आश्विन १, २०८२ बिहीबार | ०४:१७:५८
उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू
शनिबारको दिन कतार विश्वकप २०२२

मेसी र एमबाप्पेको हेर्नलायक भिडन्त

काठमाडौं । विश्वका सर्वोत्कृष्ट खेलाडीहरू आइतबार राति लुसेल रंगशालामा विश्वकपको ट्रफी उचाल्न एकअर्काविरुद्ध मैदान उत्रँदैछन् । लियोनल मेसीको कप्तानीको अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा केलियन एमबाप्पेको फ्रान्सविरुद्ध खेल्दै छ । फ्रान्स साबिक विजेता टोली हो ।

मेसी र एमबाप्पे जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका छन् । समान ५ गोलसहित दुवै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डेन बुटको दौडमा पनि संयुक्त अगाडि छन् । यद्यपि मेसीले तीन असिस्ट गरेका छन् भने एमबाप्पेले दुई गोलमा सहयोगी भूमिका खेलका छन् । मेसीका लागि यो पाँचांै विश्वकप सहभागिता हो । उनले विश्वकपमा कुल ११ गोल गरिसकेका छन् ।

मेसी र एमबाप्पे विश्वकप फुटबलमा फेरि आमनेसामने नहुन सक्छन् । मेसीले यसअघि नै कतार विश्वकप आफ्ना लागि अन्तिम भएको बताइसकेका छन् । उनी अर्जेन्टिनालाई विश्व विजेताको ताज पहि¥याउँदै अन्तर्राष्ट्रिय फुटबलबाट यादगार बिदाइको व्यग्र प्रतीक्षामा छन् ।

सात पटकका बालोन डी’अर विजेता मेसी र पाँच पटकका बालोन डी’अर विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा एक दशकभन्दा बढी एकछत्र राज गरे । यी दुई खेलाडीले एक आपसमा १२ बालोन डी’अर अवार्ड बाँडेका छन् । यी दुईबाहेक बालोन डी’अर जित्ने क्रोएसियाका लुका मोड्रिच र फ्रान्सका करिम बेन्जेमा हुन् ।

मेसीले कतारमा प्राप्त गर्ने सफलताले उनलाई आठौं पटक बालोन डी’अरको प्रबल दाबेदारका रूपमा उभ्याउनेमा कुनै शंका छैन । यता एमबाप्पे मेसीको यात्रा उपविजेतामै सीमित पार्र्दै बालोन डी’अर अवार्डमा आफ्नो दाबेदारितामात्र प्रस्तुत गर्न चाहँदैनन् । उनी विश्व फुटबलमा मेसी र रोनाल्डोजस्तै सर्वोत्कृष्ट खेलाडी बन्ने दौडमा छन् ।

रुसमा चार वर्षअघि फ्रान्स विश्व विजेता बन्दा पनि एमबाप्पे उत्कृष्ट लयमा थिए । उनले टोलीका लागि ४ गोल गरेका थिए । १९ वर्षको उमेरमै विश्वविजेता बनेका एमबाप्पे चार वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोलीको लक्ष्यमा प्रमुख भूमिका निभाउन चाहन्छन् । उनले विश्वकपको १३ खेलमा ९ गोल गरिसकेका छन् । मेसी र रोनाल्डोमात्र नभई ब्राजिलका नेयमारले समेत कतार विश्वकप आफ्ना लागि अन्तिम भएको संकेत गरिरहँदा एमबाप्पे भने यस्ता प्रतिभा हुन् जसमा अबको एक दशक विश्व फुटबलमा राज गर्ने सम्भावना छ ।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा मेसी र एमबाप्पेले सहकर्मीका रूपमा डेढ वर्ष बिताइसकेका छन् । त्यसैले यी दुवै खेलाडी एकअर्काको बलियो र कमजोर पक्षका बारेमा जानकार छन् ।

यद्यपि पिएसजीको ड्रेसिङ रुममा यी दुई खेलाडीबीचको मनमुटाव खबर सार्वजनिक नभएको पनि होइन । एमबाप्पेले पिएसजी छोड्छु भन्नुको प्रमुख कारण टोलीमा नेयमारसँगै मेसीको उपस्थिति भएको बताइन्छ ।

‘केलियन एमबाप्पे असाधारण खेलाडी हुन् । जो क्षमतावान छन्,’ मेसी भन्छन्, ‘वान भर्सेस वानमा उनी निकै अब्बल छन् । उनको तीव्र गतिलाई रोक्न कसैका लागि पनि सहज हुँदैन । उनले पटक पटक आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् ।’

त्यसो त एमबाप्पे सार्वजनिक रूपमै  पिएसजीमा मेसीसँग खेल्नुभन्दा फ्रान्सको राष्ट्रिय टोलीसँग खेल्दा आनन्द आउने बताउँछन् । त्यसले पनि यी दुईबीचको सम्बन्ध सुमधुर नभएको प्रमाणित गर्छ ।

 

‘म फ्रान्सको राष्ट्रिय टोलीसँगको प्रशिक्षणमा जति रमाउँछु, पिएसजीमा रमाउन सक्दिनँ,’ एमबाप्पेले सेप्टेम्बरमा भनेका थिए, ‘यहाँ मलाई पिएसजीमा भन्दा बढी स्वतन्त्रता मिल्छ ।’एमबाप्पे विश्वकपको उपाधि रक्षा गर्ने फ्रान्सको लक्ष्यलाई सार्थकता प्रदान गर्दै विश्व फुटबलको सुपरस्टार बन्ने लक्ष्यमा रहेका छन् ।

यी दुईबीच चार वर्षअघि रुस विश्वकपको अन्तिम १६ मा भेट भएको थियो । जहाँ फ्रान्सले अर्जेन्टिनाको चुनौती ४–३ ले समाप्त पारेको थियो । त्यसमा एमबाप्पेले दुई गोल गरेका थिए । मेसी सन् २०१४ मा विश्वकप जित्ने संघारमा पुगे पनि फाइनलमा जर्मनीसँग निराश हुनुपरेको थियो ।