फाल्गुन ११, २०८२ सोमबार | २२:२१:०९
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन राष्ट्रिय महिला लिग

महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन

काठमाडौं । एन्फा महिला लिग फुटबल-२०२४ मा सिधा-सिधा भन्दा दुई फरक प्रतियोगिता चलिरहेको थियो । एकातर्फ थिए तीन विभागीय टोली । सबैलाई थाहा थियो एपिएफ, आर्मी र पुलिस नै शीर्ष तीनमा रहने छन् । भयो यस्तै । यस्तोमा अर्को प्रतियोगिता चलेको थियो गैरविभागीय टिमबीच । त्यसमा सबैभन्दा अगाडि रहे वालिङ र कोशी प्रदेश टिम ।

त्यसैले यिनै दुई टिम सुपर लिगमा शीर्ष पाँचमा रहेर प्रवेश गरे । महिला लिगको पहिलो चरणको अन्तिम अंकतालिकाको वरीयता त शनिबारको खेलपछि मात्रै तयार हुनेछ । तर त्यसअघि नै गैरविभागीय टिमबीचको मात्र लिग तालिका भने तयार भइसकेको छ । यो मूल अंक तालिकाभन्दा केही फरक छैन ।

वालिङ रह्यो ‘अल्टरनेटिभ’ च्याम्पियन अनि कोशी ‘अल्टरनेटिभ’ उपविजेता । यस लिगमा समग्रमै सबैभन्दा बलियो सुरुआत लिने टिम नै कोशी थियो । तेस्रो चरणको समाप्तिमा शीर्षमै थियो कोशी । 

तर, एउटा उत्तिकै महत्त्वपूर्ण अन्तर छ । कुल १० टिमको सहभागिता रहेको यस लिगमा सात गैरविभागीय टिम भए । यी सात टिमले विभागीय टिमविरुद्ध खोसेको भनेकै एक अंक मात्रै हो । त्यसैले मज्जाले भन्न सकिन्छ, सबैभन्दा बहुमूल्य अंक यही रह्यो । चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।

वालिङ नगरपालिका र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

त्यस अर्थमा यो लिगमा कुनै सान्त्वना पुरस्कार दिने चलन रहेको भए त्यसको हकदार यही चन्द्रपुर हुने थियो । तर चन्द्रपुर शीर्ष पाँचमै परेन । अझ गैरविभागीय टिममध्ये पनि पाँचौंमा मात्र रह्यो । यस्तो तेस्रो स्थान बागमतीको रह्यो । चौथोमा पर्यो संकटा क्लब । त्यसपछि कर्णाली र पुछारमा भने सुदूरपश्चिम थियो ।

यो अर्थमा वालिङ रह्यो ‘अल्टरनेटिभ’ च्याम्पियन अनि कोशी ‘अल्टरनेटिभ’ उपविजेता । यस लिगमा समग्रमै सबैभन्दा बलियो सुरुआत लिने टिम नै कोशी थियो । तेस्रो चरणको समाप्तिमा शीर्षमै थियो कोशी । टोलीले उद्घाटन खेलमै वालिङलाई हराएको थियो । तर, चौथो चरणयता कोशीले लगातार खराब खेल्यो ।

तर सुपर लिग पुग्न सकेकामा वालिङ खुसी छ अनि कोशी पनि । उनीहरूसामु अबको एक महिनाभन्दा केही बढी समय हुनेछ, आफ्नो टिमलाई तयार पार्ने ।

संकटा र चन्द्रपुरविरुद्धको बराबरीले कोशीलाई ठूलै घाटा दिलायो । यसको ठीक उल्टो, वालिङले त्यो पहिलो खेल त गुमायो, तर त्यसपछि गैरविभागीय टिमविरुद्धका सबै पाँच खेल लगातार जित्यो । यस्तोमा गैरविभागीय टिममध्ये वालिङको च्याम्पियनको जस्तो प्रदर्शन रह्यो । टोलीको एपीएफ र पुलिसविरुद्धको खेलमा प्रदर्शन पनि राम्रै थियो । भलै त्यसमा नतिजामा हार रह्यो ।

वालिङ नगरपालिका र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

वालिङ एपिएफसँग २-१ र पुलिससँग २-० ले हारेको थियो । आर्मीसँगको खेलमा भने वालिङले नराम्रोसँग माथ खायो । त्यसमा हारको अन्तर थियो ८-० । तीन विभागीय टिमविरुद्ध कोशीको प्रदर्शन भने राम्रो रहेन । कोशी पुलिससँग ४-०, आर्मीसँग ५-० र एपीएफसँग ८-० ले हार्यो । तीनै खेलमा टोलीको प्रदर्शन कमजोर रह्यो ।

तर सुपर लिग पुग्न सकेकामा वालिङ खुसी छ अनि कोशी पनि । उनीहरूसामु अबको एक महिनाभन्दा केही बढी समय हुनेछ, आफ्नो टिमलाई तयार पार्ने । सके, अझै राम्रा केही खेलाडी झिकाउने । महिला साफ च्याम्पिनयसिप २०२४ का कारण लिगले अब विश्राम लिनेछ । वालिङ र कोशीले बुझ्नुपर्छ, आफूहरूसामु चुनौतीसँगै अवसर पनि छ ।