चैत्र ७, २०८२ शनिबार | १२:४७:२५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन साफ च्याम्पियनसिप

भारतको बढ्दो महत्त्वाकांक्षा र साफ भविष्य

काठमाडौं । एउटा तथ्य निश्चित छ, भारतको फुटबल महत्त्वाकांक्षा दिनानुदिन बढ्दै छ । भारत जति ठूलो देश छ, फुटबलमा धेरै पछाडि नै छ । यसले भारतीय फुटबलका सरोकारवालालाई सधैं पीडा दिइरहन्छ । त्यसैले भारत ढिलोचाँडो अन्तर्राष्ट्रिय फुटबलमा केही गर्न चाहन्छ ।

कम्तीमा एसियाली फुटबलमा त भारत आफ्नो पुरानो वर्चस्व फर्काउन चाहन्छ । सबैलाई थाहा छ, कुनै समय भारत एसियाली फुटबलको महाशक्ति थियो । तर, यो यसरी कमजोर हुँदै गयो कि यसमा अपसोच गर्नेबाहेक अरू कुनै विकल्प नै बाँकी रहेन । ठ्याक्कैभन्दा अहिले भारतीय फुटबलको चेत खुलेको छ ।त्यसैले फुटबल पण्डितहरूले भन्न थालेका छन्, भारतीय फुटबलको स्तर नजानिँदो तरिकाले अगाडि बढिरहेको छ । भारतीय घरेलु फुटबल संरचनाले पनि यसमा ठूलो भूमिका खेलेको छ । विशेषतः इन्डियन सुपर लिग (आईएसएल) ले । फुटबल खेलेर नै भारतीय खेलाडीले पनि राम्रै कमाइ गर्न थालेका छन् । भारतीय टिमको पछिल्लो प्रदर्शनको तथ्यांकले पनि भन्छ, यसको प्रदर्शनमा व्यापक सुधार आएको छ । साफ च्याम्पियनसिपको ठीक अगाडि मात्रै भारतमै इन्टरकन्टिनेन्टल कप भएको थियो । त्यसमा भारत उपाधि जित्नसफल रहयो । फाइनलमा लेवनानलाई हराएर त्यो सफलता मिलेको थियो ।

भारतले यो प्रतियोगितालाई खुबै जोड दिएर आयोजना गरेको थियो । आयोजनाको प्रश्नमा भारतले कुनै कमी गर्न चाहेन । तर, यही कुरा भने साफ च्याम्पियनसिपमा देखिएन । बेलुरुमा भइरहेको यसपल्टको प्रतियोगितामा आयोजकको दृष्टिकोणले धेरै कमजोरी रहे । एक प्रकारले अल इन्डिया फुटबल एसोसिएसनले साफ च्याम्पियनसिपलाई बेवास्ता नै गरेको देखियो । फेरि बेलुरु सहरमै पनि प्रतियोगिताको कुनै रौनक देखिएन । तर, एउटा तथ्य के अर्को निश्चित छ भने स्वयं भारतीय राष्ट्रिय टिम भने केही राम्रो गर्न आतुर देखियो ।

यस प्रतियोगितामा दुई आमन्त्रित टिमलाई बोलाउँदा कोही एक अर्को टिमलाई बढी फाइदा भएको छ भने त्यो भारतलाई मात्रै हो । फेरि यसमा कुनै फरक तर्क गर्न आवश्यक नै छैन । कुवेत र लेवनान आएर दक्षिण एसियाकै अन्य टिमले पनि फाइदा लिन सक्नुपर्छ र यी दुई टिम आएपछि प्रतियोगिताको स्तर बढेको छ ।

आज साफ च्याम्पियनसिपको दुवै सेमिफाइनल हुँदै छ । सेमिफाइनल खेल्ने दुई टिममध्ये कुवेत र लेवनान नै भइहाल्यो । अर्को भनेको भारत र बंगलादेश हुन् । सेमिफाइनलपछि फाइनलको समीकरण कस्तो बन्छ, त्यसमा भारतको सम्भावित प्रदर्शन कस्तो हुनेछ ? त्यसले प्रतियोगिता स्वयंको भविष्य निर्धारण गर्न सक्छ ।

मुख्य कुरा कुनै समय साफ च्याम्पियनसिपको एक संस्करण भारत र अर्को संस्करण कुनै एक अर्को देशमा हुने निर्णय भएको थियो । त्यो केही हदसम्म लागू भएको छ र छैन पनि । यसपल्टको संस्करण पनि भारतबाहिर गर्ने सम्भावना थियो । तर, प्रायोजक चाहन्छ, यो प्रतियोगिता भारतीय भूमिमै होस् । प्रतियोगिता सुरु भएयता मुख्य प्रायोजकका रूपमा बंगलादेशको बसुन्धारा समूह अगाडि आयो र प्रतियोगिताअघि बंगबन्धु पनि जोडियो । एउटा एक अर्को तथ्य के छ भने विश्व फुटबलले भारतीय बजार पनि ताकिरहेको छ । यसलाई फुटबल बजारको ठूलो स्रोत मानेको छ ।

पक्कै पनि भारतीय फुटबल आफैंमा ठूलो हुँदै छ । आकार फैलिँदो छ । दक्षिण एसियाका लागि भारतीय फुटबल अगाडि बढ्नु राम्रो हो । तर, अपेक्षा के पनि छ भने भारतले दक्षिण एसियाली फुटबललाई बेवास्ता गर्न मिल्दैन र नगरेको राम्रो । भारतीय फुटबलले यो क्षेत्रको नेतृत्व गरेको राम्रो हुनेछ । आफूसँगै दक्षिण एसियाली फुटबलकै विकासमा ध्यान दिए राम्रो । के यसका लागि भारत तयार छ त ? मुख्य प्रश्न यही हो । अबका दिनमा साफ च्याम्पियनसिपले कस्तो स्वरूप लिने हो र यसलाई भारतले कति महत्व दिने हो । त्यो यस क्षेत्रमा सबैका लागि चासो र महत्वको विषय हुनेछ ।