आश्विन ३, २०८१ बिहीबार | २१:४०:०९
प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन
शनिबारको दिन वर्ष २०२२ मा खेलकुद

मेसीले गन्तब्य पाएको वर्ष

काठमाडौं । विश्व फुटबलका लागि वर्ष २०२२ को अन्त्य निकै दुखद रह्यो । ब्राजिलका महान खेलाडी पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । जुन ब्राजिल र दक्षिण अमेरिकामात्र नभई पूरा विश्व फुटबलका लागि अतुलनिय क्षती थियो ।

१९५८, १९६२ र १९७० गरि तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको थियो । कतार विश्वकप २०२२ जारी रहँदा पेलेको निधनको हल्ला सार्वजनिक भएको थियो । जसलाई पेलेको परिवारले अफवाह भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको थियो ।

पेलेको निधनअघिसम्म वितेको वर्षको फुटबलमा कतार विश्वकप सबैको चासोको केन्द्र थियो । प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता यही वर्ष परेकाले पूरा फुटबल विश्वकपमा केन्द्रित हुनु स्वभाविक थियो ।

२०१० मा विश्वकप आयोजनको अधिकार पाएदेखी नै शृंखलाबद्ध विवादमा तानिएको कतारले अन्ततः विश्वकपको सफल आयोजना गर्न सफल भयो । पहिलो पटक विश्वकप नोेभेम्बर-डिसेम्बरमा आयोजना भयो । जसका कारण नोभेम्बर-डिसेम्बरमा युरोपका शीर्ष लिगहरु स्थगित गरियो ।

कतारका आमिरले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई विश्वकपको ट्रफी हस्तान्तरण गरेसँगै विश्व फुटबलको महाकुम्भले चार वर्षका लागि बिदाई लियो । क्लब फुटबलमा सबै सफलता हात पारेका मेसीमाथि एउटा आरोप निरन्तर लाग्दै आएको थियो, उनले राष्ट्रका लागि कहिले पनि आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेनन् । फ्रान्समाथि पेनाल्टी सुटआउटमा ४-२ को जितसहित विश्व विजेता बन्दै मेसीले त्यो आरोप गलत साबित गरिदिए ।

आफ्नो खेलजीवनको उत्तरार्धमा रहेका मेसीले अर्जेन्टिनालाई विश्व विजेता बनाएसँगै आफूलाई डिएगो म्याराडोनासँगै महान खेलाडीको सुचीमा उभ्याएका छन । साथै मेसीले आफनो खेल करियर पूर्ण भएको समेत घोषणा गरे ।

यता १९६२ पछि पहिलो पटक विश्वकपको उपाधि रक्षा गर्ने संघारमा पुगेर पनि फ्रान्स असफल भयो । तर फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे भने दुर्लभ कीर्तिमान रच्न सफल भए । उनी १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । त्यसअघि १९६६ को फाइनलमा इङ्ल्यान्डका जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए ।

प्रतियोगितामा कुल आठ गोल गर्दै गोल्डेन बुट जितेका एमाबाप्पेले टाई ब्रेकरमा गरेको पेनाल्टी गोल पनि जोड्ने हो भने उनले फाइनलमा मात्र गरेको गोलसंख्या चार पुग्छ ।

युक्रेनमाथि एकतर्फी सैन्य हमलाका कारण फिफाले रुसलाई फुटबलमा पनि प्रतिबन्ध लगाएको थियो । जसका कारण २०१८ को विश्वकप आयोजक रुस विश्वकप छनोटको प्लेअफ खेल्नबाट वञ्चित भयो ।

यता पछिल्लो एक दशक मेसीका सबभन्दा ठूला प्रतिस्पर्धी रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने आफ्नै खराब निर्णयका कारण विवादित बने । विश्व फुटबलमा मेसी र रोनाल्डोमध्ये को महान खेलाडी हुन् भन्ने विवाद पनि कतार विश्वकपले अन्त्य गरिदियो ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागका साथै अन्य केही पदाधिकारी आफ्नो ओल्ड ट्राफोर्ड बसाईमा सन्तुष्ट नभएको र उनीहरुप्रति कुनै सम्मान नभएको बताएसँगै रोनाल्डो विवादमा तानिएका थिए । युनाइटेडले आपसी सहमतीमा रोनाल्डोसँगको सम्झौता रद्ध भएको घोषणा गरेको थियो । जसले विश्वकप चलिरहँदा उनी क्लबविहिन बनेका थिए ।

त्यसो त युनाइटेडले गत सिजन शीर्ष चारमा बस्दै प्रिमियर लिगको अन्त्य गर्न असफल भएसँगै रोनाल्डोले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष पटक-पटक आग्रह गरेका थिए । उनी पहिलो पटक युरोपा लिग खेल्नुपर्ने अवस्थामा पुगेपछि क्लब छोड्न चाहन्थे । शीर्ष चारबाहिर रहेसँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको थियो ।

रोनाल्डोले आफ्नो खराब व्यवहार दक्षिण कोरियाविरुद्ध समूह चरणको अन्तिम खेलमा पनि देखाए । प्रशिक्षक फर्नान्डो सान्तोषले मैदान बाहिर बोलाएपछि रोनाल्डो आक्रोसित बनेका थिए । सान्तोसले उनलाई अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा बेन्चमा राखे ।

मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा पनि उनी सुरुआती ११ मा स्थान बनाउन सफल भएनन । मोरक्कोसँगको हारसँगै पोर्चुगलको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । रोनाल्डो स्वयमले पनि कतार विश्वकप आफ्ना लागि अन्तिम सहभागिता भएको संकेत गरिसकेका थिए ।मोरक्कोले विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान रच्यो । समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी खेल्नुका साथै बेल्जियमलाई हराएको मोरोक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध बनायो ।

त्यस्तै एसियाली राष्ट्रहरुले पनि आफूसँग अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त क्षमता भएको प्रमाणित गरे । साउदी अरेबियाले समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पार्यो । यता जापानले समूह चरणमा स्पेन र जर्मनीलाई हरायो । दक्षिण कोरियाले समूह चरणमा पोर्चुगललाई निराश पारेको थियो ।

यता जर्मनीका लागि भने वर्ष २०२२ सम्झन लायक रहेन । २०१४ को विश्व विजेता जर्मनी २०२२ मा पनि समूह चरणबाटै बाहिरियो । २०१८ को रुस विश्वकपमा पनि जर्मनीको यात्रा समूह चरणमा अन्त्य भएको थियो ।