चैत्र ११, २०८२ बुधबार | ०४:४१:०६
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन

‘वान डे’ बाट स्मिथले किन लिए संन्यास ?

काठमाडौं ।  विश्व क्रिकेटका एक असाध्यै राम्रा खेलाडीले अबदेखि वान डे त्रिकेट खेल्ने छैनन् । त्यसो त उनी प्रायः विवादमा परिरहने खालका खेलाडी हुन् । यति हुँदाहुँदै सबै के मान्छन् भने आधुनिक क्रिकेटमा उनी जत्तिको खेलाडी प्रायः कमै हुन्छ । उनी हुन्, स्टिभ स्मिथ । अस्ट्रेलियाका उनले वान डे क्रिकेटबाट संन्यास लिएका छन् । यो धेरै हदसम्म अप्रत्यासित रह्यो ।

आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतको हातबाट अस्ट्रेलिया पराजित भएसँगै उनी एकाएक मिडियासामु प्रस्तुत भए र घोषणा गरे, ‘अबदेखि मैले वान डे क्रिकेट खेल्ने छैन ।’

उनले टेस्ट र ट्वान्टी२० क्रिकेट त खेलिरहने छन् । तर उनले वान डे क्रिकेटमा जुन प्रकारको खेल पस्कने गर्थे, अब त्यो भने आम क्रिकेटप्रेमीले हेर्न पाउने छैनन्ं ।

उनी आफ्नो टिमलाई विश्वकपको तयारी गर्न खुला अवसर छाड्न चाहन्छन् । अझ भनौं  स्थिति सजिलो बनाउन चाहन्छन् ।

भारतविरुद्धको उक्त खेलमा स्मिथ नै कप्तान थिए । विवादमा नपर्दो हो त उनी लामै समयदेखि अस्ट्रेलियाली टिमको कप्तान भइरहन्थे । अहिले उनी ३५ वर्ष भए । अबको वान डे विश्वकपसम्म उनी ३८ वर्षको हाराहारीमा पुगिसक्ने छन् । त्यो अर्थमा उनको संन्यास एक प्रकारले स्वाभाविक पनि देखिन्छ । तर, यति नै बेला उनले यस्तो घोषणा गरे भनेर मात्र अप्रत्यासित हो ।

आइसिसी एकदिवसीय विश्वकपको ट्रफीका साथ स्टिभ स्मिथ, तस्विरः आइसिसी । 

मिडियासामु उनले भनेका छन्, ‘वान डे क्रिकेटमा मैले निकै गर्विलो र रोमाञ्चक क्षण आत्मसात गरेको छु । अब अस्ट्रेलियाले सन् २०२७ को विश्वकपका लागि आफ्नो तयारी सुरु गरिहाल्नुपर्छ ।’

यो भनाइको के अर्थ भने उनी आफ्नो टिमलाई विश्वकपको तयारी गर्न खुला अवसर छाड्न चाहन्छन् । अझ भनौं  स्थिति सजिलो बनाउन चाहन्छन् ।

अब एकपल्ट उनको खेलजीवनको वान डे तथ्यांकतर्फ जाऔं । उनले सन् २०१० मा वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेयता १ ७० वान डे खेलेका छन् । त्यसमा उनले ५ हजार ८०० रन बनाए । उनको औसत ४३.२८ रहेको छ । यसमा १२ शतक र ३५ अर्धशतक समावेश छन् । अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा वान डे विश्वकप जित्दा उनी त्यसका प्रमुख सदस्य थिए ।

उनी जितका लागि जिद्दी गर्ने खालका थिए । अति आत्मविश्वासी देखिन्थे र विपक्षीमाथि अलिकति पचाउन गाह्रो व्यवहार पनि गर्थे । 

यति तथ्यांक र उपलब्धिले प्रस्ट पार्छ, स्मिथ साँच्चै कति उम्दा खेलाडी हुन् । उनी आफैं पनि मान्छन्, दुई विश्वकप जित्ने आफ्नो खेलजीवनको सबैभन्दा स्वर्णिम अवसर थियो । भन्छन्, ‘दुई विश्वकप जित्नुको मज्जा म कहिले पनि बिर्सन सक्दिनँ । मैले यसक्रममा धेरै खेलाडीको साथ र समर्थन पाएँ । म खुसी छुं ।’

च्याम्प्यिन्स ट्रफको सेमिफाइनलपछि विराट कोहलीसँग कुराकानी गर्दै स्टिभ स्मिथ, तस्विरः आइसिसी । 

उनी पक्कापक्की अस्ट्रेलियाली पाराका खेलाडी थिए । विश्व क्रिकेटलाई पछ्याउनेका लागि यसको अर्थ प्रस्ट थाहा हुन्छ । उनी जितका लागि जिद्दी गर्ने खालका थिए । अति आत्मविश्वासी देखिन्थे र विपक्षीमाथि अलिकति पचाउन गाह्रो व्यवहार पनि गर्थे । त्यसैले केही अवसरमा विवादतिर तानिइरहे । तर उनले जति समय वान डे क्रिकेट खेले, असाध्यै माथिल्लो स्तरमा खेले ।