आश्विन ३, २०८२ शनिबार | ०२:२५:०७
लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन´ हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन´ हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण
शनिबारको दिन

नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै

काठमाडौं । नेपालले अर्को साता वेस्ट इन्डिजसँग ऐतिहासिक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्य टोलीसँग ट्वान्टी-२० शृंखला खेल्न लागेको हो ।

शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) को शारजहाँ क्रिकेट मैदानमा हुनेछ । नेपालले यो शृंखलालाई आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ ।

शृंखलाका खेल सेप्टेम्बर २७, २९ र ३० मा हुनेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिज नेपाल छैटौं टेस्ट मान्यताप्राप्त प्रतिद्वन्द्वी हो ।

यसअघि नेपालले अफगानिस्तान, बंगलादेश, भारत, आयरल्यान्ड, दक्षिण अफ्रिका र जिम्बावेको सामना गरेको थियो । वेस्ट इन्डिजले शृंखलाका लागि आफ्ना केही अनुभवी खेलाडीलाई विश्राम दिँदै ५ नयाँ अनुहार समेटेर टोली घोषणा गरेको छ ।

टोलीमा नियमित कप्तान साइ होपसँगै रोस्टन चेज, गुडाकेश मोती, रोमारियो सेफर्ड अल्जारी जोसेफ, ब्रेन्डन किङजस्ता खेलाडी छैनन् । अकिम अगस्टे, नवीन विदैसी, जिना मोतारा, रामोन सिमोन्ड्स र आमिर जाङ्गु नयाँ अनुहारका रूपमा छन् ।

वेस्ट इन्डिजसँगको शृंखलापछि टोली ट्वान्टी-२० विश्वकप छनोट खेल्न ओमान जानेछ । 

सन्तुलित टोली घोषणा गरेको वेस्ट इन्डिजले कप्तान अकिल होसेनसहित जेसन होल्डर, कायल मायर्स, ओबेड म्याककोय, केसी कार्टी, फाबियन एलनजस्ता अनुभवी खेलाडीलाई टोलीमा सामवेश गरेको छ ।

यता नेपालले रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिन बलियो टोली तयार पारेको छ । टोलीमा अलराउन्डर आदिल आलम अन्सारी र ब्याटर सन्दीप जोराले पुनरागमन गरेका छन् ।

युएई जाने नेपाली टोली, तस्विरः सरोज सापकोटा/खेलाडी । 

आदिल लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । उनले पछिल्लो पटक सन् २०२२ मा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । सन्दीप जोरालाई २०२४ को आइसिसी ट्वान्टी-२० विश्वकपपछि पहिलो पटक टोलीमा समावेश गरिएको हो ।

यसैगरी मातृशोकका कारण अस्ट्रेलियामा भएको टप एन्ड ट्वान्टी-२० शृंखला तथा अभ्यास खेल गुमाएका बलर ललितनारायण राजवंशी पनि टोलीमा फर्किएका छन् ।

वेस्ट इन्डिजसँगको शृंखलापछि टोली ट्वान्टी-२० विश्वकप छनोट खेल्न ओमान जानेछ । विश्वकप छनोटपछि नेपालले आयोजक ओमान र क्यानडाविरुद्ध एकदिवसीय विश्वकप लिग-२ को त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ ।

कप्तान रोहितले ऐतिहासिक शृंखलाका लागि आफूहरू उत्साहित रहेको बताएका छन् । ‘टोली सन्तुतिल छ । तयारी पनि राम्रो भइरहेको छ । यो शृंखला सबैको खेलाडीका लागि एक्सपोजर हो । हामी सबै वेस्ट इन्डिजजस्ता बलियो टोलीको सामना गर्न उत्साही छौं । शृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास रहनेछ,’ कप्तान पौडेलले भने ।

टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले टोलीका लागि यो शृंखला महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपाली खेलाडीका लागि यो शृंखला ठूलो अवसर नै हो । यसमा खेल्ने हरेक खेलले धेरै महत्व राख्छ । वेस्ट इन्डिज बलियो टोली हो । त्यसैले त्यहीअनुसार तयारी गरेका छौं । शृंखलामा राम्रो नतिजा निस्कनेमा विश्वस्त छु,’ सहायक प्रशिक्षक मल्लले भने ।

वेस्ट इन्डिजका कप्तान अकिल होसेन।

वेस्ट इन्डिज टोलीअकिल होसेन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगस्टे, नवीन बिदैसी, जेडियाह ब्लेड्स, केसी कार्टी, करिम गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिसन मोटारा, रामोन सिमोन्ड्स र समार स्प्रिङ्गर ।

नेपाली राष्ट्रिय टोलीरोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल मल्ल, आसिफ शेख (विकेटकिपर), आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा, शाहब आलम ।