भाद्र २३, २०८१ आइतबार | ०५:०३:४२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन युरोपा लिग

एटलान्टा खुसी र लेभरकुसन पीडामा लट्ठ

काठमाडौं ।  इटालीमा त्यस्तो एउटा फुटबल क्लब छ, जुन खासै चर्चामा रहेको छैन । क्लबको उति साह्रो चमकधमक पनि छैन । फेरि यो क्लब प्रायः दुई छिमेकी इन्टर मिलान र एसी मिलानको छायाँमा पर्छ । यतिमात्र होइन, यसलाई इटालीको प्रान्तीय क्लब भनिन्छ ।

यहाँ चर्चा गरिरहेका छौं एटलान्टाको । बेरेगामोको यो क्लब किन प्रायः ओझेलमा छ भने यसले खासै केही जित्दैन । फुटबल भनेकै निर्दयी छ । यसमा जित्न नजान्नेको खासै चर्चा हुन्न ।

एटलान्टाले ६१ वर्षपछि जितेको यो नै पहिलो उपाधि हो । यति धेरै वर्ष यो क्लबको प्रदर्शन कस्तो रह्यो होला ? त्यसै अनुमान गर्न सकिन्छ ।

बायर लेभरकुसन । यो भयो जर्मनीको फुटबल क्लब । यसको चर्चा त हुन्छ तर नकारात्मक ढंगले । यो त साँच्चै केही जित्न नजान्ने क्लबका रूपमा रहेको थियो । स्थापना भएको १००वर्षभन्दा बढी भइसक्यो । उपाधि जित्ने कहिल्यै होइन । उपाधिको नजिक त पुग्ने, तर जहिलै फेल खाने । त्यसैले विरोधीले क्लबको नामै राखिएको छ ‘नेभरकुसन’ । यो क्लबको इतिहास भनेकै सफलताको नजिक पुगेर नराम्रोसँग चुक्ने र अन्त्यमा दुःखमै डुब्ने हो ।

यिनै दुई क्लब भर्खर युरोपा लिग फुटबलको फाइनलमा भिडे । विजेता रह्यो एटलान्टा । डब्लिनमा भएको फाइनलमा एटलान्टा ३-० ले विजयी रह्यो । त्यसैले अहिले एटलान्टामा खुसी मात्रै छाएको छ । 

लेभरकुसन भने दुःख मनाइरहेको छ । सबैको आ-आफ्नो भाग्य न हो । फाइनलका नायक रहे, इङ्ल्यान्डमा जन्मेर पनि नाइजेरियाका लागि खेल्ने बाटो रोजेका एडेमोला लुकम्यान । उनले खेलमा ह्याट्रिक नै गरे । फाइनलमा उनको प्रदर्शन वास्तवमै सनसनीपूर्ण थियो ।

फाइनलमा पराजित रहे पनि लेभरकुसनका लागि यो सिजन गजब नै रह्यो । यो सिजन जत्तिको राम्रो टोलीका लागि कहिल्यै भएको थिएन । लेभरकुसनले एक साता जति भयो जर्मन बुन्डेसलिगा जितेको ।

यसको अर्थ के भने एटलान्टाले ६१ वर्षपछि जितेको यो नै पहिलो उपाधि हो । यति धेरै वर्ष यो क्लबको प्रदर्शन कस्तो रह्यो होला ? त्यसै अनुमान गर्न सकिन्छ ।

 अहिलेको सफलताका लागि भने प्रशिक्षक जियान पिएरो गास्पेरिनीलाई श्रेय भने दिर्नैपर्छ । उनले क्लब सम्हाल्न थालेको केही वर्ष भयो । उनी के आए, यो क्लबले जित्न सुरु गरिहाल्यो । एटलान्टा च्याम्पियन्स लिगका लागि छनोट हुने टिम भएको छ । त्यसैले एटलान्टामा अहिले सुखै सुख छ ।

फाइनलमा पराजित रहे पनि लेभरकुसनका लागि यो सिजन गजब नै रह्यो । यो सिजन जत्तिको राम्रो टोलीका लागि कहिल्यै भएको थिएन । लेभरकुसनले एक साता जति भयो जर्मन बुन्डेसलिगा जितेको ।

त्यो भनेको लेभरकुसन नयाँ जर्मन च्याम्पियन हो । क्लबले आफ्नो इतिहासमै जितेको यो नै एकमात्र उपाधि हो । फेरि आजै शनिबार टोलीले जर्मन कपको फाइनल पनि खेल्दै छ काइजस्लर्टनविरुद्ध । यो फाइनलमा जित्ने लेभरकुसन नै हो भनिएको छ ।तर टोली ले युरोपा कप भने जित्न सकेन । यसअघिसम्म यो टिम पूरा सिजन अपराजित थियो । त्यो पनि ५१ खेलसम्म । त्यसैले पनि फाइनलको हार अझ पीडादायी भएको हो । स्थिति जस्तै होस्, लेभरकुसनले गुनासो गर्ने ठाउँ छैन । बरू टोलीले यो सिजनको प्रदर्शनका लागि गर्व गर्न सक्नुपर्छ । यसका लागि लगगभ सबै श्रेय प्रशिक्षक जाभी अलोन्सोलाई दिनुपर्छ । उनी के आए लेभरकुसनको भाग्य नै फेरियो ।