फाल्गुन २७, २०८२ बुधबार | ०५:४६:०९
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी
शनिबारको दिन इटालियन सिरी ए

रोमाको उद्दार गर्ने जिम्मा रेनेरीको काँधमा

काठमाडौं ।  एएस रोमा इटालीको सिरी ‘ए’ मा लय समाउन संघर्ष गरिरहेको एउटा क्लबमा पर्छ । त्यसैले त यो रोमन क्लब कहाँनिर छ भनेर अंकतालिकामा खोज्दा बीचतिर जानुपर्ने हुन्छ । लिगले १२औं चरणमा छुँदा रोमा १३ अंकमै सीमित छ । क्लब १२औं स्थानमा छ । यो त रोमा जत्तिको क्लबलाई सुहाउने भएन, यो त समृद्ध इतिहास भएको क्लब पो हो ।

यस्तोमा रोमाले त्यस्तो प्रशिक्षकलाई सम्झेको छ, जसले संन्यास नै लिएसकेका छन् । ती हुन्, क्लाउडियो रेनेरी । ६ महिना अगाडि एउटा समाचार आएको थियो, यी सदाबहार जस्तै देखिने प्रशिक्षक अब आफ्नो प्रिय काममा देखिने छैनन् । उनी ७३ वर्षका भए । त्यसैले आराम लिन चाहन्छन् । उनले आफू थाकेको भनिरहेका थिए ।

फेरि सबैलाई थाहा छ, प्रशिक्षकको काम फुटबलमा कति गाह्रो हुन्छ । तर जतिबेला रोमाले ती आफ्ना प्रशिक्षकलाई क्लबको उद्दार गर्न के अनुरोध गरे, उनले त्यसलाई अस्वीकार नै भन्न सकेनन् । अब क्लबसँग भएको अनुबन्धअनुसार उनले सिजनको अन्त्यसम्म रोमा हेर्नेछन् । उनको काम यत्तिकैमा सकिन्न । उनलाई अर्को जिम्मेवारी पनि छ, क्लबका लागि एक नियमित प्रशिक्षक खोज्ने ।

रेनेरी भनेपछि सबैको ध्यान खिच्ने भनेको सन् २०१५/०१६ को सिजन हो, जतिबेला उनको नेतृत्वमा लेस्टर सिटीले अचम्मले इङ्लिस प्रिमियर लिग जितेको थियो । 

रेनेरी यसअघि पनि दुईपल्ट रोमाका प्रशिक्षक भइसके । उनी यो क्लबको नाम आउने बित्तिकै भावुक हुन्छन् र यसको कारण पनि स्पष्ट छ । उनी रोमाकै हुन्, यही क्लबको खेल हेर्ने हुर्केबढेका हुन् । यो क्लबका समर्थक पनि हुन् । उनले क्लबको दुर्दशा हेरिरहन सकेनन्, त्यसैले संन्यास फिर्ता लिने निर्णय गरे, किनभने रोमा साँच्चै समस्यामै छ ।

यसै सातामात्र रोमाले आफ्नो प्रशिक्षक इभान जुरिचलाई बर्खास्त गरेको थियो । उनी १२ खेलका लागि प्रशिक्षकको रूपमा रहे । त्यसअघि डानियल डी रोसी क्लबका प्रशिक्षक थिए । उनी पनि लामो समय टिकेनन् । यसअघि त प्रशिक्षकमा जोसे मोउरिन्हो थिए, यो त सबैलाई थाहा भएकै कुरा भयो । मोउरिन्हो आएपछि क्लबमा राम्रै हल्लाखल्ला चल्यो । के-के न हुने जस्तै थियो ।

प्रिमियर लिगको ट्रफीका साथ क्लाउडियो रेनेरी ।

तर, मोउरिन्होले पनि रोमाको पुनरुत्थान गर्न सकेनन् । अचेल रोमा उपाधिको होडमा रहने क्लब नै रहेन । खालि अंकतालिकाको बीचमा रहेर रेलिगेसन बचाएर खुसी मनाउने टिम मात्रै भएको छ । सायद रेनेरी आएपछि अब क्लबको प्रदर्शनमा सुधार आउने छ, आफ्नो छविअनुसार खेल्नेछ । फेरि उनलाई अनुभवको के नै कमी छ र ?रेनेरी भनेपछि सबैको ध्यान खिच्ने भनेको सन् २०१५/०१६ को सिजन हो, जतिबेला उनको नेतृत्वमा लेस्टर सिटीले अचम्मले इङ्लिस प्रिमियर लिग जितेको थियो । यसलाई विश्व फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो आश्चर्य मानिन्छ । जसरी लेस्टरले उपाधि आफ्नो बनाएको थियो, त्यसरी रोमाले तिनै रेनरीलाई फेरि एकपल्ट विश्वास देखाएको हो । 

रोमाको प्रशिक्षक रहँदा क्लाउडियो रेनेरी ।