न सक्छु भन्ने लागेको छ ।’

उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकको आस

सुस्मिताले प्रशिक्षक प्रदीप खातीको निगरानीमा ओलम्पिकको तयारी गरिरहेकी छन् । प्रशिक्षक खाती पनि विगतभन्दा यसपालि ओलम्पिकमा सुटिङले राम्रो गर्ने अपेक्षा राख्छन् ।

‘खेलाडीलाई दबाब महसुस नहोस् भनेर नयाँ टेक्निकमा खेलाइरहेका छौं, त्यहीअनुसार सुस्मिताले पनि टार्गेट पूरा गरिरहेकी छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिताकै माहोल बनोस् भनेर अन्य खेलाडीलाई पनि प्रशिक्षणमा राखेका छौं । जसले गर्दा प्रतिस्पर्धाको भवना वृद्धि भइ खेलमा सुधार आएको छ ।’

तस्विर सौजन्यः सुजल थापा

अन्तर्राष्ट्रिय सुटिङ महासंघको निर्देशिका अनुसार सांगीतिक माहोलमा प्रशिक्षण भइरहेको प्रशिक्षक खातीले बताए । जसले खेलमै केन्द्रित हुन मद्दत गरिरहेको छ । अहिले गरिरहेको प्रदर्शनलाई निरन्तरता दिन सके सुम्मिता फाइनल चरण (सुपर ८) मा पुग्छिन् भन्ने लागेको खातीले सुनाए ।प्रशिक्षकको रूपमा खातीको यो दोस्रो ओलम्पिक हुनेछ । यसअघि उनको प्रशिक्षणमा फूलमाया क्यापछापीले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेकी थिइन् ।