वैशाख २९, २०८२ सोमबार | ०७:२१:२६
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लोभलाग्दो लयमा नटिङ्घम फरेस्ट

काठमाडौं । नटिङ्घम फरेस्टका मालिक इभानगेलोस मेरिनाकिसका लागि नुनो स्पिरिटो सान्तोलाई क्लबमा भित्र्याउनु एउटा महत्वपूर्ण उपलब्धिमध्ये एक रह्यो । फरेस्टले पोर्चुगिज मूलका सान्तोलाई डिसेम्बर २०२३ मा क्लबमा अनुबन्ध गरेको थियो । पदभार ग्रहण गरिरहँदा नुनोको टोली रेलिगेसनबाट संघर्ष गरिरहेको थियो । अहिले नटिङ्घम २०२४-२५ सिजनमा उपाधि दाबेदारका रूपमा प्रस्तुत भएको छ ।

वित्तीय नियम उल्लंघन गरेका कारण गत सिजन प्रिमियर लिगले नटिङ्घमको ४ अंक कटौती गरेको थियो । तर, नुनोले टोलीलाई रेलिगेसनबाट जोगाए । यसपालि नटिङ्घमको अवस्था एकदमै फरक छ । टोलीले सबैलाई आश्चर्यचकित पारेको छ । पछिल्लो सात खेलमध्ये सबै जितेकोे नटिङ्घम हाल अंक तालिकाको तेस्रो स्थानमा छ । १९६६-६७ सिजनयता नटिङ्घमले पहिलो पटक लगातार ६ खेलमा जित हासिल गरेको हो ।

सन् १९७४ मा मध्य अफ्रिकाको टापु देश साओ टोममा जन्मेका नुनो सात वर्षको छँदा परिवारसहित पोर्चुगलको राजधानी लिस्बन आएका थिए । एफसी पोर्टोका पूर्व गोलकिपर नुनोले २०१० मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए । लगत्तै उनी फुटबल प्रशिक्षणमा लागे । सुरुमा नुनोले स्पेनिस क्लब मालागा र ग्रिक क्लब पेनाथिनाइकोसमा गोलकिपर प्रशिक्षकका रूपमा काम गरे । २०१२ मा नुनोले घरेलु क्लब रियो एभ सम्हाल्ने मौका पाए ।

यस सिजन प्रिमियर लिगमा नटिङ्घम फरेस्ट सरप्राइज प्याकेजका रूपमा प्रस्तुत भइरहेको छ । नुनोले नटिङ्घमलाई मिहिनेती टोलीका रूपमा रुपान्तरण गरेका छन् । 

रियोमा सान्तोले यान ओब्लाक र एडरसन जस्ता विश्व चर्चित गोलकिपरलाई प्रशिक्षण दिए । रियोमा दुई वर्षमा बिताएपछि नुनोले स्पेनिस क्लब भ्यालेन्सिया र आफ्नो पूर्वक्लब पोर्टोको जिम्मेवारी पाए । २०१७ मा एजेन्ट जोर्ज मेन्डेजले सान्तोलाई इङ्लिस क्लब उल्भसको मौका दिए । जहाँ नुनोले उल्भसलाई प्रिमियर लिगमा फर्काउनुका साथै युरोपियन फुटबलमा पनि छनोट गराए ।

उल्भरह्याम्पटनमा चार सुन्दर वर्ष बिताएका नुनो त्यसपछि अर्को इङ्लिस क्लब टोटनहम हटस्परमा अनुबन्ध भए । तर, उत्तरी लन्डन क्लबमा उनको यात्रा सुखमय रहन सकेन । सिजन २०२२-२३ मा अन्य ठूला नाम जस्तै नुनोले टोटनहमपछि साउदी अरेबियामा प्रशिक्षण दिने मौका पाए । जहाँ उनले पहिलो सिजनमै अल इतिहादलाई च्याम्पियन बनाए । इतिहादले १४ वर्षपछि साउदी लिगको उपाधि जितेको थियो । इतिहादमा नुनो एक सिजन मात्र रहे ।

यस सिजन प्रिमियर लिगमा नटिङ्घम फरेस्ट सरप्राइज प्याकेजका रूपमा प्रस्तुत भइरहेको छ । नुनोले नटिङ्घमलाई मिहिनेती टोलीका रूपमा रुपान्तरण गरेका छन् । यस्तो टोली जसले कडा रक्षापंक्ति र घातक काउन्टर अट्याकले विपक्षीलाई सताइरहेको छ । टोली अहिले शीर्षस्थानको लिभरपुलभन्दा मात्र ६ अंकले पछाडि छ । आश्चर्यजनक त छ भने नटिङ्घमले लिभरपुलविरुद्ध २ लेगमा ४ अंक खोस्यो ।

एनफिल्डमा टोलीले १-० को जित पाएको थियो । ओल्ड ट्राफोर्डमा पनि नटिङ्घमले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले पराजित गरेको थियो । स्टामफोर्ड ब्रिजमा त नटिङ्घमले एक खेलाडी कम रहेको स्थितिमा चेल्सीलाई बराबरीमा रोकेको थियो । २१ मध्ये १७ खेलमा टोलीले विपक्षी पोस्टमा पहिले गोल गरेको छ ।

यसपालि पनि टोलीले रेलिगेसन ब्याटल गर्नुपर्ने हो कि भन्ने चिन्ता थियो । यद्यपि नुनोसँग आफ्नै योजना थियो । 

नटिङ्घमले यसपालि सर्बियन रक्षक निकोला मिलेनकोभिकलाई फलोरेन्टिनाबाट १२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । न्युक्यासलका सेन्ट्रल मिडफिल्डर इलियोट एन्डरसन ४० मिलियन युरोमा भित्रिएका हुन् । यसबाहेक सबै पुराना खेलाडी हुन् । गोलकिपर मात्ज सेल्सले आफ्नो लोभलाग्दो प्रदर्शनले सबैको ध्यान तानेका छन् ।

ब्राजिलियन युवा खेलाडी मुरिलोले रक्षापंक्तिमा मिलेनकोभिकसँग बलियो पार्टनरसिप गरिरहेका छन् । प्लेमेकर मोर्गन गिब्स ह्वाइटले टोलीको आक्रमणलाई गति दिइरहेका छन् । विंगर एन्थोनी इलाङ्गा र क्यालम हडसन ओदोइले भेट्रान स्ट्राइकर क्रिस उडलाई साथ दिइरहेका छन् । २१ खेलमा १३ गोल गरेका उड उच्च लयमा छन् ।

प्रिमियर लिगमा एभर्टनसँग प्रतिस्पर्धा गर्दै नटिङ्घमका मोर्गन गिब्स ह्वाइट (रातो जर्सी) ।

यही लय कायम रहने हो भने नटिङ्घमले ३० वर्षपछि पहिलो पटक युरोपियन प्रतियोगितामा स्थान बनाउने छ । सिजनको सुरुआतमा यो कुरा नटिङ्घमका समर्थक आफैंले सोचेका थिएनन् होला । उनीहरूमा यसपालि पनि टोलीले रेलिगेसन ब्याटल गर्नुपर्ने हो कि भन्ने चिन्ता थियो । यद्यपि नुनोसँग आफ्नै योजना थियो ।