जेष्ठ १९, २०८२ आइतबार | १५:४८:४६
क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक
शनिबारको दिन ट्वान्टी-२० विश्वकप क्रिकेट

महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती

काठमाडौं । अक्टोबर ३ (बिहीबार) का दिन संयुक्त अरब इमिरेट्स (युएई) मा महिला ट्वान्टी-२० विश्वकप क्रिकेटको नवौ संस्करण सुरु भएको छ । १० टोली सहभागी प्रतियोगिता युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र शारजहा क्रिकेट मैदानमा अक्टोबर २० सम्म चल्नेछ ।

खासमा यो प्रतियोगिता बंगलादेशमा हुनुपर्ने थियो । जुलाई २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रतियोगिता आयोजनाको जिम्मेवारी बंगलादेशलाई दिएको थियो । तर, बंगलादेशमा भइरहेको द्वन्द्व र अशान्तिका कारण आइसिसीले अगस्टमा मात्र प्रतियोगिता युएईमा सारेको थियो ।

साबिक विजेता अस्ट्रेलियालाई यस पटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । यो फम्र्याटमा अस्ट्रेलियाको दबदबा नै छ । सन २००९ को पहिलो संस्करणयता अस्ट्रेलियाले ६ पटक विश्वकप उपाधि जितेको छ । गत संस्करण टोलीले दक्षिण अफ्रिकामा यो कीर्तिमानी उपलब्धि हासिल गरेको थियो । फाइलमा अस्ट्रेलियाले घरेलु टोलीलाई हराएको थियो । तर, छोटो फर्म्याटको क्रिकेटमा कुन टोली कोमाथि हाबी भइदिन्छ, भन्न सकिन्न ।

अस्ट्रेलिया कठिन समूहमा छ । अस्ट्रेलियाको समूहमा भारत र न्युजिल्यान्ड जस्ता बलिया टोली पनि छन् ।

कप्तान एलिसा हेलीको नेतृत्वमा रहेको अस्ट्रेलियामा प्रतिभाको कमी छैन । एस गार्डनर, बेथ मुनी अरू नाम कहलिएका खेलाडीका नाम हुन् । मुनी ट्वान्टी-२० वरीयताको शीर्षस्थानमा छन् । गार्डनर अलराउन्डर वरीयताको दोस्रो स्थानमा छन् । त्यसैले पनि अस्ट्रेलियाले कीर्तिमानी सातौं पटक उपाधि जित्ने आँकलन गरिएको छ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०२३ च्याम्प्यिन अस्ट्रेलिया ट्रफीका साथ ।

यद्यपि अस्ट्रेलिया कठिन समूहमा छ । अस्ट्रेलियाको समूहमा भारत र न्युजिल्यान्ड जस्ता बलिया टोली पनि छन् । त्यसपछि अस्ट्रेलियाको चुनौती हो इङ्ल्यान्ड । जसले पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणपछि इङ्ल्यान्ड तीन पटक उपविजेतामा समेटिएको छ । बलिङ वरीयताको शीर्ष खेलाडी सोफी एक्लेस्टोन टोलीकी कप्तान हुन् । इङ्ल्यान्डको शक्ति भनेको बलिङ नै हो । इङ्ल्यान्डको बलिङ आक्रमणले अस्ट्रेलियालाई गाह्रो पार्न सक्छ ।

गत संस्करणको उपविजेता दक्षिण अफ्रिकासँग पनि यसपालि उपाधि जित्ने भोक छ । टोली पनि विगतभन्दा बलियो छ ।

वेस्ट इन्डिजकी हेली म्याथ्युज प्रतियोगिताकै हेर्नलायक खेलाडी हुन् । म्याथ्युज अलराउन्डर वरीयताको शीर्षस्थानमा छन् । उनी ब्याटिङ वरीयतामा पनि शीर्ष तीनभित्र पर्न सफल खेलाडी हुन् । २०१६ को च्याम्पियन वेस्ट इन्डिजले पछिल्ला आठ संस्करणमा पाँच पटक सेमिफाइनलमा स्थान बनाएको छ । विस्फोटक ब्याटर डियन्द्रा डोटिनको पुनरागमनले टोली थप मजबुत भएको छ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०१६ च्याम्प्यिन वेस्ट इन्डिजका खेलाडी ट्रफीका साथ ।

भारतको सम्भावना कति ?

ट्वान्टी-२० वरीयताको शीर्ष तीनमा रहेको भारत यसपालि उपाधि खडेरी तोड्न आतुर हुनेछ । भारतले अहिलेसम्म उपाधि जित्न सकेको थिएन । २०२० मा भारत फाइनल त पुगेको थियो । तर, अस्ट्रेलियासँग ८५ रनको फराकिलो हार बेहोरेको थियो । पुरुष टोलीले गत जुनमा मात्र आफ्नो लामो उपाधि खडेरी तोड्दै दोस्रो पटक ट्वान्टी-२० विश्वकपको उपाधि जितेको थियो । भारतीय जनताले महिला टोलीमाथि पनि यही अपेक्षा राखेको छ ।

आयरल्यान्ड एउटा मात्र त्यस्तो टोली हो, जो आइसिसी वरीयताको शीर्ष १० भित्र रहे पनि प्रतियोगितामा छैन ।

भारतले यो वर्ष मात्र सात अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । जसमा टोलीले चारमा जित हासिल गरेको छ । तैपनि भारतको मनोबल उच्च छ । कप्तान हरमनप्रित कौर र उपकप्तान स्मृति मन्धनाले भारतको ब्याटिङ सम्हाल्ने छन् । वास्तवमा भारतका ६ ब्याटर युएईमा महत्वपूर्ण साबित हुनेछन् । शारजहाँको पिचमा स्पिनरले पनि भारतको जितमा भूमिका खेल्नेछन् । यसपालि भारतको कमजोरी भनेको अपर्याप्त तयारी मात्र हो ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । गत संस्करणको शीर्ष ६ टोली (अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज) र आयोजक बंगलादेश स्वतः प्रतियोगिताका लागि छनोट भएका थिए । यसबाहेक पाकिस्तानले पनि आइसिसी वरीयताका आधारमा सोझै प्रतियोगितामा आफ्नो ठाउँ सुरक्षित गरेको थियो ।

भारतीय महिला क्रिकेट टोली ।

अन्य दुई टोलीको छिनोफानो भने छनोट प्रतियोगिताबाट भएको थियो । युएईमै गत अप्रिल र मेमा सम्पन्न छनोट प्रतियोगितामा श्रीलंकाले विजेता र स्कटल्यान्डले उपविजेताको हैसियतले विश्वकपको टिकट काटेको थियो । त्यतिबेला पनि १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइल पुगेका थिए । विश्वकपमा पनि यही नियम लागू हुनेछ ।

स्कटल्यान्डले छनोट प्रतियोगिताको सेमिफाइनलमा आयरल्यान्डलाई हराएको थियो । आयरल्यान्ड एउटा मात्र त्यस्तो टोली हो, जो आइसिसी वरीयताको शीर्ष १० भित्र रहे पनि प्रतियोगितामा छैन ।

प्रतियोगिताको पहिलो तीन संस्करणमा मात्र आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसयता १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्को संस्करण थप दुई टोली बढ्ने छ ।  सन् २०३० मा त झन् १६ टोलीको सहभागिता रहनेछ ।

आइसिसी ट्वान्टी–२० महिला विश्वकप २०२४ का लागि छनोट भएपछि श्रीलंकाको टोली खुसियाली मनाउँदै ।

यसपालि समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् भने समूह ‘बी’मा बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् ।