कार्तिक २२, २०८२ शनिबार | १६:२७:२३
‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण
शनिबारको दिन

लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार साबिक विजेता लिभरपुलले ‘मर्सीसाइड डर्बी’मा एभर्टनसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहँदा एभर्टनलाई एउटा कुराबाट डर रहन सक्छ । त्यो हो, लिभरपुलको पछिल्लो लय ।

लिभरपुल अहिले अंकतालिकाको शीर्षस्थानमा छ । ४ खेलमा लिभरपुलले स्पष्ट जित हासिल गरेको छ । तर, यी खेल लिभरपुलले सहजै जितेको भने होइन । मर्सीसाइड डर्बीसम्म आइपुग्दा लिभरपुलले अन्तिम समयमा जित हासिल गर्नेक्रम जारी राखेको छ । लिभरपुलको यो लय जुनसुकै टोलीका लागि चिन्ताको विषय हो ।

सिजनको सुरुदेखि नै लिभरपुल अन्तिम समयमा हुने गोलबाट रमिरहेको छ । अहिलेसम्म खेलेका पाँचवटै खेलमा लिभरपुलले ८३औं मिनेट वा सोभन्दा पछि विजयी गोल गरेको छ । आइतबार मात्र स्टार विंगर मोहम्मद सलाहले इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमार्फत लिभरपुललाई बर्नलीसँगको खेलमा १–० को जित दिलाएका थिए ।

बुधबार मध्यराति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडको आतिथ्यता गर्यो । अवसर थियो, च्याम्पियन्स लिग सिजन २०२५-२६ को पहिलो खेल । निर्धारित समयमा दुवै टोलीले समान दुई गोल गरेको थियो । तर, इन्जुरी समयमा कप्तान भर्जिल भान डाइकको हेडर गोलमा लिभरपुलले रोमाञ्चक जित हासिल गरेको थियो ।

च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेपछि सहकर्मीसँग खुसी साट्दै लिभरपुलका लेफ्टब्याक एन्डी रोबर्टसन ।

एभर्टनविरुद्ध लिभरपुलले २०१८-१९ सिजनमा अन्तिम समयमा गरेको गोलको अहिले पनि उत्तिकै चर्चा हुन्छ । त्यतिबेला गोलकिपर जोर्डन पिकफोर्डको गल्तीको फाइदा उठाउँदै फरवार्ड डिभोक ओरेगीले ९०+६ मिनेटमा सनसनीपूर्ण ढंगमा निर्णायक गोल गरेका थिए । गत सिजन कप्तान जेम्स टार्कोस्कीको ९०+८ मिनेटको गोलले ‘गुडिसन पार्क’मा एभर्टनले हार टारेको थियो ।

एभर्टन हाल अंकतालिकाको सातौं स्थानमा छ । म्यानचेस्टर सिटीबाट लोनमा एभर्टन पुगेका फरवार्ड ज्याक ग्रिलिसले पुरानो लयमा फर्किएको संकेत दिएका छन् । जसले एभर्टनमा उर्जा थपिएको छ । एभर्टनले ४ खेलमा ७ अंक जोडेको छ । उता लिभरपुल स्पट १२ अंक जोड्ने एकमात्र टोली हो ।

एनफिल्डमा यी दुईको पछिल्लो भेट अप्रिलमा भएको थियो । जतिबेला लिभरपुल १–० ले विजयी भएको थियो । लिभरपुलका लागि डिएगो जोटाले निर्णायक गोल गरेका थिए । जोटालाई लिभरपुलले दुघर्टनामा गुमाइसकेको छ । फुटबल करिअरमा यो नै जोटाको अन्तिम गोल रह्यो । गत जुलाईमा जोटा र उनका भाइ आन्द्रे सिल्भाको कार दुर्घटनामा असामयिक निधन भएको थियो । यस हिसाबमा पनि एभर्टनविरुद्धको यो खेल लिभरपुल परिवारका लागि खास रहनेछ ।