काठमाडौं । महिला फुटबलको इतिहास विश्वव्यापी रूपमै धेरै लामो छैन । महिला फुटबललाई पुरुषको यही खेलसँग तुलना गर्ने हो भने निकै पछि छ । पुरुषमा विश्वकप सुरु भइसक्दा पनि महिलाले पनि फुटबल खेल्छन् भन्ने चेत राम्ररी विकास भइसकेको थिएन ।
पुरुषतर्फ विश्वकप एउटा राम्रो र अतुलनीय ब्राण्डका रूपमा स्थापित भइसकेपछि विश्व फुटबलले महिलातर्फ चासो बढाउन थालेको थियो । औपचारिक रूपमा सन १९९१ मा चीनबाट महिला विश्वकपको सुरुआत भएको इतिहास छ । तर त्यसअघि पनि विभिन्न नाममा अनौपचारिक ढाँचाका महिला विश्वकप भएका थिए ।
सन १९७० मा पहिलो पटक इटालीमा महिला विश्वकपको नाममा एउटा प्रतियोगिता भएको मानिन्छ । लगत्तै अर्को वर्ष १९७१ मा मेक्सिकोले पनि अनौपचारिक महिला विश्वकप आयोजना गर्यो । जहाँ फाइनलमा मेक्सिकोलाई ३–० को इतिहासमा हराउँदै डेनमार्कले उपाधि जित्यो ।
त्यसपछि १९८० को दशकमा जापानले एक तथा इटालीले चार पटक अनौपचारिक महिला विश्वकप आयोजना गरे । जहाँ तीन पटक इटाली तथा दुई पटक इङ्ल्यान्डले उपाधि उचाले ।
एसियामा १९७५ र युरोपमा १९८४ मा महिलाको महादेशीय प्रतियोगिता भइसकेको थियो । जसको सफलताबाट महिला फुटबलका अभियन्ताहरू उत्साहित थिए । त्यही कारण फिफा कंग्रेसबाटै महिला फुटबल विकासका लागि ठोस कदम चाल्ने निर्णय भयो ।
चीनमा १९८८ मा सम्पन्न फिफा महिला आमन्त्रण प्रतियोगिताको सफलताले यस्तो निर्णय लिन विश्व फुटबलको नेतृत्वलाई घच्घच्याएको थियो । युरोपबाट चार, एसियाबाट तीन, दक्षिण एसियाबाट दुई तथा उत्तर अमेरिका, अफ्रिका र ओसियानाबाट एक-एक टिमको सहभागितामा चीनमा उक्त प्रतियोगिता भएको थियो ।
चीन र क्यानडाबीचको उद्घाटन खेलमा ४५ हजार दर्शक रंगशालामा उपस्थित भएका थिए । पूरा प्रतियोगितामा प्रतिखेल २० हजारको औसतमा दर्शक रंगशाला पुगेका थिए । स्विडेनलाई १–० को नतिजामा हराउँदै युरोपियन च्याम्पियन नर्वेले उपाधिमा कब्जा जमाएको थियो । ब्राजिलले पेनाल्टी शुटआउटमा चीनलाई हराएर तेस्रो स्थान हासिल गरेको थियो ।
फिफाले १९९१ बाट आधिकारिक रूपमा महिला विश्वकप आयोजना गर्ने घोषणा गर्यो र पहिलो संस्करण आयोजनाको अधिकार पनि चीनलाई नै दिइयो ।
यही प्रतियोगिताको भव्य सफलताका कारण फिफाले १९९१ बाट आधिकारिक रूपमा महिला विश्वकप आयोजना गर्ने घोषणा गर्यो र पहिलो संस्करण आयोजनाको अधिकार पनि चीनलाई नै दिइयो ।
चीनले नै आयोजना गरेको पहिलो आधिकारिक विश्वकपमा भने मिचेल एकर्सको दुई गोलको प्रेरणामा नर्वेलाई २–१ को नतिजामा हराउँदै अमेरिकाले उपाधि जितेको थियो । जर्मनीलाई ४–० को नतिजामा पराजित गर्दै स्विडेन तेस्रो भयो ।
त्यसअघि सेमिफाइनलमा नर्वेले स्विडेनलाई ४–१ र अमेरिकाले जर्मनीलाई ५–२ को नतिजामा हराएका थिए । क्वाटरफाइनलमा जर्मनीले डेनमार्कलाई २–१, स्विडेनले चीनलाई १–०, नर्वेले इटालीलाई ३–२ र अमेरिकाले चाइनिज ताइपेईलाई ७–० को अन्तरमा पराजित गरेका थिए ।
नाइजेरिया, न्युजिल्यान्ड, ब्राजिल र जापान १२ टोली सहभागी प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।
अमेरिकाकी एकर्स १० गोलका साथ उच्च गोलकर्ता घोषित हुँदा अमेरिकाकै क्यारिन जेनिङ्सले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार हात पारिन् ।
चार वर्षपछि स्विडेनमा हेगे रिसे र मारियान पिटरसनको गोलमा जर्मनीलाई फाइनलमा २–० को नतिजामा हराउँदै नर्वेले पहिलो पटक विश्वकपको उपाधि जित्यो ।
चार वर्षपछि स्विडेनमा हेगे रिसे र मारियान पिटरसनको गोलमा जर्मनीलाई फाइनलमा २–० को नतिजामा हराउँदै नर्वेले पहिलो पटक विश्वकपको उपाधि जित्यो । साबिक विजेता अमेरिकाले प्लेअफमा चीनलाई २–० ले नै हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
त्यसअघि सेमिफाइनलमा जर्मनीले चीन तथा नर्वेले अमेकिामाथि १–० को समान अन्तरमा जित हासिल गरेका थिए । अन्तिम आठमा अमेरिकाले जापानलाई ४–०, नर्वेले डेनमार्कलाई ३–१, जर्मनीले इङ्ल्यान्डलाई ३–० तथा चीनले स्विडेनलाई पेनाल्टी शुटआउटमा पराजित गरेका थिए ।
१२ टोली सहभागी प्रतियोगिताको पहिलो चरणबाटै अस्ट्रेलिया, क्यानडा, नाइजेरिया र ब्राजिल बाहिरिएका थिए ।
सन १९९९ मा अमेरिकाले दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो । आफैंले आयोजना गरेको प्रतियोगिताको फाइनलमा चीनलाई पेनाल्टी शुटआउटमा निराश पार्दै अमेरिकाले दोस्रो विश्वकप उपाधि जितेको थियो ।
समान सात गोल गरेका ब्राजिलकी सिसी र वेनले संयुक्त रूपमा उच्च गोलकर्ताको पुरस्कारमा हक जमाए । सिसीको टोली ब्राजिलले पेनाल्टी शुटआउटमा नर्वेलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।
चीनले फेयर प्ले उपाधिमाथि कब्जा जमाएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पनि चीनकै सुन वेन घोषित भइन् । समान सात गोल गरेका ब्राजिलकी सिसी र वेनले संयुक्त रूपमा उच्च गोलकर्ताको पुरस्कारमा हक जमाए । सिसीको टोली ब्राजिलले पेनाल्टी शुटआउटमा नर्वेलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।
यसपालि प्रतियोगितामा सहभागी टोलीको संख्या बढाएर १६ पुर्याइएको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो ।
जहाँ समूह ‘ए’ बाट अमेरिका र नाइजेरिया क्वाटरफाइनल पुग्दा उत्तर कोरिया र डेनमार्कको यात्रामा पहिलो चरणमै पूर्णविराम लाग्यो । यसैगरी समूह ‘बी’ बाट ब्राजिल र जर्मनी अगाडि बढ्दा इटाली र मेक्सिकोको यात्रा पहिलो चरणमै टुंगियो ।
यसैगरी समूह ‘सी’ बाट नर्वे र रुस अगाडि बढ्दा क्यानडा र जापान घर फर्किए भने समूह ‘डी’ बाट चीन र स्विडेनले नकआउट चरणको यात्रा गर्दा अस्ट्रेलिया र घाना पहिलो चरणबाटै घर फर्किए ।
क्वाटरफाइनलमा अमेरिकाले जर्मनीलाई ३–२, ब्राजिलले नाइजेरियालाई ४–३, नर्वेले स्विडेनलाई ३–१ तथा चीनले रुसलाई २–० को नतिजामा हराएका थिए । सेमिफाइनलमा भने अमेरिकाले ब्राजिललाई २–० तथा चीनले नर्वेलाई ५–० को फराकिलो अन्तरमा पराजित गरेका थिए ।
फेरि चार वर्षपछि २००३ मा पनि महिला विश्वकप अमेरिकाले नै आयोजना गर्यो । १६ टोली सहभागी प्रतियोगितामा जर्मनीले स्विडेनमाथि २–१ को फाइनल जितसँगै पहिलो पटक विश्वकपको उपाधि जित्यो । साबिक विजेता अमेरिकाले तेस्रो स्थानमा चित्त बुझायो । घरेलु मैदानमा छिमेकी क्यानडामाथि ३–१ को जित हासिल गर्दै अमेरिकाले तेस्रो स्थानको सान्त्वना हासिल गरेको थियो ।
उत्तर कोरिया, नाइजेरिया, फ्रान्स, दक्षिण कोरिया, जापान, अर्जेन्टिना, घाना र अस्ट्रेलिया समूह चरणबाटै घर फर्किए ।
सेमिफाइनलमा जर्मनीले अमेरिकामाथि ३–० तथा स्विडेनले क्यानडामाथि ३–१ को जित हासिल गरेका थिए । क्वाटरफाइनलमा अमेरिकाले नर्वेलाई १–०, जर्मनीले रुसलाई ७–१, स्विडेनले ब्राजिललाई २–१ तथा क्यानडाले चीनलाई १–० को नतिजामा पराजित गरेका थिए ।
उत्तर कोरिया, नाइजेरिया, फ्रान्स, दक्षिण कोरिया, जापान, अर्जेन्टिना, घाना र अस्ट्रेलिया समूह चरणबाटै घर फर्किए । प्रतियोगितामा सर्वाधिक सात गोल गरेका जर्मनीकी ब्रिगिट प्रिन्ज सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता दुवै पुरस्कार हत्याउन सफल भइन् ।
२००७ मा महिला विश्वकप आधिकारिक रूपमा जन्मिएकै स्थान चीन फर्कियो । जहाँ जर्मनीले उपाधि रक्षा गर्यो । महिला विश्वकपमा लगातार दोस्रो पटक उपाधि जित्ने पहिलो टिम बन्ने क्रममा जर्मनीले फाइनलमा ब्राजिलमाथि २–० को जित दर्ता गरायो ।
फाइनलमा जर्मनीलाई सफलता दिलाउँदा चार वर्षअघिकी नायिका प्रिन्ज र सिमोन मेलानी लाउडरले गोल गरेका थिए । नर्वेलाई ४–१ को नतिजामा हराउँदै अमेरिकाले फेरि पनि तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा सर्वाधिक सात गोल गरेकी ब्राजिली स्टार मार्टा प्रतियोगिताको उच्च गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
सेमिफाइनलमा जर्मनीले नर्वेलाई ३–० तथा ब्राजिलले अमेरिकालाई ४–० को नतिजामा हराएका थिए । क्वाटरफाइनलमा जर्मनीले उत्तर कोरिया तथा अमेरिकाले इङ्ल्यान्डलाई ३–० को समान अन्तरमा हराउँदा नर्वेले चीन तथा ब्राजिलले अस्ट्रेलियालाई ३–२ ले निराश पारे ।
जापान, अर्जेन्टिना, स्विडेन, नाइजेरिया, क्यानडा, घाना, डेनमार्क र न्युजिल्यान्ड समूह चरणबाटै घर फर्किए । प्रतियोगितामा सर्वाधिक सात गोल गरेकी ब्राजिली स्टार मार्टा प्रतियोगिताको उच्च गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
लगातार तेस्रो पटक विश्वकप जित्ने योजनामा रहेको जर्मनीसँग यसपालि २०११ मा घरेलु मैदानको साथ थियो । तर टोलीको यात्रा क्वाटरफाइनलमै टुंगिँदा एसियाली टोली जापान पहिलो पटक च्याम्पियन बन्यो ।
निर्धारित समय १–१ को बराबरीमा टुंगिएको फाइनलको अतिरिक्त समयमा दुवै तर्फबाट एक÷एक गोल थपिँदा खेल २–२ को बराबरीमा पुग्यो । जसको निर्णय पेनाल्टीबाट हुँदा जापानले अमेरिकालाई माथ दिँदै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
प्लेअफमा फ्रान्सलाई २–१ ले हराउँदै स्विडेन तेस्रो भयो । सेमिफाइनलमा अमेरिकाले फ्रान्स तथा जापानले स्विडेनलाई ३–१ को समान अन्तरमा पराजित गरेका थिए ।
महिला विश्वकपको सातौं संस्करण २०१५ मा क्यानडाले आयोजना गर्यो । जहाँ छिमेकी टोली अमेरिकाले तेस्रो पटक उपाधिमा कब्जा जमायो ।
क्वाटरफाइनलमा फ्रान्सले इङ्ल्यान्ड, जापानले जर्मनी, स्विडेनले अस्ट्रेलिया तथा अमेरिकाले ब्राजिललाई निराश पारेका थिए । नर्वे, गुयना, उत्तर कोरिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, नाइजेरिया र क्यानडा समूह चरणबाटै बाहिरिए ।
महिला विश्वकपको सातौं संस्करण २०१५ मा क्यानडाले आयोजना गर्यो । जहाँ छिमेकी टोली अमेरिकाले तेस्रो पटक उपाधिमा कब्जा जमायो ।
फाइनलमा साबिक विजेता जापानमाथि ५–२ को जित हासिल गर्दै अमेरिकाले तेस्रो पटक विश्वकप उपाधि उचालेको थियो । जर्मनीलाई १–० को नतिजामा हराउँदै इङ्ल्यान्डले तेस्रो स्थान हासिल गर्यो ।
सेमिफाइनलमा अमेरिकाले जर्मनीलाई २–० तथा जापानले इङ्ल्यान्डलाई २–१ को नतिजामा हराएका थिए । त्यसअघि क्वाटरफाइनलमा जर्मनीले फ्रान्स, अमेरिकाले चीन, जापानले अस्ट्रेलिया तथा इङ्ल्यान्डले क्यानडालाई हराएका थिए ।
यसपालिबाट प्रतियोगिताको आकार बढाएर २४ टोली सहभागी गराइएको थियो । कुल खेल संख्या ५२ पुगेको प्रतियोगितामा पहिलो चरणमा सहभागी २४ टिमलाई ६ समूहमा विभाजित गरिएको थियो । जहाँबाट सबै समूहका शीर्ष दुई तथा उत्कृष्ट चार तेस्रो हुने टिम गरी १६ टोली नकआउट चरण पुगेका थिए ।
क्यानडा, चीन, जर्मनी, नर्वे, जापान, क्यामरुन, अमेरिका, अस्ट्रेलिया, ब्राजिल, दक्षिण कोरिया, फ्रान्स र इङ्ल्यान्ड आ–आफ्नो समूहको शीर्ष दुईमा रहेर नकआउट चरण पुग्दा कोलम्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र स्विडेन उत्कृष्ट तेस्रो टिमका रुमपा अगाडि बढे ।
अमेरिकालाई तेस्रो पटक विश्वकप उपाधि जिताउन ६ गोल गरेकी चार्ली लोइड उत्कृष्ट खेलाडी घोषित हुँदा उनीसँगै समान ६ गोल गरेकी जर्मनीकी सेलिया सासिक संयुक्त रूपमा उच्च गोलकर्ता घोषित भए ।
मेक्सिको, कोस्टारिका, स्पेन, नाइजेरिया, इक्वेडर, थाइल्यान्ड, आइभोरी कोस्ट र न्युजिल्यान्डको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेन ।
अमेरिकालाई तेस्रो पटक विश्वकप उपाधि जिताउन ६ गोल गरेकी चार्ली लोइड उत्कृष्ट खेलाडी घोषित हुँदा उनीसँगै समान ६ गोल गरेकी जर्मनीकी सेलिया सासिक संयुक्त रूपमा उच्च गोलकर्ता घोषित भए ।
विश्वकपको पछिल्लो संस्करण फ्रान्सले आयोजना गर्यो । जहाँ अमेरिकाले सफलतापूर्वक उपाधि रक्षा गर्दै चौथो पटक विश्व महिला फुटबलको ताज पहिरियो ।
एलेक्स मोर्गान र मेघान रापिनोले समान ६-६ गोल गरेर अमेरिकालाई चौथो विश्वकप उपाधि जिताउँदा इङ्ल्यान्डकी इलिन ह्वाइटले पनि ६ गोल गरिन् ।
रापिनो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा फाइनलमा यसपालि अमेरिकाले नयाँ प्रतिस्पर्धी नेदरल्यान्ड्सलाई २–० को नतिजामा हरायो । स्विडेनले इङ्ल्यान्डमाथि २–१ को जितसहित तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा यसपालि पनि २४ टोलीको सहभागिता थियो । चार वर्षअघि जस्तै पद्दतिमा प्रतियोगिता हुँदा फ्रान्स, नर्वे, नाइजेरिया, जर्मनी, स्पेन, चीन, इटाली, अस्ट्रेलिया, ब्राजिल, इङ्ल्यान्ड, जापान, नेदरल्यान्ड्स, क्यानडा, क्यामरुन, अमेरिका र स्विडेन नकआउट चरण पुग्न सफल भए ।
चिली, थाइल्यान्ड, न्युजिल्यान्ड, अर्जेन्टिना, स्कटल्यान्ड, जमैका, दक्षिण अफ्रिका र दक्षिण कोरियाको यात्रा समूह चरणमै टुंगियो ।