आश्विन २९, २०८२ बिहीबार | १७:१०:१०
राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी
शनिबारको दिन एएफसी एसियन कप

एसियन कपमा भारत र चीन दिएको निराशा

काठमाडाैं । एसियन कप फुटबल प्रतियोगिता २०२३ को अन्तिम १६ मा त्यस्तो एक खेलको समीकरण तयार भएको छ, जसले प्रतियोगिता स्वयंलाई रोमाञ्चित बनाएको छ ।

त्यो हो, साउदी अरेबियाविरुद्ध दक्षिण कोरियाको भेट । एसियाली फुटबलका अहिले दुई ठूला शक्ति हुन् । विश्वकपमा पनि एसियाको प्रतिनिधित्व नियमित गरिरहेका टिम हुन् । 

फेरि दुवै एसियन कपका पूर्व विजेता । यस्तोमा यो खेल रोमाञ्चक हुने भयो नै । यसको नतिजासँगै एउटा ठूलो टिमको प्रतियोगितामा चुनौती पनि समाप्त हुनेछ ।खासमा यो खेलको समीकरण तयार हुनु पछाडि दक्षिण कोरियाको आफ्नै खराब प्रदर्शन रह्यो टोलीको प्रतिष्ठाअनुसार । जापानले पनि धेरै राम्रो गर्न सकेन । यी दुवै टिम आ–आफ्नो समूहमा दोस्रो स्थानमा रहेका थिए । 

बरू आयोजक देश तथा डिफेन्डिङ च्याम्पियन कतार, इरान र इराकले लिग चरणका आ–आफ्ना तीनै खेल जिते र अधितकम ९ अंक नै बटुले । जापानको समूहमा इराक र दक्षिण कोरियाको समूहमा बहराइन शीर्षस्थानमा रह्यो ।

जापानले आफ्नो समूह जितेको भए टोलीको प्रतिद्वन्द्वी दक्षिण कोरिया हुने थियो । एक प्रकारले दक्षिण कोरिया भाग्यमानी रहेन, त्यसैले टोलीसामु बलियो विपक्षी टिम पर्यो । भोलि आइतबारदेखि नकआउट चरणको खेल सुरु हुनेछ । 

यो चरणका अन्य खेलको सूची यस्तो छ  ताजकिस्तानविरुद्ध यूएई, इराकविरुद्ध जोर्डन, अस्ट्रेलियाविरुद्ध इन्डोनेसिया, इरानविरुद्ध सिरिया, बहराइनविरुद्ध जापान, कतारविरुद्ध प्यालेस्टाइन र उज्वेकिस्तानविरुद्ध थाइल्यान्ड ।

यो त भयो अबका खेल । लिग चरणका खेल स्वयं कस्तो रह्यो त ? कुल २४ टिमको सहभागिता रहेको थियो । त्यसमध्ये १६ टिम नकआउट चरणमा पुगेका छन् । आठ टिमको चुनौती भने समाप्त भइसकेको छ । त्यसमध्ये सबैभन्दा धेरै निराशा कुनै दुई टिमले गरेको छ भने त्यो भारत र चीन रह्यो । दुवैको फुटबल महत्त्वकांक्षा अति धेरै देखिन्छ । 

तर, मैदानमा तिनको प्रदर्शन त्यसको छेउछाउ पनि पुग्दैन । यसपल्टको एसियन कपले देखाएको छ, यी दुई विशाल देशको फुटबल वास्तवमै कहाँ छन् भनेर ।

फेरि नेपाली फुटबलमा रूचि राख्नेका लागि यी दुवै देशको प्रदर्शनमा ध्यान खिच्छ अनि तिनको प्रदर्शनले निराश पनि तुल्याउँछ । अन्तिम १६ पुगेका खास केही देश जसको भौगोलिक र आर्थिकमात्र होइन, राजनीतिक स्थिति जस्तो छ ।

त्यसको तुलनामा भारत र चीन किन अगाडि बढ्न सकेनन् भन्ने प्रश्न त बन्छ । चीन समूह ‘ए’ मा थियो । २ अंकमा तेस्रो स्थानमै मात्र रह्यो । त्यसले तेस्रो स्थानमा रहेको चीनलाई नकआउट चरण पु¥याउन पर्याप्त रहेन ।

चीनलाई कतारले एक खेलमा हराएको थियो भने बाँकी दुई खेलमा टोलीले ताजकिस्तान र लेवनानसँग बराबरी खेल्यो । चीनले यी तीन खेलमा एकै गोल गर्न सकेन । भनेपछि चीन नकआउट चरणका लागि पूर्णतः हकदार नरहेकै देखियो । 

भारतको प्रदर्शन त अझ धेरै खराब रह्यो । भारत समूह ‘बी’ मा परेको थियो । टोलीले अस्ट्रेलिया, उज्वेकिस्तान र सिरियाविरुद्धका तीनै खेल गुमायो । त्यतिमात्र होइन, भारतले एकै गोल गर्न सकेन, अंक त शून्यमै रह्यो ।

चीनको घरेलु फुटबल धराशायी हुने स्थितिमा छ भनिन्छ । एक समय त्यहाँको लिगले त्यस्तै तहल्का मच्चाएको थियो, जस्तो अहिले साउदी अरेबियाको लिगले गरिरहेको छ । तर एकपल्ट यसमा समस्या आउन सुरु भएपछि यो रोकिएन । 

यसले प्रमाणित गरेको छ, लिगमा खर्च गर्दैमा देश स्वयंको फुटबल स्तर राम्रो हुनुपर्छ भन्ने छैन । अर्कोतर्फ आईएसएलको जतिसुकै चर्चा भए पनि भारतीय टिममा यसले खासै धेरै सकारात्मक प्रभाव छाडेको रहेनछ ।