मंसिर १२, २०८२ शुक्रबार | १५:२१:५३
चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत
शनिबारको दिन इङ्लिस फुटबल

टुसेल आउनुअघि रमाउँदै इङ्लिस युवा खेलाडी

काठमाडौं । खेलअघि हुने पत्रकार सम्मेलनमा लगभग नियमित रुपमा खेलाडी देखा पर्छन् । पछिल्लो समय इङ्ल्यान्डको हकमा यस्ता पत्रकार सम्मेलनमा युवा खेलाडी देखा परिरहेका छन् । टेयलर हारउड बेलिस, लुइस हल, कर्टिस जोन्स र मोर्गान रोजर्स, ग्रीसअघि खेल्नुअघि पत्रकार सम्मेलनमा दखिएका अनुहार हुन् ।  क्लब फुटबलमा यिनको आ-आफ्नो हैसियत छ, नाम कमाएका छन्। तर राष्ट्रिय टिमका लागि भने यी सबैको क्याप संख्या हो, शून्य ।

यद्यपि सत्य के हो भने, यी सबै खेलाडीको भविष्य उज्जवल रहेको मानिन्छ। आगामी महिना वा वर्षमा उनीहरुले इङ्लिस टिममा आफूलाई स्थापित गराउने अनुमान गरिएको छ ।

यसपालिको अन्तर्राष्ट्रिय विश्राममा हुँदै गरेका खेलमा इङ्ल्यान्डको टिममा धेरैजसो स्टार खेलाडी छैनन्। उनीहरुको अनुपस्थिति युवा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसरका रुपमा लिने अनुमान गर्न सकिन्छ। बिहीबार रातिको ग्रीससँगको खेलमा भयो पनि त्यस्तै । कर्टिस जोन्सले पहिलो खेलमै गोल गरे ।

डेब्यू खेलमै गोल गरेपछि खुसियाली मनाउँदै कर्टिस जोन्स (१७ नम्बर जर्सी)  ।

गत महिना फिनल्यान्डसँगको खेलमा नोनी माडुकेले इङ्ल्यान्डको जर्सीमा डेब्यू गरेका थिए। योसँगै चेल्सीका यी विंगर इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय खेल खेल्ने १ हजार २८६औं खेलाडी बने। उनको पथमा कर्टिस जोन्स पनि आइपुगेका हुन् ।

माडुके, जोन्स वा उनीहरुजस्तै युवा खेलाडी, सबैले गर्नुपर्ने यही हो, पाएको मौका सदुपयोग गर्ने। किनभने इङ्ल्यान्ड जत्तिको टिममा घरिघरि अवसर पाउन मुस्किल छ । हुन त नयाँ प्रशिक्ष थोमस टुसेलको आगमनले पनि नयाँ हालसम्म मौका नपाएका वा कम मौकम पाएका खेलाडीमा आशा जागेको हुनुपर्छ। इङ्ल्यान्डमा राष्ट्रिय टिमका लागि स्टार बन्नसक्ने खुबी भएका युवा खेलाडीको ठूलो समूह तयार भइसकेको छ । जसलाई केवल प्रशिक्षकको ढाडसको आवश्यकता छ ।

फेडेरसन फुटबलमा टुसेल आउँदो जनवरीबाट प्रवेश गर्दैछन्। इङ्ल्यान्डको प्रशिक्षकका रुपमा उनको पहिलो खेल मार्चमा हुनेछ। त्यही महिनाबाट उनको गन्ती सुरु हुनेछ, के उनी विश्वकप २०२६ मा सफल हुनेछन् ?  यो प्रश्नले उनी घेरिनेछन्।

विश्वकप तयारीका लागि उनीसँग लगभग १५ महिना हुनेछ। योबीचमा उनले  इङ्ल्यान्डका खेलाडीलाई यति आत्मविश्वासी बनाउनु पर्नेछ कि उनीहरुले जुलाई १९ का दिन न्युजर्सीको मेटलाइट रंगशालामा विश्वकप उपाधि उचालुन्। टसल आउनुअघि पनि इंङ्लिस टिम विश्वकपमा सधैँ दाबेदार नै हो। तर उनको आगमनले इङ्ल्यान्ड थप बलियो बन्ने अपेक्षा गरिएको छ ।

इङ्ल्यान्ड जस्तो टिममा प्रशिक्षक परिवर्तन हुनसाथ मुख्य प्रतियोगिताका लागि घोषित हुने टिमबारे पूर्वअनुमान लगाउन थालिन्छ टुसेलले क-कसलाई मुख्य भूमिका दिनेछन् ? समर्थकमा कौतहुल छ । यो बीचमा खबर यस्तो पनि आएको छ, टुसेलका लागि मार्कस रासफोर्ड मुख्य फरवार्ड हुनेछन् ।  म्यानचेस्टर युनाइटेडका रासफोर्ड पछिल्लो समय क्लब फुटबलमा मात्र होइन अन्तर्राष्ट्रिय फुटबलको मञ्चबाट समेत ओझेलमा परेका छन् । कतिसम्म भने उनलाई राष्ट्रिय टिममा बोलाइनै छाडिएको छ ।

उसो भए रासफोर्ड जस्तै ओइलाएका रिस जेम्सको हकमा टुटुसेलले के निर्णय लिन्छन्रु कुनै समय टुसेलले चेल्सीमा निरन्तर खेलाएका जेम्स भर्खर पूर्ण रुपमा फिट भएर मैदान फर्किएका छन् । के होला भन्ने कौतहुलले गाँजेका अर्का खेलाडी हुन्, म्यासन माउन्ट । उनलाई पनि चेल्सीमा छँदा टुसेलको ‘फेभरेट’ मानिन्थ्यो ।

इङ्ल्यान्डका पूर्व प्रशिक्षक गारेथसाउथ गेट । 

इङ्ल्यान्डले करिब आठ वर्ष ग्यारेथ साउथगेटको प्रशिक्षणमा खेल्यो । यो अवधिमा साउथगेटले ६६ खेलाडीलाई डेब्यूको मौका दिन भ्याए । उनले छाडेपछि कामचलाउ प्रशिक्षक बनेका ली कार्स्लीले तीन नयाँ खेलाडीलाई इङ्ल्यान्डको जर्सी लगाउने मौका दिएका छन् । यी यस्ता खेलाडी हुन् जसलाई कार्स्लीले उमेर समूहको इंङ्लिस टिममा प्रशिक्षण गराएका थिए ।

यी तीन खेलाडीको प्रतिभा राम्रोसँग चिनेको भएर नै कार्स्लीले उनीहरुलाई सिनियर टिममा अवसर दिएका हुन् । यो तथ्य खेलाडीले राम्रोसँग बुझेका छन्। तर नयाँ प्रशिक्षक टुसेलसामु पुराना वा नयाँ हरेक खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका हुन पाउने विश्वास हारउड बेलिसको छ ।

‘सबै युवा खेलाडी टुसेललाई प्रभावित पार्न लालयीत छन् । तर यसो गर्न सजिलो भने हुनेछैन। किनभने टिममा भएका धेरै खेलाडीसँग जस्तो अनुभव हामीसँग छैन। यद्यपि हामी राष्ट्रिय टिमबाट नहट्न जे जे गर्नुपर्छ, त्यसका लागि तयार छौँ,’ यो सिजन प्रिमियर लिगमा साउथह्याम्टनबाट खेलिरहेका रक्षक हारउड बेलिसले भने ।

बेलिस जस्तै नयाँ अनुहार लेविस हल चेल्सी एकेडेमीका उत्पादन हुन् । उनलाई चेल्सीको सिनियर टिममा उनै टुसेलले मौका दिएका थिए। २० वर्षीय लेफ्ट ब्याक हल हाल न्युकासल युनाइटेडमा छन् । टुसेल चेल्सी हुँदा हल मिडफिल्डर थिए । भलै उनले सिनियर टिमबाट पहिलो पटक खेल्दा  रक्षककै जिम्मेवारी पाएका थिए। यो बीचमा धेरैथोक फेरिएको छ। चेल्सीमा नयाँ खेलाडीको ठूलो जत्था भित्र्याइएको छ, हल स्थायी रुपमै मिडफिल्डबाट रक्षापंक्तिमा झरेका छन् र टुसेल जर्मनीको बसाइबाट इङ्ल्यान्ड फर्कन लागेका छन् ।

इङ्ल्यान्ड र ग्रिस प्रतिस्पर्धा गर्दै । 

जनवरी २०२२ मा एफए कपको त्यो खेलमा चेल्सीको टिममा सिनियर टिममा डेब्यू गरे पनि हलले त्यसपछि मौका पाएनन् । त्यसपछि उनी न्युकासल हान्निए । सुरुमा अस्थायी स्थान्तरणमा न्युकासल पुगेका उनको हाल हैसियत फेरिएको छ । ‘१७ वर्षको उमेरमै मैले चेल्सीका सिनियर खेलाडीसँग अभ्यास गर्ने मौका पाएको थिए । मलाई अझै याद छ, टुसेल र उनका सहायकले मप्रति ठूलो भरोसा राखेका थिए। टुसेलले मलाई सधैँ राम्रो व्यवहार गरे। उनी नभएको भए मैले चेल्सीको सिनियर टिमबाट खेल्न नपाउन पनि सक्थे,’ हल टुकलप्रति सम्मान प्रकट गर्छन् ।

यसपालिको फिफा विश्राममा इङ्ल्यान्डले खेल्ने खेलका लागि आठ सिनियर खेलाडी उपलब्ध छैनन्। चोटको कारण देखाउँदै उनीहरुले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका थिए। यस्तोमा सिनियर खेलाडीले राट्रिय टिमलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।

हाल युइएफए नेसन्स लिगको दोस्रो श्रेणीमा रहेको इङ्ल्यान्डसँग पहिले जस्तो दोस्रो रोजाईका खेलाडी लिएर मैदानमा उत्रने सुविधा नभएकाले पनि सिनियर खेलाडीको नाम फिर्तालाई लिएर आलोचना र बहस भइरहेको हो ।

खैर सिनियर खेलाडीहरुको अनुपस्थिति जोन्स वा हल जस्ता युवा खेलाडीका लागि अवसर हो। अवसर पाएका बेला दरिलो प्रदर्शन गर्नेबाहेकको विकल्प उनीहरुसँग छैन । नत्र राष्ट्रिय टिममा हालको बोलावट उनीहरुका लागि एउटा मिठो अनुभवका रुपमै सीमित हुनेछ । किनभने कार्स्ली इङ्ल्यान्डको २१ वर्षमुनिको टिममा फर्कनेछन् । अनि टुसेलले सिनियर टिममा तत्काल ठूलो परिवर्तन गर्ने सम्भावना न्यून छ । 

इङ्ल्यान्डका प्रशिक्षक थोमस टुसेल । 

उपाधि जित्नुपर्ने दबाबका साथ इङ्ल्यान्ड फर्कन लागेका कारण पनि टुसेलका लागि अनुभवी खेलाडीको महत्व बढी हुनेछ । उसै पनि युवा खेलाडीलाई मौका दिएर वाहवाही कमाउनुभन्दा उपाधि भित्र्याउनुमै आफ्नो कल्याण हुनेमा टुसेल ढुक्क छन् ।