मंसिर २, २०८२ मंगलबार | ०६:२६:१२
एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित एनपिएल सिजन दुईः काठमाडौंको विजयी सुरुआत आसिफको अर्धसतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य काठमाडौंविरुद्ध आसिफको अर्धशतक जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट
शनिबारको दिन भारतीय महिला आई लिग

महिला आई लिग खेल्ने नेपालका ६ खेलाडी यस्ता

काठमाडौं । भारतीय महिला आई लिग शुक्रबार सुरु भएको छ । आई लिगमा भारतका विभिन्न प्रदेशबाट सात क्लबले प्रतिनिधित्व गरेका छन् । उद्घाटन खेलमा गोकुलम केरला र सेथु एफसी गोलरहित बराबरीमा रोकिएका छन् । 

सन् २०२२/२३ को संस्करण खेलेका १६ क्लबबाट ११ टोली घटाउँदै भारतीय फुटबल फेडेरेसनले खेलसंख्या ४२ मा सीमित पारेको छ । साबिक विजेता गोकुलम केरेलासँगै उपविजेता किकस्टार्ट एफसी, पूर्वविजेता सेथु एफसी, इस्ट बंगाल एफसी, होप्स एफसी, उडिशा एफसी र स्पोर्टस उडिशाले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन करिब चार महिना ‘होम एन्ड अवे’ का आधारमा खेलहरू सञ्चालन हुनेछन् । तालिकाको शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ । यसपालि प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिनिधित्व गर्दैछन् ।

पछिल्लो संस्करणमा एन्जिलासँगै स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डरहरु सरु लिम्बु, रेनुका नगरकोटे, अनिता बस्नेत र रेखा पौडेलले खेलेका थिए । 

यसपालि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बासँगै मिडफिल्डद्धय प्रीति राई र दीपा शाही, रक्षकद्धय गीता राना र अमृता जैशीले तथा स्ट्राइकर रश्मिकुमारी घिसिङले आई लिग खेल्नेछन् । एन्जिलाले दोस्रोपल्ट आई लिग खेल्दै गर्दा अन्य पाँच खेलाडी भने आई लिगमा डेब्यु गर्दैछन् ।

पछिल्लो संस्करणमा पनि १६ क्लब सहभागी हुँदा नेपालका ६ खेलाडीले खेल्ने अवसर पाएका थिए । एन्जिलासँगै स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डरहरु सरु लिम्बु, रेनुका नगरकोटे, अनिता बस्नेत र रेखा पौडेलले खेलेका थिए ।

 प्रतियोगितामा एक टोलीले तीन विदेशी खेलाडी भित्राउन पाउँदा दुई मात्रै मैदानमा उतार्न पाउँछन् ।

तीन पटकको च्याम्पियन गोकुलम केरेलाले सावित्रालाई चाहे पनि इजरायल लिग क्लब हापोइल रानानामा अनुबन्ध भएपछि यसपालि आई लिग गुमाउने पक्का भएको छ । सावित्राले दुई पटक गोकुलम र एक पटक सेथु एफसीबाट लिग उपाधि जितेकी छन् । गत सिजन पनि सावित्राले २९ गोल गरेकी थिइन् ।

हालसम्म तीन संस्करण लिग खेलिसकेकी सावित्रा ५९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । सावित्रापछि भारतीय अन्तर्राष्ट्रिय खेलाडी बाला देवी ४८ गोल गरेर दोस्रो स्थानमा छिन् । सावित्राले दुई सिजन सर्वाधिक गोल गर्ने खेलाडीको पुरस्कार पनि जितेकी थिइन् ।

यस्ता छन् आई लिगमा अनुबन्धित ६ नेपाली खेलाडी ?

एन्जिला तुम्बापो सुब्बा– सेथु एफसी 

गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको दोस्रो पटक आई लिग खेल्दैछिन् । पछिल्लोपटक समेत एन्जिलाले सेथु एफसीसँग सहकार्य गरेकी थिइन् । 

गत सिजन टोलीलाई सेमिफाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी एन्जिलाले ८ खेल खेल्दा ६ खेलमा ‘क्लिन सिट’ राखिन् । त्यसपछि क्लबले पुनः एन्जिलासँगै राख्ने निर्णय लिएको हो । 

लिगका केही खेलमा एन्जिलाले कप्तानी गरेकी थिइन् । उनी घरेलु प्रतियोगितामा भने एपिएफ क्लबको प्रतिनिधित्व गर्छिन् ।

गीता राना– सेथु एफसी

नेपाली राष्ट्रिय टोलीकी रक्षक गीताले पहिलो पटक आई लिग खेल्न लागेकी हुन् । गत सिजन सेथुसँग अनुबन्ध भए पनि गीताले घाइते हुँदा प्रतियोगिता गुमाइन् । त्यसअघि गीता र एन्जिला एक महिना तमिलनाडु पुगेर अभ्यासमा सहभागी भए पनि प्रतियोगिता सरेपछि घर फर्किएका थिए । 

राष्ट्रिय टोलीबाट भारतविरुद्ध कालिङ्गा रंगशालामा खेल्दा गीता घाइते भएपछि करिब ७ महिना मैदान बाहिर रहिन् । भारतीय युवा खेलाडीको साथ रहेको सेथुले गीताको आगमनसँगै रक्षापंक्तिमा बलियो प्रदर्शन हुने आस गरेको छ । मैदानमा रहँदा रक्षापंक्तिको कमाण्ड आफैंले सम्हाल्ने हुँदा गीतालाई बिट गर्न विपक्षी स्ट्राइकरलाई धौ-धौ पर्ने गर्दछ ।

प्रीति राई– किकस्टार्स

नेपाली टोलीको उमेर समूहमा सानदार प्रदर्शनसँगै प्रीति राईको चर्चा चुलेको छ । राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरेकी प्रीतिको माग अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उस्तै छ । गत वर्ष घाइते नभएको भए प्रीतिले आई लिग खेल्ने पक्का थियो । तर, खुट्टा भाँचिएपछि उनी आई लिगसँगै राष्ट्रिय टोलीको खेल गुमाउन पुगिन् । 

घरेलु फुटबलमा एपिएफ क्लबसँग आबद्ध प्रीतिलाई यसपल्ट किकस्टार्सले अनुबन्ध गरेको छ । कर्नाटकको टोली गत वर्षको उपविजेता हो । यसपटक प्रीति र दीपालाई अनुबन्ध गर्दै मिडफिल्डमा बलियो बनेको छ । दुई नेपाली खेलाडीको अनुबन्ध गरेको किकस्टार्सकोे उपाधि जित्ने योजना छ ।

दीपा शाही– किकस्टार्स

मिडफिल्डर दीपा शाही आई लिगमा डेब्यू गर्दै छिन् । उमेर हदका कारण गत वर्ष किक–स्टार्ससँग अनुबन्ध भए पनि खेल्न पाइनन् । टोली उपविजेता भएको थियो । 

त्रिभुवन आर्मी क्लबका आबद्ध जुम्लाकी अट्याकिङ मिडफिल्डरसँग किकस्टार्सले ठूलो आस गरेको छ । दीपाले घरेलु फुटबल र अन्तर्राष्ट्रिय खेलमा देखाएको प्रभाव बेंगलुरुमा देखाउने विश्वास राखेकी छन् ।

 ‘आई लिग खेल्न निकै उत्साहित छु । नेपालबाट जसरी खेलेको थिएँ । सोही प्रदर्शन भारतमा पनि देखाउने छु,’ दीपाले भनिन् । किकस्टार्सले आफ्नो पहिलो खेल होप्ससँग खेल्दा दीपाले डेब्यू गर्ने सम्भावना छ ।

अमृता जैशी– स्पोर्टस उडिशा 

रक्षक अमृतालाई स्पोर्टस उडिशाले अनुबन्ध गरेको छ । कैलालीकी अमृताले पहिलो पटक आईलिग खेल्न लागेकी हुन् । 

घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट अमृताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल राष्ट्रिय फुटबल टोलीमा अमृताले रक्षांपक्तिको जुनसुकै भूमिका निर्बाह गर्न सक्छिन् । 

पुनम जर्घामगरले संन्यास लिएपछि अमृताले फुल ब्याक खेल्दै आएकी छिन् । नेपाली राष्ट्रिय फुटबलमा टोलीमा सानदार प्रदर्शन गरेपछि अमृता भारतीय क्लबको आखाँमा परेकी हुन् ।

रश्मि कुमारी घिसिङ– स्पोर्टस उडिशा 

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबकी स्ट्राइकर रश्मिकुमारी घिसिङले आईलिगमा डेब्यु गर्दैछिन् । नेपाली राष्ट्रिय फुटबल टोली र उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै २२ वर्षीय रश्मिले अन्तर्राष्ट्रिय क्लबहरुको नजरमा परेकी हुन् । 

भारतको उमेर समूहका खेलाडी साथ पाएको उडिशाले अग्रपंक्तिमा रश्मिबाट ठूलो आशा गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय क्लबका अनुबन्ध भएकी चन्द्रपुरकी रश्मि पनि आफूलाई प्रमाणित गर्ने योजनामा छिन् ।