पुस १५, २०८२ बुधबार | २३:२२:१९
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन च्याम्पियन्स लिग

च्याम्पियन्स लिग फाइनल: रियाल कीर्तिमानतिर, लिभरपुललाई अवसर

योर्गन क्लोपको लिभरपुलले आइतबार युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा रियाल मड्रिडको सामना गर्नेछ, त्यतिबेला दुई तथ्यले खास भूमिका खेलिरहेको हुनेछ । पहिलो, लिभरपुलको मनमा हुनेछ यही रियालसँग सन् २०१८ को फाइनलमा बेहोरेको हारको बदला लिने । दोस्रो, स्पेनी महारथी रियाल आफै भने कीर्तिमान १४औं युरोपेली उपाधि जित्ने दाउमा हुनेछ । लिभरपुलका लागि यो पछिल्लो ५ सिजनमा तेस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ ।

किभमा भएको त्यो फाइनलमा लिभरपुल रियालसँग ३–१ ले विजयी रहेको थियो भने त्यसलगत्तै सिजन टोलीले मड्रिडमा टोटेनहमलाई उपाधिका लागि हराएको थियो । यसपल्टको फाइनल स्टाडे डे फ्रान्समा हुनेछ । लिभरपुल सातौंपल्ट उपाधि जित्नका लागि बलियो प्रत्याशी रहनेछ । यस्तो गर्न सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ । युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि बढी जित्ने क्लब सूचीको दोस्रो स्थानमा उक्लने छ ।

यो सूचीमा रियाल एक्लै शीर्षस्थानमा छ । फेरि लिभरपुल शनिबार विजयी भए टोलीले एकै सिजन तीन कप जितेको कीर्तिमान पनि बन्नेछ । लिभरपुलले त्यसअघि घरेलु लिग कप र एफए कप दुवै जितिसकेको छ । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले भनेका छन्, ‘उपाधि जित्नु जत्तिको मज्जा अरू केही छैन ।’

लिभरपुल एकै सिजन चार उपाधि जित्ने बाटोमा थियो, तर इङ्लिस प्रिमियर लिग उपाधि हात पार्नबाट निकै झिनो अन्तरले टोली चुकेको हो ।

घरेलु लिग उपाधि होडमा लिभरपुल च्याम्पियन बनेको म्यानचेस्टर सिटीभन्दा एकै अंकले मात्र पछाडि पर्यो । ‘च्याम्पियन्स लिगविना पनि हाम्रा लागि यो सिजन राम्रो रह्यो,’ व्यवस्थापक क्लोप मान्छन्, ‘च्याम्पियन्स लिग पनि जित्न सकियो भने त यो उत्कृष्ट नै रहनेछ ।’

किभको फाइनलयता लिभरपुल र क्लोपले लामो यात्रा तय गरिसकेका छन् । त्यस खेलमा सुरुमै मोहम्मद सालाह घाइते भएका थिए भने गोलरक्षक लोरिस कारियसले सर्वथा बिर्सनलायक प्रदर्शन गरेका थिए ।

रियालका लागि गारेथ बेलको प्रदर्शन उत्कृष्ट रह्यो । सालाह अहिले भन्छन्, ‘यो बदला लिने समय हो ।’ सालाहले यो सिजन ३१ गोल गरिसकेका छन् । सन् २०१८ यता लिभरपुलले आफ्नो टिम अझ बलियो बनाएको छ । गोलरक्षकको भूमिकामा एलिसन छन् भने मध्यपंक्तिमा थिएगो अल्कान्टाराको प्रदर्शन उत्कृष्ट छ । लिभरपुललाई यहाँनिर एउटै समस्या हुनसक्छ । यो हो, यो स्पेनी टिमलाई च्याम्पियन्स लिग जित्ने बानी छ, जुन विपक्षीका लागि असाध्यै खराब हो ।

नकआउट चरणमा लिभरपुलले इन्टर मिलान, बेन्फिका र भियारियालको चुनौती पार गरेको थियो भने कार्लो एन्सेलोट्टीको रियाल नकआउट चरणमा पुनरागमनको राजा साबित भएको थियो । लिग चरणमा सेरिफ टिरासपोल जस्ता नामै नसुनेको क्लबसँग पराजित रियालले त्यसयता भने साँच्चै राम्रो खेलेको छ । अझ ठ्याक्कैभन्दा रियालको फाइनल यात्रा आफैमा अद्वितीय छ । अन्तिम १६ मा रियाल भने पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध समग्रमा २–० ले पछाडि थियो । त्यही बेला करिम बेन्जेमाले ह्याट्रिक गरे ।

क्वार्टरफाइनलमा पनि चेल्सीविरुद्ध रियाल पछाडि नै परेको स्थिति थियो । बेन्जेमाले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए । सिटीविरुद्धको सेमिफाइनल त अझ गजब रह्यो । दोस्रो लेगमा खेललाई अतिरिक्त समय लान पनि दुई गोल अवाश्यक थियो, तर त्यही भयो । अनि फेरि बेन्जेमाले निर्णायक गोल गरे । अहिले ३४ वर्षीय फ्रान्सेली खेलाडी बेन्जेमा आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा छन् । उनले यस सिजन ४४ गोल गरिसकेका छन्, त्यसमा १५ गोल त युरोपेली प्रतियोगिताको हो ।

आफ्नै जन्मभूमिमा जित निकाल्न सके, बेन्जेमा पक्कै पनि बालन डी’अरका लागि सबैभन्दा बलिया प्रत्याशी हुनेछन् । रियालका लागि यसको अर्थ हुनेछ, किलियन एमबाप्पे क्लबमा नआए पनि केही फरक पर्दैन । पछिल्लो ९ सिजनमा रियाल पाँचौं च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियालले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । बेन्जेमा र लुका मोडरिच पनि त्यस टिममा थिए । प्रशिक्षक पनि अरू कोही होइनन्, एन्सेलोट्टी नै ।