नेपाली फुटबल

भड्किँदै खेलाडी, मुर्छित नेतृत्व

राष्ट्रिय फुटबल टोलीका करिब एक दर्जन मुख्य खेलाडी बन्द प्रशिक्षणबाट हटाइएको १० दिन बितिसकेको छ । खेलाडी भर्सेज प्रशिक्षकको लडाइँमा अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व पनि मिसिएको छ ।

एन्फा कार्यसमितिमा रहेको दुई धार पनि खेलाडी र प्रशिक्षकतिर गरी ध्रुवीकरण भएका छन् ।

नेपाली फुटबलको सर्वोच्च निकाय भएको हैसियतमा यो समस्याको निकास निकाल्ने काम एन्फाको हो । तर आगामी चारवर्षे कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा एन्फा नेतृत्व यो समस्या समाधानभन्दा पनि झन बल्झाउन लागिपरेको प्रस्टिँदै गएको छ ।

दशकौंदेखि विभिन्न पक्ष विपक्षमा बाँडिएको नेपाली फुटबलमा एउटै चिज साझा थियो भने त्यो राष्ट्रिय टोली हो । तर अटेरी प्रशिक्षक, अपरिपक्व खेलाडी र गुटगत स्वार्थकेन्द्रित गैरजिम्मेवार नेतृत्वका कारण त्यो एउटा साझा चिज पनि चरम विवादमा फसेको छ । सायद इतिहासकै सबैभन्दा जटिल मोडमा छ नेपाली फुटबल । सबैभन्दा ठूलो समस्या भोगिरहेको छ । निकास निकाल्न जति ढिलो गरियो, त्यति यसको प्रभाव दीर्घकालीन हुने पक्का छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय भएको हैसियतमा यो समस्याको निकास निकाल्ने काम एन्फाको हो । तर आगामी चारवर्षे कार्यकालका लागि चुनाव नजिकिँदै जाँदा एन्फा नेतृत्व यो समस्या समाधानभन्दा पनि झन बल्झाउन लागिपरेको प्रस्टिँदै गएको छ ।

त्यसो त खेलाडीहरू आफैं बन्द प्रशिक्षणबाट कसैलाई थाहा नदिई भागेको आरोप पनि छ । जबकि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाट निस्कन उर्दी जारी गरेपछि व्यवस्थापनलाई सूचित गरेर बाहिरिएको खेलाडीहरू बताउँछन् । यी भए आरोप प्रत्यारोपका कुरा ।

अर्को महिना कुवेतमा हुने छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका लागि ठ्याक्कै एक महिना बाँकी छ । र, पछिल्ला वर्षहरूमा राष्ट्रिय टिमका मुख्य खेलाडी रहँदै आएका रोहित चन्द, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशीलगायतका खेलाडी टिममा छैनन् । मुख्य प्रशिक्षक अल्मुताइरीले अन्य १७ खेलाडी बोलाएर तयारी जारी राखेका छन् ।

तर, अहिले नेपाली टिम अर्को महिना हुने एएफसी एसियन कप छनोट तेस्रो चरणको तयारीमा व्यस्त हुनुपर्ने थियो । जबकि टिम ‘खेलाडी भर्सेज प्रशिक्षक’ को विवादमा रुमलिइरहँदा एन्फा भने रमितेकै भूमिकामा सीमित छ । राष्ट्रिय टिमका खेलाडीहरू बाहिरिएको १० दिन पुग्न लाग्दा बल्ल एन्फा सचिवालयले आइतबारका लागि ‘आपतकालीन’ बैठक बोलाएको छ ।

त्यसअघि एन्फाले आफ्नै वेबसाइटमा खेलाडी–प्रशिक्षक विवादमाथि छानबिन गर्न पूर्वराष्ट्रिय खेलाडी भिक्टोर राणाको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको समाचार जारी गरेको थियो । तर, केही मिनेटमै त्यो समाचार डिलिट गरेको एन्फाले प्रक्रिया पूरा नभएका कारण समाचार हटाइएको बताएको छ । अहिले जल्दोबल्दो र संवेदनशील विषयमा निर्णय नै नगरी हल्ला चलाउनु र समाचार नै डिलिट गर्नुले एन्फा नेतृत्वको लापरबाही स्पष्ट देखाउँछ ।

अर्को महिना कुवेतमा हुने छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका लागि ठ्याक्कै एक महिना बाँकी छ । र, पछिल्ला वर्षहरूमा राष्ट्रिय टिमका मुख्य खेलाडी रहँदै आएका रोहित चन्द, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशीलगायतका खेलाडी टिममा छैनन् । मुख्य प्रशिक्षक अल्मुताइरीले अन्य १७ खेलाडी बोलाएर तयारी जारी राखेका छन् ।

एसियन कपको तयारी गरिरहेको टिममा प्रायः नयाँ खेलाडीलाई मात्रै समेट्दा अनुभवको कमी खड्किने सम्भावना प्रवल छ । सम्भावना त त्यस विपरीत नयाँ टिमले नै निवर्तमान टिमभन्दा अब्बल प्रदर्शन गरेर देखाउने पनि छ । जे भए पनि कुवेत भ्रमणअघि कतार जाने तयारीमा रहेको टिममा अहिले भएका खेलाडी नै जाने हुन् वा क्याम्पबाट निकालिएका खेलाडीलाई पुनः समावेश गरिन्छ भन्ने नै यकिन हुन सकेको छैन ।

खेलाडी र प्रशिक्षक विवादको सुरुआत भनिँदै आएको ‘होस्टेल कि होटल’ विवाद हो भने त्यसलाई पनि समाधान गर्न नसक्नु एन्फाको गल्ती भएको पूर्वकप्तान तथा एन्फा पूर्वअध्यक्ष गणेश थापा बताउँछन् ।

खेलाडीहरू छानबिनका लागि पत्रकार सम्मेलन गरेर एन्फा, मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ धाइरहँदा एन्फा नेतृत्व भने सुस्ताइरहेको छ । छानविनका लागि खेलाडी भने यता/उता भड्किरहँदा नेतृत्व मुर्छित छ ।

‘आधारभूत आवश्यकताको विषयमा पनि समस्याको समाधान गर्न नसक्नु एन्फा नेतृत्व र एन्फाको गल्ती होइन र ?’ थापा प्रश्न गर्छन् ।

एन्फा अध्यक्ष शेर्पा भने छानबिनको आश्वासन दिँदै हिँडेका छन् । शेर्पाले खेलाडीसँग वैशाख १६ को कुराकानीमा वार्ताको पहल गर्ने बताएका थिए ।

‘मैले वार्ता गरिरहेको छु, समस्या समाधान हुन्छ,’ उनले भनेका थिए । तर, उनले वार्ता गर्दै छु भन्नुबाहेक वार्ता र उपलब्धि केही बाहिर आएका छैनन् ।