पुस १६, २०८२ बिहीबार | ००:०९:४४
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन साउदी प्रो लिग

साउदी फुटबलको अलग कथा

काठमाडौं ।  चारैतर्फ साउदी प्रो लिग फुटबलकै चर्चा छ । किनभने यो लिगमा विश्व फुटबलका नामी खेलाडीले खेल्ने गर्छन् । त्यसमध्ये सबैभन्दा अगाडि आउने नाम त क्रिस्टियानो रोनाल्डो नै भए । यिनै रोनाल्डोको दाबी छ, अबका केही वर्षमा साउदी लिग विश्वकै उत्कृष्टमध्ये एक हुनेछ । अझ शीर्ष पाँचभित्रै पर्नेछ ।

त्यो भनेको यसले इङ्लिस प्रिमियर लिग, स्पेनी ला लिगा, इटालियन सिरी ए, फ्रान्सेली लिग वानदेखि जर्मनीको बुन्डेसलिगासम्मलाई चुनौती दिने भयो । फेरि यत्तिको चुनौती दिनलाई साउदी अरेबियासँग आर्थिक शक्ति भने छ । साउदी अरेबियाले कोही अब्बल दर्जाका खेलाडीले मागेभन्दा बढी दिने हैसियत राख्दछ ।

यसको अर्थ हो, साउदी अरेबियाको फुटबल आफैं पनि माथि जानुपर्ने । तर, होइन । साउदी अरेबियाको फुटबल स्वयंमा त्यति माथि पुगेको छैन, जति साउदी प्रो लिगको चर्चा छ । अझ कता हो कता तल छान्दा हुन्छ, नपत्याए भर्खरै साउदी अरेबियाली टिमको जिम्मेवारी छाडेका रोबर्टो मान्चिनीलाई सोधे हुन्छ ।

 साउदीले अर्जेन्टिनालाई हराएर सुरुमै सनसनी भने मच्चाएको थियो । मान्चिनी मान्छन्, साउदी अरेबियाली फुटबल स्वयंलाई माथि उकास्ने हो भने धेरै गर्नुपर्ने हुन्छ ।

भर्खरै उनले साउदी राष्ट्रिय टिमको व्यवस्थापकबाट राजीनामा दिएका छन् । सन् २०२३ को अगस्टमै मात्र उनले त्यो प्रशिक्षक पदको जिम्मेवारी पाएका थिए । उनी आएपछि साउदी फुटबलमा ठूलै परिवर्तन आउने हल्ला चलेको थियो । आखिरमा विश्व फुटबलका यी नामी प्रशिक्षक यसअघि इटालीको राष्ट्रिय टिमकै जिम्मेवारीमा थिए ।

अल हिलालसँग सम्झौता गरेपछि नेयमार ।

अहिले उनैले साउदी अरेबिया छाड्दा भनेका छन्, यो देशको फुटबलमा समस्या ठूलै छ । उनका अनुसार सबैभन्दा ठूलो समस्या त त्यही साउदी प्रो लिगमै छ । धेरैलाई पत्याउनै गाह्रो छ । यस्तो भन्ने अरू होइनन, मान्चिनी नै हुन् । फेरि उनको तर्क पनि ठीक छ । उनी भन्थे, साउदी प्रो लिगमा ठुल्ठूला विदेशी नामका खेलाडीमा छन् ।

तर, आफ्नै साउदी खेलाडीले महत्त्व भने पाएका छैनन् । त्यसैले त यस लिगलाई लिएर विदेशी खेलाडीमा त्यति धेरै खर्च गर्दा पनि स्वयं साउदी फुटबलले भने खासै फाइदा लिन सकेको छैन । भलै, चर्चामा व्यापक हुने गर्छ । फेरि मान्चिनी के भन्छन् भने साउदी राष्ट्रिय टिम त्यसरी चल्ने गर्छ, जसरी एउटा परिवार चल्ने गर्छ ।

त्यो भनेको त्यहाँ केही ठूला खेलाडीले जे भने पनि चल्छ । अझ मान्चिनीले त्यस्ता तीन खेलाडीको नामै लिएका छन्, जसले प्रशिक्षकमाथि आफूलाई टिममै राख्नुपर्ने दबाब दिएका छन् । भलै, ती खेलाडी टिमका लागि योग्य हुन सक्छन्, हुन पनि सक्दैनन् । फेरि पछिल्लो विश्वकपमै पनि साउदी अरेबियाको प्रदर्शन खासै राम्रो रहेन ।

स्पेनिस क्लब रियाल मड्रिडबाट अल इत्तिहाद पुगेका किरम बेन्जेमा ।

अझ केही राम्रो रहेनभन्दा हुन्छ । साउदीले अर्जेन्टिनालाई हराएर सुरुमै सनसनी भने मच्चाएको थियो । मान्चिनी मान्छन्, साउदी अरेबियाली फुटबल स्वयंलाई माथि उकास्ने हो भने धेरै गर्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो, साउदी अरेबियाले आफ्नै खेलाडीलाई बढी महत्त्व दिन सक्नुपर्छ । फुटबलमा पैसाले सफलता किन्न सकिन्न भनेको यही त हो ।