काठमाडौं । वर्तमान समयका जल्दाबल्दा भारतीय क्रिकेटर विराट कोहली आफ्नै देशका महान खेलाडी सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्छन् । सायद विराट आफैंले पनि सोचेका थिइनन् उनको पाइला पछ्याउँदै गर्दा एक दिन सचिनकै कीर्तिमान भंग गरी विश्व क्रिकेटमा राज गर्छु ।
एकदिवसीय क्रिकेटमा ५०औं शतक बनाएर सचिनको नामको ४९ शतकको कीर्तिमान तोडेका विराटले आफ्नो करियरमा धेरै उतारचढाव पनि भोगेका छन् । तर, आफ्नो दृढ संकल्पका कारण विराटले विश्व क्रिकेटमा आफ्नो अलग पहिचान स्थापित गरेका छन् ।
विराटको एउटै प्यासन भनेको क्रिकेट हो । चाहे त्यो जस्तोसुकै परिस्थितिमा होस् । त्यसैले त हो उनले ‘किङ कोहली’को उपमा पाएको । उनी न समर्थकहरूको प्रशंसाबाट मात्तिन्छन् न त आलोचनाबाट आत्तिन्छन् । उनले हरेक परिस्थितिमा आफूलाई सम्हाल्दै आएका छन् ।
‘यो संन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासत अगाडि बढाउने समय आएको छ,’ संन्यास घोषणापछि विराटले भनेका थिए, ‘यो मेरो अन्तिम ट्वान्टी-२० खेल थियो । हामी उपाधि चुम्न चाहन्थ्यौं । त्यसमा सफल भयौं ।’
भर्खरै आइसिसी ट्वान्टी-२० विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न नसकेको भन्दै विराटको खुबै आलोचना भयो । तर, विराटले फाइनलमा जोडदार प्रदर्शन गरे । ७६ रनको सहयोगमा भारत च्याम्पियन बन्यो । एक सफल खेलाडीको विशेषता भनेकै यही नै त हो ।
यहाँ विराटको चर्चा किन गरिएको भने उनले भर्खरै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेका छन् । त्यो पनि पूरा देश विश्व च्याम्पियन बनेको खुसीमा झुमिरहेका बेला ।
भारतले अघिल्लो शनिबार बलियो दाबेदार दक्षिण अफ्रिकाविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै १७ वर्षपछि ट्वान्टी-२० विश्वकपको उपाधि उचालेको थियो । फाइनल लगत्तै विराटले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट विदा लिने निर्णय गरेका थिए ।
विराटका पदचाप पछ्याउँदै कप्तान रोहित शर्मा र अलराउन्डर रवीन्द्र जडेजाले पनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने निर्णय गरिसकेका छन् ।
‘यो संन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासत अगाडि बढाउने समय आएको छ,’ संन्यास घोषणापछि विराटले भनेका थिए, ‘यो मेरो अन्तिम ट्वान्टी–२० खेल थियो । हामी उपाधि चुम्न चाहन्थ्यौं । त्यसमा सफल भयौं ।’
सन् २०१० मा जिम्बावेविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय करिअर सुरु गरेका विराटले १२५ खेलमा १ शतक र ३८ अर्धशतकसहित ४ हजार १८८ रन बनाएका छन् । यसबाट पनि उनी कति उम्दा खेलाडी हुन भन्ने जान्न सकिन्छ ।
बुवाको निधन भएको भोलिपल्टै उनी कर्णाटकविरुद्धको खेलमा मैदान उत्रिएका थिए । उनी मैदानमात्रै उत्रिएनन्, ९० रनको उत्कृष्ट इनिङ्स पनि खेलेका थिए । विराटको वास्तविक करिअर यहींबाट सुरु भएको मानिन्छ । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । रोहित शर्मा ४ हजार २३१ रनका साथ उनीभन्दा अगाडि छन् ।
विराटले ९ वर्षको उमेरमै क्रिकेट खेल्न सुरु गरेका थिए । उनी प्रशिक्षक राजकुमार शर्माबाट क्रिकेटमा प्रशिक्षित भएका हुन् । सन् २००२ मा दिल्लीको यु-१५ टोलीबाट खेल्न सुरु गरेका विराटले २००३ मा सोही टिमको कप्तानी जिम्मेवारी पनि प्राप्त गरेका थिए ।
सोही प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेपछि विराट विजय मर्चेन्ट ट्रफीका लागि छनोट भए । त्यस प्रतियोगितामा विराटले ७ खेलमा दुई शतकसहित ७५७ रन जोडेर टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विराटले सन् २००६ मा लिस्ट ‘ए’ र प्रथम श्रेणीको करिअर सुरु गरेका थिए ।
शृंखलाहरूमा राम्रो प्रदर्शन गरे पनि विराटको कप्तानीमा भारतीय टोलीले कुनै ठूला प्रतियोगिताको उपाधि जित्न सकेन । उनले खेलाडीका रूपमा भने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । तर, कप्तान बनेर टोलीलाई उपाधि दिलाउन नसक्नु सायद विराटको करिअरमा कालो धब्बा बनेर बस्नेछ ।
फेरिएको करिअर सन् २००६ मा विराटका पिता प्रेम कोहलीको हृदयघातका कारण निधन भएको थियो । बुवाको निधन भएको भोलिपल्टै उनी कर्णाटकविरुद्धको खेलमा मैदान उत्रिएका थिए । उनी मैदानमात्रै उत्रिएनन्, ९० रनको उत्कृष्ट इनिङ्स पनि खेलेका थिए । विराटको वास्तविक करिअर यहींबाट सुरु भएको मानिन्छ । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
यु-१९ विश्वकप च्याम्पियन सन् २००८ मा विराट आफ्नो कप्तानीमा भारतीय टोलीलाई यु-१९ विश्व च्याम्पियन बनाएर निकै चर्चामा आएका थिए । यु-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेङ्लोरले विराटलाई भित्र्याएको थियो । त्यसयता विराटले बेङ्लोरबाटै आइपिएल खेलिरहेका छन् ।
अन्तर्राष्ट्रिय करिअरकाे सुरुआत
विराटले सन् २००८ मा एकदिवसीय क्रिकेटमार्फत अन्तर्राष्ट्रिय करिअरको सुरुआत गरेका थिए । वेस्ट इन्डिजविरुद्धको डेब्यू खेलमा विराटले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले ४ रनमात्र बनाउन सके । तर, यसपछि विराटले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण उनले सन् २०११को एकदिवसीय विश्वकप टोलीमा स्थान सुरक्षित गरे ।
श्रीलंकाविरुद्धको फाइनलमा टोलीका भरपर्दा सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग चाँडै आउट भए । त्यसपछि विराटले ३५ रनको महत्वपूर्ण इनिङ्स खेलेर प्रभाव जमाएका थिए ।
उपाधिविहीन कप्तान
उमेर समूहमा कप्तानका रूपमा धेरै उपलब्धि हासिल गरे पनि विराटले सिनियर टोलीमा भने त्यसलाई दोहोर्याउन सकेनन् । उनले तीन स्वरुपको क्रिकेटमा गरी २ सय १३ खेलमा कप्तानी गरेका छन् । त्यसमा १३५ जित, ६० हार र १४ बराबरी नतिजा निस्कँदा ४ खेल विनानतिजा टुंगिएको छ ।
शृंखलाहरूमा राम्रो प्रदर्शन गरे पनि विराटको कप्तानीमा भारतीय टोलीले कुनै ठूला प्रतियोगिताको उपाधि जित्न सकेन । उनले खेलाडीका रूपमा भने सबै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । तर, कप्तान बनेर टोलीलाई उपाधि दिलाउन नसक्नु सायद विराटको करिअरमा कालो धब्बा बनेर बस्नेछ ।