चैत्र ११, २०८२ बुधबार | ०१:२६:१०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन १९ औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुदः नेपालबाट कुन खेलमा कसको सहभागिता (भाग–३)

काठमाडौं । यसअघि हामीले चीनको हाङचाउमा हुने एसियाली खेलकुदमा नेपालले भाग लिने दस खेल र त्यसमा सहभागी हुने खेलाडीबारे चर्चा गरेका थियौं । अब पालो थप पाँच खेलको ।

नेपालले फुटबलमा महिलातर्फ मात्र सहभागिता जनाउने छ र यो नेपालको पूर्ण राष्ट्रिय टिम रहेको छ । 

फुटबलनेपालले फुटबलमा महिलातर्फ मात्र सहभागिता जनाउने छ र यो नेपालको पूर्ण राष्ट्रिय टिम रहेको छ । घोषित टिममा अनिता वस्नेत, सावित्रा भण्डारी, हीरा भुजेल, विमला बिक, विमला चौधरी, समीक्षा घिमिरे, रश्मि घिसिङ, अमृता जैशी, अमिशा कार्की, अनिता केसी, सरु लिम्बू, रेनुका नगरकोटी, उषा नाथ, रेखा पौडेल, प्रिति राई, गीता राना, पूजा राना, अञ्जना रानामगर, सबिता रानमगर, दीपा शाही, निशा थोकर र अन्जली तुम्बाबापो रहेका छन् ।

गल्फगल्फमा नेपालका तर्फबाट महिलाले पहिलो पटक ऐतिहासिक सहभागिता जनाउने छन् । कुल छ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्, तीन महिला र तीन पुरुष । यी खेलाडी हुन्, कस्मिरा शाह, सुष्मा सिग्देल, सदभाव आचार्य, युवराज भुजेल, शुक्र राई र सुभाष तामाङ । यी खेलाडीको सहभागिता व्यक्तिगत महिला र पुरुषसँगै महिला र पुरुषको टिम स्पर्धा पनि रहेको छ ।

ह्यान्डबल महिलाह्यान्डबलमा पनि नेपालको सहभागिता महिला स्पर्धामै मात्र सीमित रहेको छ । नेपाली टिमका खेलाडी यस प्रकार रहेका छन्, रमिला वस्नेत, विमला भुजेल, अदिती चौधरी, रामकुमारी चौधरी, संगीता चौधरी, सम्झना कुमाल, कल्पना ओली, बन्दना राई, सन्जु राई, उमा राई, हिलिना राना, ममता राना, आइता शेर्पा, देवी श्रेष्ठ, कल्पना सिंजाली र विमला तामाङ ।

जुडोजुडोमा नेपालका तर्फबाट आठ खेलाडीको सहभागिता रहनेछ, त्यसमा चार महिला र चार पुरुष खेलाडी रहेका छन् । ती खेलाडीमध्ये देबिका चिदीले ५२ केजी, आकृति जोशीले ७८ केजीमाथि, पुनम श्रेष्ठले ७० केजीमुनि र मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ विकास बिकले ६० केजीमुनि, रंजिश गोलेले १०० केजीमाथि, जंग सरुले ८१ केजीमुनि र इन्द्र श्रेष्ठले ६६ केजीमुनि खेल्नेछन् । यी सबै खेलाडी मिक्ड टिम स्पर्धामा पनि खेल्छन् ।

कबड्डीकबड्डीमा पनि नेपालको सहभागिता महिला विधामै मात्र सीमित छ । कुल १२ खेलाडी रहेका छन् र यी हुन्, जयन्ती बडु, मनमति विष्ट, अर्पणा चौधरी, रबिना चौधरी, गंगा घिमिरे, नीतु गुरुङ, कलावती पन्त, अनुजा राई, ईशा राई, मेनुका राजवंशी, सुनिता थापा र सिर्जना थारु ।