माघ १३, २०८२ मंगलबार | १०:०२:२०
श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि
शनिबारको दिन

एनपिएलले नयाँ च्याम्पियन पाउँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)ले शनिबार नयाँ विजेता पाउने छ । गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दै छ । यसपालि सुदूरपश्चिमको प्रतिद्वन्द्वी हुनेछ, लुम्बिनी लायन्स । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

गत सिजन जसरी सुदूरपश्चिमले सहजै प्लेअफ अनि फाइनलमा स्थान बनाएको थियो । यसपालि पनि त्यही कथा दोहो¥याएको छ । लगातार ५ खेलमा रवाफिलो जित हासिल गर्दै सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली बन्यो । छैटौं खेलमा चितवन राइनोजमाथि ४९ रनको सहज जितसँगै सुदूरपश्चिमले क्वालिफायर १ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा सुदूरको भेट विराटनगर किंग्ससँग भयो । विराटनगरसँग सुदूरले केही खेलाडीलाई आराम दिएको थियो । विपक्षी ब्याटर फाफ डु प्लेसी र साम हेजलेटको विस्फोटक ब्याटिङमा विराटनगरले ११.५ ओभरमा सुदूरले दिएको लक्ष्य पूरा गर्दै ६ विकेटको सानदार जित हासिल  गरेको थियो ।

क्वालिफायर १ मा सुदूरको प्रतिद्वन्द्वी विराटनगर नै थियो । सुदूरको जितको ‘मोमेन्टम’ ब्रेक भइसकेको थियो । विराटनगरको मनोबल भने उच्च थियो । तर, सुदूरले विराटनगरसँग पछिल्लो खेलमा बेहोरेको हारको बदला मज्जाले लियो । ओपनर विनोद भण्डारीको सम्हालिएको अर्धशतकीय इनिङ्स र कसिलो बलिङप्रेरित सुदूरले विराटनगरलाई ७७ रनको हार चखायो । र, लगातार दोस्रो सिजन फाइनल प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गर्यो ।

विनोदको ब्याटबाट लगातार दोस्रो सिजन रनको वर्षा हुनु सुदूरको सहज यात्राको प्रमुख कारणमध्ये एक हो । सर्वाधिक रनकर्ताको दौडमा दोस्रो स्थानमा रहेका विनोदले ८ इनिङ्समा कुल २६४ रन बनाएका छन् । यसपालि पनि विनोदले टोलीलाई राम्रो सुरुआत दिलाइरहेका छन् । त्यस्तै बलर अविनाश बोहरा टोलीका अर्का हेर्नलायक खेलाडी हुन् । सर्वाधिक विकेटकर्ताको दौडमा अविनाश १६ विकेटसहित दोस्रो स्थानमा छन् । फाइनलमा लुम्बिनीका दुई खेलाडीलाई पेभेलियनको बाटो देखाए उनी विराटनगरका कप्तान सन्दीप लामिछानेलाई शीर्षस्थानमा उछिन्न सफल हुनेछन् ।

लुम्बिनीको फाइनलसम्मको यात्रालाई आउने सिजनहरूमा पनि याद गरिनेछ । गत सिजन मात्र एक जितका साथ अंकतालिकाको पुछारमा रहेको लुम्बिनी यसपालि पनि एकसमय प्लेअफ समीकरणबाटै बाहिरिने अवस्थामा थियो ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हरायो । त्यसपछिका तीन खेलमा पराजित लुम्बिनीले आफ्नो मनोबल उच्च बनाएर पाँचौं र छैटौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सलाई हराउँदै ‘मोमेन्टम’ समात्यो । त्यसपछि लिगको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनीले प्लेअफमा स्थान बनाएको हो ।

चौथो स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजमाथि ४ विकेटको सहज जित निकाल्यो । क्वालिफायर १ खेल्न विराटनगरले रनरेटमा पछि पारेपछि गोर्खाज इलिमिनेटरमा लुम्बिनीसँग भेट्न पुगेको थियो ।

बिहीबार भएको क्वालिफायर २ मा लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनीले मात्र १ सय ३४ रनको योगफल खडा गरेको थियो । ‘लाइन-अप’ बलियो भएका कारण विराटनगरले यो लक्ष्य सहजै पछ्याउने अनुमान गरिएको थियो । तर, शीर्षक्रम धराशायी बन्दा विराटनगरलाई लक्ष्य भेट्टाउन गाह्रो भयो ।

शनिबार एनपिएलका सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पाउँदै छन् । लुम्बिनीका कप्तान रोहित पौडेल यो पुरस्कारको प्रमुख दाबेदारमध्ये एक हुन् । ९ इनिङ्समा रोहितले २ सय ६० रन जोडेका छन् । यो हिसाबमा रोहित र सुदूरका विनोद भण्डारीबीच फाइनलमा सर्वाधिक रनकर्ताका लागि कडा टक्कर रहनेछ । विनोद अर्का दाबेदार हुन् । शीर्षस्थानमा पोखराका एडम रोसिङ्टन छन् । उनले एक शतकसहित ३ सय २३ रन बनाएका छन् ।

त्यस्तै बलिङतर्फ स्पिनर शेर मल्लले ९ इनिङ्समा १४ विकेट लिएका छन् । टोलीलाई चाहिएका बेला विकेट लिइरहेका शेर सुदूरका लागि ‘थ्रेट’ बन्न सक्नेछन् । शेरका लागि पनि यो लगातार दोस्रो फाइनल अनुभव हुनेछ । यसअघि उनले च्याम्पियन जनकपुर बोल्ट्सको जर्सी लगाएका थिए । त्यतिबेला दुई ओभर बलिङ गर्दा उनी विकेटविहीन थिए । उनीसँगै तीव्र गतिका बलर हेमन्त धामीलाई लगातार दोस्रो सिजन च्याम्पियन मेडल हासिल गर्ने अवसर छ ।