माघ २५, २०८२ आइतबार | १९:०२:०९
इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
शनिबारको दिन

लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार साबिक विजेता लिभरपुलले ‘मर्सीसाइड डर्बी’मा एभर्टनसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहँदा एभर्टनलाई एउटा कुराबाट डर रहन सक्छ । त्यो हो, लिभरपुलको पछिल्लो लय ।

लिभरपुल अहिले अंकतालिकाको शीर्षस्थानमा छ । ४ खेलमा लिभरपुलले स्पष्ट जित हासिल गरेको छ । तर, यी खेल लिभरपुलले सहजै जितेको भने होइन । मर्सीसाइड डर्बीसम्म आइपुग्दा लिभरपुलले अन्तिम समयमा जित हासिल गर्नेक्रम जारी राखेको छ । लिभरपुलको यो लय जुनसुकै टोलीका लागि चिन्ताको विषय हो ।

सिजनको सुरुदेखि नै लिभरपुल अन्तिम समयमा हुने गोलबाट रमिरहेको छ । अहिलेसम्म खेलेका पाँचवटै खेलमा लिभरपुलले ८३औं मिनेट वा सोभन्दा पछि विजयी गोल गरेको छ । आइतबार मात्र स्टार विंगर मोहम्मद सलाहले इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमार्फत लिभरपुललाई बर्नलीसँगको खेलमा १–० को जित दिलाएका थिए ।

बुधबार मध्यराति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडको आतिथ्यता गर्यो । अवसर थियो, च्याम्पियन्स लिग सिजन २०२५-२६ को पहिलो खेल । निर्धारित समयमा दुवै टोलीले समान दुई गोल गरेको थियो । तर, इन्जुरी समयमा कप्तान भर्जिल भान डाइकको हेडर गोलमा लिभरपुलले रोमाञ्चक जित हासिल गरेको थियो ।

च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध गोल गरेपछि सहकर्मीसँग खुसी साट्दै लिभरपुलका लेफ्टब्याक एन्डी रोबर्टसन ।

एभर्टनविरुद्ध लिभरपुलले २०१८-१९ सिजनमा अन्तिम समयमा गरेको गोलको अहिले पनि उत्तिकै चर्चा हुन्छ । त्यतिबेला गोलकिपर जोर्डन पिकफोर्डको गल्तीको फाइदा उठाउँदै फरवार्ड डिभोक ओरेगीले ९०+६ मिनेटमा सनसनीपूर्ण ढंगमा निर्णायक गोल गरेका थिए । गत सिजन कप्तान जेम्स टार्कोस्कीको ९०+८ मिनेटको गोलले ‘गुडिसन पार्क’मा एभर्टनले हार टारेको थियो ।

एभर्टन हाल अंकतालिकाको सातौं स्थानमा छ । म्यानचेस्टर सिटीबाट लोनमा एभर्टन पुगेका फरवार्ड ज्याक ग्रिलिसले पुरानो लयमा फर्किएको संकेत दिएका छन् । जसले एभर्टनमा उर्जा थपिएको छ । एभर्टनले ४ खेलमा ७ अंक जोडेको छ । उता लिभरपुल स्पट १२ अंक जोड्ने एकमात्र टोली हो ।

एनफिल्डमा यी दुईको पछिल्लो भेट अप्रिलमा भएको थियो । जतिबेला लिभरपुल १–० ले विजयी भएको थियो । लिभरपुलका लागि डिएगो जोटाले निर्णायक गोल गरेका थिए । जोटालाई लिभरपुलले दुघर्टनामा गुमाइसकेको छ । फुटबल करिअरमा यो नै जोटाको अन्तिम गोल रह्यो । गत जुलाईमा जोटा र उनका भाइ आन्द्रे सिल्भाको कार दुर्घटनामा असामयिक निधन भएको थियो । यस हिसाबमा पनि एभर्टनविरुद्धको यो खेल लिभरपुल परिवारका लागि खास रहनेछ ।