वैशाख ५, २०८२ शुक्रबार | ०३:५९:५४
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा
शनिबारको दिन नेपाली क्रिकेट

आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपः यसरी छनोट भए प्रतिस्पर्धी

काठमाडौं । वर्ष २०२५ को सुरुआती महिना जनवरीमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकप हुँदै छ । मलेसियामा हुने विश्वकपमा १६ टोलीले उपाधि दाबेदारिता प्रस्तुत गर्दैछन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । जनवरी १८ मा सुरु हुने प्रतियोगिता फेब्रुअरी २ मा सकिन्छ ।

विश्वकपमा १० टोलीले पहिलो संस्करणमा गरेको प्रदर्शनका आधारमा सोझै स्थान बनाएका थिए । अन्य टोलीका लागि विश्वकपको यो यात्रा लामै रह्यो । यी टोलीले मलेसियामा आफ्नो स्थान सुरक्षित गर्न अफ्रिका, एसिया, पूर्वी-एसिया प्यासिफिक र युरोपको क्षेत्रीय क्वालिफायर्समा प्रतिस्पर्धा गर्न महिनौं बिताए ।

मलेसियाले आयोजकको हैसियतले विश्वकपमा स्थान बनाउँदा अन्य राष्ट्रको यात्रा कस्तो रह्यो ?

नेपालले पहिलो पटक आइसिसी यु-१९ विश्वकप खेल्दैछ । 

सोझै छनोट हुने टोली

सहभागी टोलीमध्ये ११ राष्ट्रले विश्वकपमा सोझै आफ्नो स्थान सुरक्षित गरेका थिए । सुरुमा मलेसिया । मलेसियाले आयोजकको हैसियतले पहिलो पटक महिला यु-१९ ट्वान्टी-२० विश्वकप खेल्दै छ । दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा मलेसिया घरेलु भूमिमै भएको एसियाली छनोटमा पराजित भएको थियो । मलेसियासँगै आइसिसीको पूर्ण सदस्य प्राप्त गरेका १० राष्ट्र सोझै छनोट भएका हुन् । दक्षिण अफ्रिकामा गरेको प्रदर्शनका आधारमा पनि यी टोलीले स्वतः दोस्रो संस्करणको विश्वकप खेल्न पाएका हुन् ।

भारत साबिक विजेता हो । भारतले यसपालि पनि उपाधि लक्ष्य राखेको छ । उपविजेता इङ्ल्यान्ड पनि यसपल्ट एक कदम अगाडि जान चाहन्छ । अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पराजित टोली हुन् । यीसँगै सोझै विश्वकपमा छनोट हुने राष्ट्रहरु हुन् बंगलादेश, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज । सबै राष्ट्रले गत संस्करणमा सुपर सिक्समा स्थान बनाएका थिए ।

अफ्रिकी छनोटअफ्रिकी महादेशको छनोटमा नाइजेरियाले सफलता हासिल गर्यो । कुनै पनि उमेर समूहमा नाइजेरियाका लागि यो पहिलो आइसिसी विश्वकप अनुभव हुनेछ । शीर्ष डिभिजनको समूह ‘बी’ मा रहेको नाइजेरियाले जिम्बावे, तान्जनिया र मलावीलाई पराजित गर्दै शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा रुवान्डालाई ६२ रनले हराएर नाइजेरियाले विश्वकपमा एक पाइला अघि सारेको हो । फाइनलमा टोलीको भेट बलियो जिम्बावेसँग थियो । वर्षाका कारण खेल स्थगित भएपछि नाइजेरियाले मलेसियाको टिकट काटेको हो । समूह चरणमा जिम्बावेभन्दा अगाडि रहेकाले नाइजेरियाले यो अवसर प्राप्त गरेको थियो ।

एसियाली छनोट

विश्वकप एसिया छनोटमा कुवेटविरुद्ध शतक प्रहार गरेपछि नेपालकी कप्तान पूजा महतो ।। 

संयुक्त अरब इमिरेट्सलाई नेट रनरेटका आधारमा पछि पार्दै नेपालले पहिलो पटक यु-१९ महिला विश्वकपमा स्थान बनाएको हो । चार देश सहभागी छनोट प्रतियोगिता डबल राउन्ड रोबिन पद्धतिमा खेलाइएको थियो । नेपालले ६ मध्ये ५ खेलमा विजय हासिल गरेको थियो । नेपालले थाइल्यान्ड र कुवेतलाई समान दुई पटक हराउँदा दोस्रो लेगमा युएईलाई निराश पारेको थियो । पहिलो लेगमा नेपाललाई हराएको युएईले पनि ५ खेलमा जित हासिल गरेको थियो ।

दोस्रो लेगमा युएईले नेपालसामु ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । करिश्मा गुरुङले ४ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएपछि युएईले ९ विकेट क्षतिमा मात्र ८३ रन बनाएको थियो । नेपालले उक्त लक्ष्य १४.४ ओभरमै पूरा गर्यो ।

पूर्वी एसिया प्यासिफिक छनोटविश्वकप पुग्न पूर्वी एसिया प्यासिफिकबाट चार टोलीले प्रतिस्पर्धा गरेका थिए । घरेलु टोली इन्डोनेसियासँगै सामोआ, पपुवा न्युगिनी र फिजीले मे महिनामा डबल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । अन्त्यमा जित सामोआको भयो । सामोआले ६ मध्ये ५ खेलमा जित हासिल गरेको थियो । सामोआको एक मात्र हार पपुवा न्युगिनीविरुद्ध रह्यो । पपुवा न्युगिनी अन्त्यमा तेस्रो स्थानमा रह्यो । ८ अंकसहित दोस्रो स्थानमा रह्यो इन्डोनेसिया । इन्डोनेसियाले सामोआलाई कम्तीमा पनि एउटा लेगमा हराएको भए विश्वकपको यात्रा गथ्र्यो । पहिलो लेगमा ओलिभ लेफागाले ४ ओभरमा १३ रन खर्चिंदै तीन विकेट लिँदा सामोआले सहज जित हासिल गरेको थियो । दोस्रो लेगमा सिलेपिया पोलाटाइभाले ४ ओभरमा १५ रन खर्चिंदै ६ विकेट लिँदा सामोआले इन्डोनेसियामाथि अर्को जित हासिल गरेको थियो ।

युरोपेली छनोटयुरोपेली छनोटमा स्कटल्यान्डले तीन खेलको शृंखलामा नेदरल्यान्ड्सलाई निराश बनायो । घरेलु मैदान म्यानोफिल्ड पार्कमा भएको तीनवटै खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हरायो । मोली पार्करको उत्कृष्ट प्रदर्शनमा स्कटल्यान्डले पहिलो खेलमा १० विकेटको विजय हासिल गरेको थियो । पार्करले ४ ओभरमा ८ रन खर्चिंदा तीन विकेट लिएकी थिइन् ।दोस्रो खेलमा ६ विकेटको जित पाएको स्कटल्यान्डले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६४ रनले हरायो । अन्तिम खेलमा इमा वाल्सिङ्घमले ४९ बलमा अविजित ७३ रनको योगदान दिइन् ।

अमेरिकी छनोट

यु-१९ विश्वकप खेल्ने अमेरिकी टोली ।

अमेरिकी महादेश छनोटबाट आइसिसीको आवश्यक मापदण्ड पूरा गर्ने एउटै मात्र राष्ट्र भएकाले अमेरिकाले सोझै विश्वकपमा स्थान बनायो । अमेरिकाको यो लगातार दोस्रो विश्वकप अनुभव हुनेछ । अघिल्लो संस्करणमा अमेरिका एक खेल पनि नजित्दै समूह चरणबाटै बाहिरिएको थियो । चौथो स्थानको प्लेअफमा स्कटल्यान्डसँग पराजित हुँदै अमेरिकाले विश्वकप यात्रा टुंग्याएको थियो ।