चैत्र १, २०८२ आइतबार | १२:३१:३५
बन्द प्रशिक्षणमा ४७ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न बन्द प्रशिक्षणमा ४७ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न
शनिबारको दिन युरोपियन च्याम्पियन्स लिग

एक्सप्लानरः कस्तो हुनेछ च्याम्पियन्स लिग ?

काठमाडौं । सम्भवतः यही शैली पछ्याउने भने अब भविष्यमा हुने फुटबलका प्रतियोगिता सधैंका लागि परिर्वतन हुनेछन् । तर, यसका लागि सबैभन्दा पहिले यसपल्टको युरोपेली च्याम्पियन्स लिगको आयोजना सफल हुनुपर्नेछ । सबै कुरा किनभन्दा यो सिजन हुने युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फरक ढाँचामा हुनेछ । यो युरोपकै मात्र नभएर विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यस प्रतियोगिता जत्तिको उच्च प्रतिस्पर्धा अरू केहीमा पनि हुन्न, विश्वकपमा पनि ।

त्यसैले यसै प्रतियोगिताको शैली पछ्याउने सम्भावना धेरै छ । यसअघिसम्म पछ्याउँदै आएको ढाँचा हो, सहभागी टिमलाई निश्चित समूहमा विभाजन गर्ने । प्रत्येक समूह चार-चार टिमको हुने गर्थ्यो । होम अवेका आधारमा राउन्ड रोबिनको नियममा खेल भएपछि समूहको शीर्ष दुई टिम नकआउट चरण पुग्ने गथ्र्यो । यसपल्ट यस्तो केही पनि हुने छैन । त्यसैले केही अलमल हुन सक्नेछ । प्रतियोगिता कसरी बढ्छ भनेर ठ्याक्कै थाहा पाउन प्रतीक्षा गर्नुपर्नेछ, पछि सबै तथ्य खुल्दै जानेछ नै ।

सुरुमा पूरा समीकरण नै अलिकति जटिल देखिन्छ । यसरी पहिलो चरणको खेल समाप्तिमा शीर्ष आठमा रहने टिमले सिधै अन्तिम १६ मा प्रवेश पाउने छन् ।

यसपल्टको प्रतियोगिताका लागि ‘ड्र’ निकाल्ने काम पनि भइसकेको छ । प्रत्येक टिमले नयाँ ढाँचाअनुसार सुरुमै ८ खेल खेल्ने छन् । त्यसको अर्थ के भने यस पटकदेखि प्रतियोगितामा समूह विभाजन भन्ने नै छैन । अझ भन्दा त सबै एउटै समूहमा । कुल सहभागी टिमको संख्या छ, ३६ । यसअघि सहभागी टिमको संख्या ३२ हुने गर्दथ्यो र तिनलाई आठ समूहमा विभाजन गरिन्थ्यो । तर, अब भने प्रत्येक टिमले त्यस्तो आठ टिमविरुद्ध खेल्नेछ, जसको प्रतिद्वन्द्वीको निर्धारण वरीयताको आधारमा हुनेछ ।

 च्यामिपयन्स लिगको ‘ड्र’ ।

यसै कारण सुरुमा पूरा समीकरण नै अलिकति जटिल देखिन्छ । यसरी पहिलो चरणको खेल समाप्तिमा शीर्ष आठमा रहने टिमले सिधै अन्तिम १६ मा प्रवेश पाउने छन् । नवौंदेखि २४ औं स्थानमा रहने टिमबीच प्लेअफ चल्ने छ । अन्तिम १२ स्थानमा रहने टिमको यात्रा भने त्यहीं टुंगिने छ । पहिले जस्तो च्याम्पियन्स लिगबाट युरोपा लिगमा झर्ने भन्ने पनि हुन्न । युरोपा लिग र कन्फ्रेन्स लिगमा पनि समान ३६ टिम नै हुनेछन् । तर, यस प्रतियोगितामा भने प्रत्येक टिमले ६ खेल खेल्ने छन् ।

उदाहरणका लागि प्रतियोगिताको साविक विजेता रियल मड्रिडले लिभरपुल र बोरुसिया डर्टमन्डविरुद्ध खेल्ने छ । यसमध्ये रियलले डर्टमन्डलाई आफ्नो घरमा आतिथ्यता गर्नेछ भने लिभरपुलविरुद्धको खेलका लागि एनफिल्डको यात्रा गर्नेछ । रियलका अन्य प्रतिद्वन्द्वी छन् एसी मिलान, साल्सबर्ग, स्टुटगार्ट, एटलान्टा, लिले र ब्रेस्ट छन् । म्यानचेस्टर सिटीले भने इन्टर मिलानविरुद्धको खेल आयोजना गर्नेछ । पेरिस सेन्ट जर्मेन (पिएसजी) बायर्न म्युनिखको यात्रामा निस्कने छ ।यो सूची बनाउने हो त्यो भने त्यो लामै हुनेछ । सुरुमा एकपल्ट हेर्दा र सुन्दा वास्तवमै दुविधा पनि हुने गर्छ । तर, आयोजकको के पनि दाबी छ भने प्रतियोगिता अगाडि बढेपछि सबैले यो ढाँचाबारे बुझ्ने छन् । यो नयाँ नियमको एउटै कारण हो, ठुल्ठूला क्लबीच बढी खेल होस अनि यी ठूलो क्लब अगाडि बढ्ने सम्भावना पनि बढी नै हुन्छ । यो सबैको अर्थ के पनि हो भने यी ठूला क्लबले बढी पनि कमाउने छन् । त्यसैले सहभागी हुने सबै क्लब खुसी छन् ।