माघ १६, २०८२ शुक्रबार | १५:३३:३६
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो
शनिबारको दिन १९ औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुदः नेपालबाट कुन खेलमा कसको सहभागिता (भाग–३)

काठमाडौं । यसअघि हामीले चीनको हाङचाउमा हुने एसियाली खेलकुदमा नेपालले भाग लिने दस खेल र त्यसमा सहभागी हुने खेलाडीबारे चर्चा गरेका थियौं । अब पालो थप पाँच खेलको ।

नेपालले फुटबलमा महिलातर्फ मात्र सहभागिता जनाउने छ र यो नेपालको पूर्ण राष्ट्रिय टिम रहेको छ । 

फुटबलनेपालले फुटबलमा महिलातर्फ मात्र सहभागिता जनाउने छ र यो नेपालको पूर्ण राष्ट्रिय टिम रहेको छ । घोषित टिममा अनिता वस्नेत, सावित्रा भण्डारी, हीरा भुजेल, विमला बिक, विमला चौधरी, समीक्षा घिमिरे, रश्मि घिसिङ, अमृता जैशी, अमिशा कार्की, अनिता केसी, सरु लिम्बू, रेनुका नगरकोटी, उषा नाथ, रेखा पौडेल, प्रिति राई, गीता राना, पूजा राना, अञ्जना रानामगर, सबिता रानमगर, दीपा शाही, निशा थोकर र अन्जली तुम्बाबापो रहेका छन् ।

गल्फगल्फमा नेपालका तर्फबाट महिलाले पहिलो पटक ऐतिहासिक सहभागिता जनाउने छन् । कुल छ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्, तीन महिला र तीन पुरुष । यी खेलाडी हुन्, कस्मिरा शाह, सुष्मा सिग्देल, सदभाव आचार्य, युवराज भुजेल, शुक्र राई र सुभाष तामाङ । यी खेलाडीको सहभागिता व्यक्तिगत महिला र पुरुषसँगै महिला र पुरुषको टिम स्पर्धा पनि रहेको छ ।

ह्यान्डबल महिलाह्यान्डबलमा पनि नेपालको सहभागिता महिला स्पर्धामै मात्र सीमित रहेको छ । नेपाली टिमका खेलाडी यस प्रकार रहेका छन्, रमिला वस्नेत, विमला भुजेल, अदिती चौधरी, रामकुमारी चौधरी, संगीता चौधरी, सम्झना कुमाल, कल्पना ओली, बन्दना राई, सन्जु राई, उमा राई, हिलिना राना, ममता राना, आइता शेर्पा, देवी श्रेष्ठ, कल्पना सिंजाली र विमला तामाङ ।

जुडोजुडोमा नेपालका तर्फबाट आठ खेलाडीको सहभागिता रहनेछ, त्यसमा चार महिला र चार पुरुष खेलाडी रहेका छन् । ती खेलाडीमध्ये देबिका चिदीले ५२ केजी, आकृति जोशीले ७८ केजीमाथि, पुनम श्रेष्ठले ७० केजीमुनि र मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ विकास बिकले ६० केजीमुनि, रंजिश गोलेले १०० केजीमाथि, जंग सरुले ८१ केजीमुनि र इन्द्र श्रेष्ठले ६६ केजीमुनि खेल्नेछन् । यी सबै खेलाडी मिक्ड टिम स्पर्धामा पनि खेल्छन् ।

कबड्डीकबड्डीमा पनि नेपालको सहभागिता महिला विधामै मात्र सीमित छ । कुल १२ खेलाडी रहेका छन् र यी हुन्, जयन्ती बडु, मनमति विष्ट, अर्पणा चौधरी, रबिना चौधरी, गंगा घिमिरे, नीतु गुरुङ, कलावती पन्त, अनुजा राई, ईशा राई, मेनुका राजवंशी, सुनिता थापा र सिर्जना थारु ।