फाल्गुन ६, २०८२ बुधबार | ०२:०६:२१
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल
शनिबारको दिन नेपाली फुटबल

भड्किँदै खेलाडी, मुर्छित नेतृत्व

राष्ट्रिय फुटबल टोलीका करिब एक दर्जन मुख्य खेलाडी बन्द प्रशिक्षणबाट हटाइएको १० दिन बितिसकेको छ । खेलाडी भर्सेज प्रशिक्षकको लडाइँमा अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व पनि मिसिएको छ ।

एन्फा कार्यसमितिमा रहेको दुई धार पनि खेलाडी र प्रशिक्षकतिर गरी ध्रुवीकरण भएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकाय भएको हैसियतमा यो समस्याको निकास निकाल्ने काम एन्फाको हो । तर आगामी चारवर्षे कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा एन्फा नेतृत्व यो समस्या समाधानभन्दा पनि झन बल्झाउन लागिपरेको प्रस्टिँदै गएको छ ।

दशकौंदेखि विभिन्न पक्ष विपक्षमा बाँडिएको नेपाली फुटबलमा एउटै चिज साझा थियो भने त्यो राष्ट्रिय टोली हो । तर अटेरी प्रशिक्षक, अपरिपक्व खेलाडी र गुटगत स्वार्थकेन्द्रित गैरजिम्मेवार नेतृत्वका कारण त्यो एउटा साझा चिज पनि चरम विवादमा फसेको छ । सायद इतिहासकै सबैभन्दा जटिल मोडमा छ नेपाली फुटबल । सबैभन्दा ठूलो समस्या भोगिरहेको छ । निकास निकाल्न जति ढिलो गरियो, त्यति यसको प्रभाव दीर्घकालीन हुने पक्का छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय भएको हैसियतमा यो समस्याको निकास निकाल्ने काम एन्फाको हो । तर आगामी चारवर्षे कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा एन्फा नेतृत्व यो समस्या समाधानभन्दा पनि झन बल्झाउन लागिपरेको प्रस्टिँदै गएको छ ।

त्यसो त खेलाडीहरू आफैं बन्द प्रशिक्षणबाट कसैलाई थाहा नदिई भागेको आरोप पनि छ । जबकि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाट निस्कन उर्दी जारी गरेपछि व्यवस्थापनलाई सूचित गरेर बाहिरिएको खेलाडीहरू बताउँछन् । यी भए आरोप प्रत्यारोपका कुरा ।

अर्को महिना कुवेतमा हुने छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका लागि ठ्याक्कै एक महिना बाँकी छ । र, पछिल्ला वर्षहरूमा राष्ट्रिय टिमका मुख्य खेलाडी रहँदै आएका रोहित चन्द, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशीलगायतका खेलाडी टिममा छैनन् । मुख्य प्रशिक्षक अल्मुताइरीले अन्य १७ खेलाडी बोलाएर तयारी जारी राखेका छन् ।

तर, अहिले नेपाली टिम अर्को महिना हुने एएफसी एसियन कप छनोट तेस्रो चरणको तयारीमा व्यस्त हुनुपर्ने थियो । जबकि टिम ‘खेलाडी भर्सेज प्रशिक्षक’ को विवादमा रुमलिइरहँदा एन्फा भने रमितेकै भूमिकामा सीमित छ । राष्ट्रिय टिमका खेलाडीहरू बाहिरिएको १० दिन पुग्न लाग्दा बल्ल एन्फा सचिवालयले आइतबारका लागि ‘आपतकालीन’ बैठक बोलाएको छ ।

त्यसअघि एन्फाले आफ्नै वेबसाइटमा खेलाडी–प्रशिक्षक विवादमाथि छानबिन गर्न पूर्वराष्ट्रिय खेलाडी भिक्टोर राणाको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको समाचार जारी गरेको थियो । तर, केही मिनेटमै त्यो समाचार डिलिट गरेको एन्फाले प्रक्रिया पूरा नभएका कारण समाचार हटाइएको बताएको छ । अहिले जल्दोबल्दो र संवेदनशील विषयमा निर्णय नै नगरी हल्ला चलाउनु र समाचार नै डिलिट गर्नुले एन्फा नेतृत्वको लापरबाही स्पष्ट देखाउँछ ।

अर्को महिना कुवेतमा हुने छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका लागि ठ्याक्कै एक महिना बाँकी छ । र, पछिल्ला वर्षहरूमा राष्ट्रिय टिमका मुख्य खेलाडी रहँदै आएका रोहित चन्द, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशीलगायतका खेलाडी टिममा छैनन् । मुख्य प्रशिक्षक अल्मुताइरीले अन्य १७ खेलाडी बोलाएर तयारी जारी राखेका छन् ।

एसियन कपको तयारी गरिरहेको टिममा प्रायः नयाँ खेलाडीलाई मात्रै समेट्दा अनुभवको कमी खड्किने सम्भावना प्रवल छ । सम्भावना त त्यस विपरीत नयाँ टिमले नै निवर्तमान टिमभन्दा अब्बल प्रदर्शन गरेर देखाउने पनि छ । जे भए पनि कुवेत भ्रमणअघि कतार जाने तयारीमा रहेको टिममा अहिले भएका खेलाडी नै जाने हुन् वा क्याम्पबाट निकालिएका खेलाडीलाई पुनः समावेश गरिन्छ भन्ने नै यकिन हुन सकेको छैन ।

खेलाडी र प्रशिक्षक विवादको सुरुआत भनिँदै आएको ‘होस्टेल कि होटल’ विवाद हो भने त्यसलाई पनि समाधान गर्न नसक्नु एन्फाको गल्ती भएको पूर्वकप्तान तथा एन्फा पूर्वअध्यक्ष गणेश थापा बताउँछन् ।

खेलाडीहरू छानबिनका लागि पत्रकार सम्मेलन गरेर एन्फा, मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धाइरहँदा एन्फा नेतृत्व भने सुस्ताइरहेको छ । छानविनका लागि खेलाडी भने यता/उता भड्किरहँदा नेतृत्व मुर्छित छ ।

‘आधारभूत आवश्यकताको विषयमा पनि समस्याको समाधान गर्न नसक्नु एन्फा नेतृत्व र एन्फाको गल्ती होइन र ?’ थापा प्रश्न गर्छन् ।

एन्फा अध्यक्ष शेर्पा भने छानबिनको आश्वासन दिँदै हिँडेका छन् । शेर्पाले खेलाडीसँग वैशाख १६ को कुराकानीमा वार्ताको पहल गर्ने बताएका थिए ।

‘मैले वार्ता गरिरहेको छु, समस्या समाधान हुन्छ,’ उनले भनेका थिए । तर, उनले वार्ता गर्दै छु भन्नुबाहेक वार्ता र उपलब्धि केही बाहिर आएका छैनन् ।

खेलाडीहरू छानबिनका लागि पत्रकार सम्मेलन गरेर एन्फा, मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धाइरहँदा एन्फा नेतृत्व भने सुस्ताइरहेको छ । छानविनका लागि खेलाडी भने यता/उता भड्किरहँदा नेतृत्व मुर्छित छ ।