नारी दिवश

ओलम्पिक खेल्ने महिला खेलाडीहरू

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो बृहत मेला ओलम्पिकमा नेपालले सहभागिता जनाउन थालेको ५८ वर्ष बढी भइसकेको छ । ओलम्पिकमा नेपालको उपस्थिति अहिलेसम्म सहभागिताभन्दा माथि उठ्न सकेको छैन ।

राष्ट्रिय कीर्तिमानमा सुधार ओलम्पिकको प्रतिस्पर्धास्थलभित्र नेपाली खेलाडीले पाउने गरेको ठूलो सफलता हो । जबकि खेलकुदलाई भजाएर खान पल्किएका पदाधिकारी जमातले भने ओलम्पिक अभियानमा सहभागी भएको, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिएको जस्ता नारा लगाएर लोकलाई झुक्याइरहेकै छन् ।

सहभागिता र अनुभवलाई नै उपलब्धि मान्ने हो भने पनि सन् १९६४ मा जापानमा भएको टोकियो ओलम्पिकबाट नेपालले त्यस्तो उपलब्धि हासिल गर्न थालेको थियो । पहिलो संस्करणमा नेपालबाट ६ पुरुष खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए । महिलाले त्यही अवसरका लागि २४ वर्षसम्म प्रतीक्षा गर्नुपर्यो ।

दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा पहिलो पटक नेपाली टोलीबाट तीन महिला खेलाडीले सहभागिता जनाएको इतिहास छ । नेपालबाट त्यतिखेर ओलम्पिक खेल्न सुटिङकी पार्वती थापा तथा म्याराथन धाविकाद्वय राजकुमारी पाण्डे र मेनुका रावत कोरिया पुगेका थिए ।

ओलम्पिक खेल्न तीन नेपाली महिला कोरिया पुगे पनि पार्वतीको प्रतिस्पर्धा पहिला थियो । खेलतालिकाको त्यही संयोगले उनलाई नेपालको पहिलो महिला ओलम्पियन बनायो । तर, पार्वतीसँगै ओलम्पियन महिलाको नाममा राजकुमारी र मेनुकाको नाम पनि एकसाथ लिने गरिन्छ ।

पार्वती थापा (सुटिङ) 

नेपालको पहिलो ओलम्पियन महिला हुन्, पार्वती थापा । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा उनले सहभागिता जनाएकी थिइन् ।

पार्वतीले ओलम्पिकमा महिला १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गरेकी थिइन् । पार्वतीको ओलम्पिक यात्रा छनोट चरणमै पूर्णविराम लाग्यो । उनले मोनाकोकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन् । ३ सय ७५ स्कोरमा मोनाकोकी खेलाडीसँग बराबरी गर्दै पार्वतीले ४३औं स्थान हासिल गरेकी थिइन् ।

यस्तै, सन् १९९१ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पार्वतीले रजत पदक जितेकी थिइन् । पाँच पटक सुटिङ विश्वकप र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पार्वतीले करियरमा घरेलु प्रतिस्पर्धाका १६ स्वर्ण पदक, ६ रजत पदक र एक कांस्य पदक जितेकी छन् ।

नेपालगन्जमा जन्मिएकी पार्वती दाजु लक्ष्मण थापाको पाइला पछ्याउँदै सुटिङ खेलमा लागेकी थिइन् । आफ्नो समयमा नेपाली सुटिङमा दबदबा कायम गरेकी पार्वतीले सन् १९८७ मा बेइजिङमा भएको एसियन सुटिङ च्याम्पियनसिपमा छैटौं स्थान हासिल गरेकी थिइन् ।

यस्तै, सन् १९९१ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पार्वतीले रजत पदक जितेकी थिइन् । पाँच पटक सुटिङ विश्वकप र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पार्वतीले करियरमा घरेलु प्रतिस्पर्धाका १६ स्वर्ण पदक, ६ रजत पदक र एक कांस्य पदक जितेकी छन् ।

५१ वर्षीया पार्वती अहिले सुटिङ प्रशिक्षकको रूपमा कार्यरत छन् ।

राजकुमारी पाण्डे र मेनुका रावत (एथलेटिक्स)

पहिलो पटक महिला खेलाडीले ओलम्पिकमा नेपालको झण्डा फर्फराउँदाका मुख्य पात्र हुन् राजकुमारी र मेनुका ।

५२ वर्षीया राजकुमारी र ४९ वर्षीया मेनुका नेपालको लामो दुरीका उत्कृष्ट धाविका हुन् । दुवैले सन् १९८८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए ।

निर्धारित दुरी राजकुमारीले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड तथा ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा पूरा गरेका थिए । ओलम्पिकको त्यो स्पर्धामा राजकुमारी ६० तथा मेनुका ६१ औं स्थानमा सीमित भएका थिए ।

सुटिङकी पार्वतीसँगै यी दुई धाविका पनि ओलम्पिकमा सहभागिता जनाउन कोरिया पुगेका थिए । नेपालको पहिलो महिला ओलम्पियनमा गनिने दुवै खेलाडीले एउटै विधामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा दुवैले राम्रो नतिजा भने निकाल्न सकेनन् ।

निर्धारित दुरी राजकुमारीले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड तथा ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा पूरा गरेका थिए । ओलम्पिकको त्यो स्पर्धामा राजकुमारी ६० तथा मेनुका ६१ औं स्थानमा सीमित भएका थिए ।

सन् १९८८ पछि ओलम्पिकमा नेपाली महिला खेलाडीको सहभागिता बाक्लिन थाल्यो । सन् १९९६ मा एथलेटिक्सकी विमला राना मगर, सन् २००० मा एथलेटिक्सकै देवीमाया पनेरु, सुटिङकी भगवती खत्री र पौडीकी रुना प्रधानले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०१२ को लन्डन ओलम्पिकमा एथलेटिक्सकी प्रमिला रिजाल, सुटिङकी स्नेह राज्यलक्ष्मी राणा, पौडीकी श्रेया धितालले सहभागिता जनाए । सन् २०१६ को रियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती भट्टराई, जुडोकी फुपुल्हामु खत्री, पौडीकी गौरिका सिंह र तेक्वान्दोकी निशा रावल तथा कोभिड-१९ महामारीका कारण एक वर्ष ढिलो गरी भएको सन् २०२० को टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र पौडीकी गौरिका सिंहले प्रतिस्पर्धा गरिसकेका छन् ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दो क्विन संगीना वैद्यले छनोट चरण पार गरेरै सहभागिता जनाउने पहिलो ‘बहादुर’ महिलाको रूपमा नाम लेखाइन् । यही संस्करणमा एथलेटिक्सकी कान्छीमाया कोजु र पौडीकी नयना शाक्यले पनि सहभागिता जनाएका थिए । त्यसको चार वर्षपछि बेइजिङ ओलम्पिकमा एथलेटिक्सकी चन्द्रकला थापा, जुडोकी देवु थापा, सुटिङकी फुलमाया क्याप्छाकी र पौडीकी करिश्मा कार्कीले सहभागिता जनाएका थिए ।