फाल्गुन २९, २०८२ शुक्रबार | १८:४९:३३
चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार
शनिबारको दिन नेपाली फुटबल

बेवास्तामा परेकै हो नेपाली फुटबल ?

काठमाडौं । एपिएफ क्लब र ट्रान्सपोर्ट युनाइटेडबीच दशरथ रंगशालामा भएको फुटबल खेल । एपिएफ टिमले जति आक्रमण गरे पनि गोल गर्न सकेन । ट्रान्सपोर्टले लगातार बलियो चुनौती तेस्र्याइरह्यो । नेपालको महिला राष्ट्रिय टिमले भुटानलाई हराउन गाह्रो हुन थालेको पृष्ठभूमिमा अब यस्तै रोग क्लब स्तरमा पनि सरेको छ । यो सायद नेपाली महिला फुटबल पछाडि परेको प्रमाण नहुन सक्छ । तर एउटा तथ्य भने निश्चित छ, भुटानी फुटबल अगाडि बढिरहेको छ ।अहिले दशरथ रंगशालामा वुमेन्स साफ क्लब च्याम्पियनसिप फुटबल चलिरहेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पछिल्लो समय देखाएको सक्रियताबीच यो एउटा राम्रो प्रतियोगिता हो ।

यही प्रतियोगिता धेरै हदसम्म नेपाली फुटबलका लागि ‘रियालिटी चेक’ भएको छ, कम्तीमा दुई मापदण्डमा । यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर एपिएफले खेलिरहेको छ । एपिएफले यो हैसियत पाएको हो, लिग च्याम्पियनका रूपमा ।

फेरि एपिएफको टिम भन्नु नै एक प्रकारले नेपालको राष्ट्रिय महिला फुटबल टिमभन्दा हुन्छ । यही प्रतियोगिता सुरु हुनु एक दिन जति अगाडि मात्रै एपिएफका लागि टोलीका सबै खेलाडी उपलब्ध भए । खास भन्ने हो भने एपिएफले यो प्रतियोगितालाई भनेर तयारी नै गर्न पाएन् । राष्ट्रिय टिम इन्डोनेसियामा थियो । त्यसैले खेलाडी जति उतै थिए । एपिएफको पहिलो खेल नसरिनविरुद्ध थियो, त्यसको एक दिन अगाडि मात्र लगातार यात्रा गरेर एपिएफ खेलाडी काठमाडौं आइपुगेका थिए । थकित थिए । अनिद्राले गलेका थिए ।

साफ वुमेन्स क्लब च्याम्पियनप घोषणा भएको अहिले होइन, धेरै अगाडि हो । यस्तोमा अखिल नेपाल फुटबल संघ (एन्फा) एकातर्फ यो प्रतियोगिता अनि अर्कोतर्फ राष्ट्रिय टिमको खेल तालिकाका लागि ठीक समन्वय गर्न चुकेकै देखियो । सायद एन्फालाई लागेको छ, आफूले चाहेमा जस्तो गरे पनि हुन्छ । एन्फालाई के पनि लागेको हुनसक्छ भने यो क्लब च्याम्पिनयसिप ख्यालख्यालको प्रतियोगिता हो ।

सायद हो नै । त्यसैले प्रतियोगिताका क्रममा एन्फाका पदाधिकारी दशरथ रंगशालामा बिरलै मात्र देखिन्छन् । जति देखिन्छन्, तिनको ध्यान प्रतियोगिताको समन्वयमा देखिन्न । उनीहरू सबैको ध्यान अन्यत्र नै देखिन्छ । हाम्रा दर्शक पनि के कम ? तिनीहरू पनि दशरथ रंगशाला आउनै छाडेका छन् । नेपाली फुटबल मन पराउने दर्शकलाई पनि अचेल यतातिर के भइरहेको छ, त्यसमा ध्यान कम हुन थालेको छ ।

यस्तो पनि भएको हुनसक्छ, नेपाली फुटबलको बेथितिमा दिक्क भएका आम खेलप्रेमीले सबैभन्दा पहिले गुनासो गरे । एन्फा चुपचाप नै रह्यो । त्यतिले नपुगेपछि आक्रोश पनि पोखे ।

एन्फा झन पो चुपचाप रह्यो । अब भने आम फुटबलप्रेमीले यो खेलप्रति नै वेवास्ता गर्ने दिन आएको छ । नेपाली फुटबललाई लिएर एउटा तीतो सत्य यही भएको छ ।

हुन पनि, आम फुटबलप्रेमीले यस्तो भएन, उस्तो भएन् भन्ने गरेको गुनासोमा एन्फाले ध्यानै दिएन । त्यो गुनासो आक्रोशमा परिवर्तन हुने बेला एन्फालाई लाग्यो, यी सबै त आफ्ना विरोधी हुन् । विरोधीको कुरा त सुन्नु नै हुन्न । यो क्रम धेरै बढेपछि अब तिनै खेलप्रेमीले नेपाली फुटबलप्रति बेवास्ता गर्न थालेका छन् । कसैलाई यो तथ्यमा होइन जस्तो लाग्न सक्छ । यस्तै हो भने दशरथ रंगशालामा अझै साफ वुमेन्स क्लब च्याम्पियनसिपका केही खेल बाँकी छन्, त्यहीं गएर अनुभव पनि गर्न सकिन्छ । 

 नेपाली फुटबलको डाडु पन्यू आफूखुसी चलाउनमै मस्त रहेका एन्फा पदाधिकारीलाई जे लागे पनि यो नेपाली फुटबलको लागि निक्कै निराशाजनक कुरा हो । यति निराशाजनक की, यहाँबाट माथि उठ्न र स्वभाविक लय समाउन लामो समय लाग्न सक्छ । धेरै मेहनत आवश्यक हुन सक्छ । सायद त्यतिले पनि नपुग्न सक्छ । किनकी भनिन्छ नी, ‘कसैले माया गर्छ भने त्यो धेरै राम्रो हो । रिसाएकै छ भने पनि धेरै आत्तिनु पर्दैन । किन रिसायो भन्ने बुझेर आफूलाई सच्याए रिसाउने फेरि खुसी हुन सक्छ । तर कसैले दिक्क भएर तपाईंलाई बेवास्था अर्थात इग्नोर गर्न थाल्यो भने सम्झनुस तपाईंहरुबीचको सम्बन्धको डोरी चुँडिन सक्छ वा चुँडिइसक्यो ।’

हो, नेपाली फुटबललाई माया गर्ने समर्थक धेरै लामो समयसम्म रिसाए । प्रशासन सुध्रिने अपेक्षाका साथ रिस पोखे । आलोचना गरे । तर त्यसबाट पनि आजित भएपछि अहिले समर्थकहरु फुटबललाई नै इग्नोर गर्ने अवस्थामा पुगिसकेका छन् । तर, समर्थक र नेपाली फुटबलबीचको सम्बन्धको डोरी चाँही अझै चुँडिइसकेको छैन । बेलैमा सुध्रिएर प्रस्तुत भए सम्बन्ध फेरि मायामै फर्किन सक्छ । तर एन्फा नेतृत्वको रवैया यस्तै हुने हो भने सम्बन्धको त्यो डोरी चुँडिनेछ र फेरि जोड्न सकिने छैन । हेक्का रहोस !