फाल्गुन २२, २०८२ शुक्रबार | २२:०५:१६
एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा
शनिबारको दिन पाउल पोग्बा

प्रतिबन्धित औषधिले सक्यो पोग्बाको करियर

काठमाडौं । साँच्चै चार वर्षको प्रतिबन्ध लागू नै हुने हो भने तय छ, पाउल पोग्बाको फुटबल खेलाडी करियर समाप्त हुनेछ ।

युभेन्ट्सका ३० वर्षीय पोग्बाबारे चर्चा गर्दा सबै यस्तै भन्छन् । यिनको खेल कमाल छ । तर, उनले फुटबल मैदानमा गर्न सक्ने कमाललाई भने कहिल्यै न्याय गर्न सकेनन् । उल्टै त्यसलाई अन्याय गर्यो भन्दा हुन्छ ।

म्यानचेस्टर युनाइटेडमा लामै समय बिताएका पोग्बाले फ्रान्सका लागि विश्वकप पनि जिते । उनको प्रतिभामाथि कतैकहीं शंका थिएन ।

पोग्बाले चाहेजस्तो करियर बनेन । त्यसो त उनको खेलजीवनलाई असफल भन्न पनि मिल्दैन । कोही औसत खेलाडीको भन्दा पोग्बाले निकै सफल खेलजीवन नै बिताएका छन् ।

तर, कुरा त्यही हो । यो प्रतिभालाई उनले निरन्तरता दिन सकेनन् । त्यसो त आफूविरुद्ध लागेको प्रतिबन्धविरुद्ध उनले अपिल गर्ने भनिसकेका छन् । कोर्ट अफ आर्बिटर फर स्पोटर्समा ।

प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको पुष्टि भएपछि इटालीको न्यायालयले उनलाई चार वर्षको सजाय सुनाएको हो । युभेन्ट्सले पनि यसबारे पुष्टि गरिसकेको छ । भनेपछि यहीं पोग्बाको अपिल अस्वीकार भयो भने यो प्रतिबन्ध सन् २०२७ को अगस्टसम्म चल्नेछ ।

त्यतिबेला उनी ३४ वर्षका भइसक्ने छन् । उनीसँग कुनै क्लब हुने छैन । सन् २०१८–२०१९ यता चोटका कारण एक पूरा सिजन लिग खेल्न नसकेका पोग्बाले त्यतिबेला फेरि मैदान फर्केर राम्रोसँग खेल्नेमा शंका हुने नै भयो । खासमा शंका होइन, डर नै हो ।

फेरि यति लामो समय उनले आफूलाई कसरी मानसिक रूपमा तयार राख्ने हो । कसरी पो आफूलाई उत्प्रेरित राख्ने हो ? त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ । सम्भव नै छैन भन्नेहरू पनि निस्किसकेका छन् ।

फ्रान्सेली फुटबल पत्रकार हुन्, जुलियन लरेन्स । उनी भन्थे, ‘जतिबेला मैले पहिलो पटक १५ वर्षीय पोग्बाको खेल हेरें, म खुबै प्रभावित भएको थिएँ । उनी जत्तिको प्रतिभा र सम्भावना कोही कसैको थिएन ।’

चोटमुक्त हुन खाएका औपधिकै कारण उनी डोपिङमा परेको भन्ने अनुमान गर्ने पनि छन् । पोग्बाले सुनाउन चाहेको कथा पनि यस्तै यस्तै नै हो । तर, यी त भावनात्मक कुरा भए ।

तर, पोग्बाले चाहेजस्तो करियर बनेन । त्यसो त उनको खेलजीवनलाई असफल भन्न पनि मिल्दैन । कोही औसत खेलाडीको भन्दा पोग्बाले निकै सफल खेलजीवन नै बिताएका छन् । पोग्बाले विश्वकपमात्र जितेनन्, चारपल्ट इटालीको सिरी ‘ए’ उपाधि पनि जितेका छन् ।

त्यो भन्दा बढी के नै चाहियो र ? तिनै पत्रकार लरेन्सलाई लागेको थियो, कुनै दिन पोग्बाले बालोन डी’अर जित्ने छन् । तर, त्यस्तो पनि भएन । सेप्टेम्बरतिर उनी डोपिङमा फसेको समाचार आइसकेको थियो । सन् २०२३ को अगस्ट २० मा लिइएको डोपिङ परीक्षणमा उनी असफल भएका हुन् ।

पोग्बा आफैं के भन्छन् त ? उनको दाबी छ, ‘म निर्दोष छु । मैले जानेर वा योजना बनाएर प्रतिबन्धित शक्तिबद्र्धक औषधि प्रयोग गरेको होइन । सत्य त पूरा कथा एकदिन बाहिर आउने नै छ ।’

चोटमुक्त हुन खाएका औपधिकै कारण उनी डोपिङमा परेको भन्ने अनुमान गर्ने पनि छन् । पोग्बाले सुनाउन चाहेको कथा पनि यस्तै यस्तै नै हो । तर, यी त भावनात्मक कुरा भए ।

कानुनी रूपमा उनी नमज्जाले फसिसकेका छन् । तय छ, उनको खेलजीवन अब धेरै अगाडि बढ्न सक्ने छैन । खासमा दुःख यसैमा छ कि यति धेरै सम्भावना भएका खेलाडीलाई पछि गलत अर्थले बुझिनेछ, खेलमा झेल गर्ने भनेर ।