फाल्गुन २, २०८२ शनिबार | १८:००:४९
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन राष्ट्रिय यु २० फुटबल टिम

अबका ‘राइजिङ स्टार’ फुटबलर

नेपालको यु–२० राष्ट्रिय फुटबल टिम बिहीबार साफ यु–२० च्याम्पियनसिप खेलेर फर्किसकेको छ । सुरुआती दुई संस्करण उपाधि जितेको नेपालले त्यसपछि भने समूहबाट माथि उठ्न सकेको छैन । दुई पटक उपाधि जित्दा एन्फा एकेडेमीको ‘सेट’ टिम पाएको नेपालले त्यसपछिका दुई संस्करणमा भने सोहीअनुसार न टिम पायो न त रिजल्ट । अघिल्लो संस्करण सन् २०१९ मा त नेपालले एक खेल पनि जित्न सकेको थिएन ।

यसपालि भुटान र पाकिस्तानले सहभागिता जनाउँदा साफमा पाँच राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदा बंगलादेश र भारत उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा शुक्रबार राति ब‌ंगलादेशलाई ५-२ ले हराउँदै भारतले उपाधि जित्यो ।

पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

फाइनल पुग्न असफल नेपालले प्रतियोगितामा औसत प्रदर्शन गरेको थियो । दुई खेलमा जित निकाल्दा एक खेलमा बराबरी तथा अर्काे खेलमा हार बहोरेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गर्दा दोस्रो खेलमा श्रीलंकामाथि ३–० को विजेता नतिजा निकालेको नेपालले तेस्रो खेल भारतलाई ८–० ले सुम्पिएको थियो । अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै अंक बाँडनुपरेको थियो ।

पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

प्रशिक्षक मेघराज केसीले कप्तान आयुश घलान, कृतिशरत्न छुन्जु, आशिष राई, सुगम सुवालजस्ता अनुभवी खेलाडी टोलीमा पाएका थिए । सुगमले डेनमार्कमा आफूलाई व्यस्त राख्दा, आयुशले राष्ट्रिय टिमबाट समेत आफुलाई प्रमाणित गरिसकेका छन् । यता कृतिश र आशिषले भने ए डिभिजन लिगमा समेत राम्रो स्थान पाएका थिए । आशिष भने राष्ट्रिय टोलीमा स्थान बनाएर पनि डेब्युको पर्खाइमा छन् ।  

यी त भए अनुभवीका कुरा । 

प्रतियोगितामा सोनित दाहाल, सृजन धामी, रोहित सुब्बा, उनेश चौधरीले बेन्चमै समय बिताए । त्यसबाहेक मैदानमा रहेर आफूलाई प्रमाणित गरेका ६ खेलाडीलाई खेलाडी डटकमले ‘राइजिङ प्लेयर’का रूपमा लिएको छ । जसले भविष्यमा राष्ट्रिय टिम होस् या घरेलु प्रतियोगितामा राम्रो प्रदर्शनको छाप छोड्न सक्छन् ।

१.आशिष राई

माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकाल्दा होस् या बंगलादेशविरुद्ध बराबरी खेल्दा आशिष पूरा मैदानमा छाएको देखियो । डिफेन्स होस् या अट्याकमा जाँदा आशिषले पूरा टिमलाई सहयोग गरिरहे । पूर्वका यी अट्याकिङ मिडफिल्डर घरेलु प्रतियोगितामा समेत आफूलाई चर्चामा राख्न सफल भएका थिए । त्यही अनुभव उनले कालिङ्गा रंगशालामा साटे । आशिषले अन्तिम पटक च्यासल युथ क्लबबाट ए डिभिजन लिग र काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका छन् । भारतविरुद्ध ८–० को हारमा ६७औं मिनेट मैदान बिताउनुबाहेक माल्दिभ्स, श्रीलंका र बंगलादेशविरुद्ध पूरा समय मैदानमा बिताएका थिए ।

२.सुमित श्रेष्ठ

युवा खेलाडी सुमित यु–२० साफ च्याम्पियनसिपका सफल खेलाडीमा रहे । यसअघि राष्ट्रिय स्तरका प्रतियोगितामा गुमनाम देखिएका सुमितले भारतमा भने टोलीका लागि महत्त्वपूर्ण प्रदर्शन गर्दै चर्चा बटुले । प्रशिक्षक केसीले सुमितलाई तालिकाका चारै खेलमा ९० मिनेट नै अवसर दिलाए । फुटसल नेसनल टिमबाट खेलिसकेका सुमितले ‘बी’ डिभिजन लिगमा भने बाँसबारी क्लबको प्रतिनिधित्व गरेका थिए । गण्डकी प्रदेशका विंग्सब्याक सुमितले लामा शट हान्न र पास निकाल्न सफल देखिए । साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सुमितलाई उच्चस्तरीय प्रतियोगिता खेल्न ढोका खोलेको छ ।  

३. अभिषेक वाइबा

राइटब्याक अभिषेकले यु–२० साफ च्याम्पियनसिपमा आफूलाई प्रमाणित गरेका छन् । यसअघि नै नेपालको युथ–१५ र यु–१६ टिमबाट खेलिसकेका अभिषेकले भारतमा समेत प्रशिक्षक केसीको मन जित्न सफल भए । अन्तिम खेलमा बंगलादेशविरुद्ध ६९औं मिनेट मैदान बिताउनुबाहेक, माल्दिभ्स, श्रीलंका र भारतविरुद्ध ९० मिनेट (इन्जुरी समय बाहेक) बिताएका छन् । घरेलु प्रतियोगितामा भने अभिषेकको नाम खासै चर्चामा आएको छैन । ‘सी’ डिभिजन छनोट वागमती युवा क्लबबाट खेलेका सर्लाहीका १८ वर्र्षीय अभिषेकले भारतमा आयोजित यु–१५ साफ र जोर्डनमा आयोजित यु–१६ एएफसी कप छनोट खेलेका छन् ।

४. दीपेश गुरुङ

सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका दीपेशले साफ च्याम्पियनसिपमा गजबको प्रदर्शन गरे । उद्घाटन खेल त्यहाँमाथि प्रतियोगिताको पहिलो गोल दीपेशकै नाममा रह्यो । बक्सबाहिरबाट उनले गरेको आकर्षक गोलले निकै चर्चा पायो । ए डिभिजन लिग २०७८ मा रेलिगेसन परेको ब्रिगेड ब्वाइज क्लबबाट १३ मध्ये ७  खेलमा ३४६ मिनेट (इन्जुरी बाहेक) मैदान बिताएका दीपेशले साफमा जबरजस्त प्रदर्शन गरे । भुवनेश्वरमा अट्याकिङ मिडफिल्डर सम्हालेका दीपेशले नेपालको यु–१४ टिमबाट समेत खेलेका छन् । सुरुआती तीन खेलमा ९० मिनेट नै मैदानमा बिताएका उनी अन्तिम खेलमा भने बंगलादेशविरुद्ध रातो कार्ड सामना गर्दै ६९ मिनेटमा मैदान छाड्नु दुखद पक्ष रह्यो ।

५. अजय चौधरी

बारा सिमराका अजयले साफमा नेपालको डिफेन्सलाइन सम्हालेका थिए । जर्सी नम्बर २ लगाएर सिनियर टोलीका अनन्त तामाङको झझल्को दिने अजयले आफूलाई प्रमाणित गरेका छन् । घरेलु लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) बाट बी डिभिजन लिग खेलेका अजयले यु–१५ र यु–१६ टिमबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । अजयले साफमा भारतविरुद्ध ५७ मिनेट मैदानमा बिताउनुबाहेक अन्य तीन राष्ट्रविरुद्ध पूरा समय मैदानमा बिताएका थिए ।

६. ईश्वर गुरुङ

गोलरक्षक ईश्वरले चारै खेलमा नेपालको गोलपोस्टको जिम्मेवारी पाएका थिए । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ३–० को अग्रता लिएसँगै प्रशिक्षक केसीले ईश्वरको स्थानमा दोस्रो रोजाइका जियारत शेखलाई ८२औं मिनेटमा मौका दिएका थिए । भारतसँग ३२औं मिनेटमा बेहोरेको गोल बिर्सने हो भने ईश्वरको प्रदर्शन साफमा दमदार रह्यो । अन्य खेलमा पूरा समय मैदान बिताएका ईश्वरले कम अनुभव भए पनि साफमा आफूलाई प्रमाणित गरेका छन् । गत ए डिभिजन लिग २०७८ मा जावलाखेल युथबाट अन्तिम खेलमा संकटाविरुद्ध १–१ गोलको बराबरी खेल्दा उनले शीर्ष डिभिजनमा डेब्यु गरेका थिए । विभिन्न मोफसल प्रतियोगितामा जावलाखेलबाट खेलेका ईश्वर युथ टिममा खेल्ने धादिङ जिल्लाका पहिलो फुटबलर हुन् ।