जेष्ठ १, २०८२ बुधबार | २०:४०:०९
गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमार रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमार रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित
शनिबारको दिन रविचन्द्रन अश्विन

‘एक्सिडेन्टल बलर’को ५ सय विकेट

काठमाडौं । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले बारम्बार भन्ने गरेका छन्, खासमा आफ्नो उद्देश्य बलर बन्नु नै होइन । उनी ब्याटर नै हुन् ।

जतिबेला ब्याटरका रूपमा उनले आफ्नो कुनै भविष्य देखेनन्, बाध्य भएर बलर भए । त्यो पनि दायाँहाते अफ–स्पिनर । तर, यसकै कारण उनले विश्व क्रिकेटमा नयाँ इतिहास रचेका छन् । 

अब उनको नाम त्यस्तो बलरको रूपमा लिइन्छ, जसले टेस्ट क्रिकेटमा ऐतिहासिक प्रदर्शन गरेका छन् । त्यो भनेको ५ सय विकेटको प्रदर्शनमा पुग्नु हो ।

त्यसै पनि टेस्ट क्रिकेटमा ५ सय विकेट लिनु भनेको आफैंमा ठूलो उपलब्धि रहने गरेको छ । त्यसो थिएन भने त जसले पनि यत्तिको विकेट लिन सक्थे ।

विश्वास नहुन सक्छ, उनले आफ्नो खेल जीवन सुरु गर्दा ओपनर थिए । यो त अब इतिहास भइसकेको छ । 

अहिलेसम्म अश्विनसँगै जम्माजम्मी ९ बलरले यस्तो उपलब्धि हात पारेका छन् । उनी अगाडि ५ सय विकेट लिने बलरको सूची यस्तो छ श्रीलंकाका मुथैया मुरलिथरन, अस्ट्रेलियाका शेन वार्न, इङ्ल्यान्डका जेम्स एन्डरसन, भारतका अनिल कुम्बले, इङ्ल्यान्डका स्टुवार्ट ब्रोड, अस्ट्रेलियाका ग्लेन म्याक ग्रा, वेस्ट इन्डिजका कर्टनी वाल्स र अस्ट्रेलियाका नाथन लियोन । यसमै थपिएका हुन् भारतीय बलर अश्विन ।

अश्विन भन्ने गर्छन्, ‘म त एक्सिडेन्टल अफ स्पिनर पो हुँ ।’ कुरा जस्तै भए पनि टेस्ट क्रिकेटका ५ सय विकेट लिने उनी दोस्रो भारतीय बलरमा दर्ज भएका छन् । उनी अगाडि अनिल कुम्बले मात्रै छन् । संयोग कस्तो भने दुवै स्पिनर रहे ।

कुम्बले भने लेग स्पिनर हुन्, उनले ६ सय १९ विकेट लिएका छन् । राजकोटमा भएको इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टका क्रममा अश्विनले ५ सय विकेट लिएका थिए । सबैभन्दा पहिले अश्विनले तिनै कुम्बलेबाट बधाई पाए ।

कुम्बलेले भनेका छन्, ‘अब पालो हो, अश्विनले मेरो प्रदर्शनलाई पनि उछिन्ने ।’ के अश्विनले यस्तो गर्न सक्नेछन् त ? अहिले नै उनी ३७ वर्षका भए ।

सन् २०११ मा अश्विनले भारतका लागि टेस्टमा डेब्यु गरेका हुन् । त्यसयता उनी भारतीय क्रिकेट टिमका प्रमुख स्ट्राइक बलर रहे । 

भारतीय टिममा रहिरहन अश्विनलाई आफ्नो फिटनेसमा पनि ध्यान दिनुपर्नेछ । बलिङ त राम्रो हुनुप¥यो नै । त्यसमाथि नयाँ र युवा बलरले उनलाई चुनौती दिइरहेका छन् । जस्तै भए पनि अहिले तत्कालका लागि सबैको ध्यान त्यही ५ सय विकेटमा केन्द्रित छ । उनी आफैं पनि त्यसमै रमिरहेका छन् ।

उनको ५ सय विकेट रह्यो, इङ्लिस ब्याटर ज्याक क्रली । राजकोट टेस्ट उनको ९८ औं रह््यो र यसक्रममा उनले लिएको विकेट संख्या ५ सय १ पुगेको छ । यो टेस्ट उनका लागि धेरै नाटकीय भयो ।

५ सय विकेट लिएलगत्तै उनी टिम छाडेर आफ्नो फर्के तामिलनाडुमा । उनकी आमा बिरामी भएकी थिइन् । त्यसैले उनले खेलको बीचमै टिम छाडे । स्थितिमा सुधार भएपछि उनी फेरि राजकोट फर्के र खेल जारी राखे ।

सन् २०११ मा अश्विनले भारतका लागि टेस्टमा डेब्यु गरेका हुन् । त्यसयता उनी भारतीय क्रिकेट टिमका प्रमुख स्ट्राइक बलर रहे । उनको सबैभन्दा ठूलो उपलब्धि हो श्रीलंकाका मुरलिथरनपछि उनी नै सबैभन्दा कम टेस्ट खेलेर ५ सय विकेट लिने बलर बने । यसक्रममा उनले ३४ पल्ट ५ विकेट लिएका छन् भने आठपल्ट १० विकेटभन्दा बढीको प्रदर्शन गरेका छन् । फेरि एकपल्ट उनको ब्याटिङमै फर्कने हो भने उनी तल्लो क्रममा भारत लागि खेल्छन् ।

नीसँग जोडिएर आउने इतिहासको सबैभन्दा ठूलो पक्ष के भने अश्विन अब ५ सय टेस्ट विकेट लिने बलर बन्नु नै हो ।तर, उनको रन बटुल्ने इच्छा पनि मरेको छैन । उनले ९८ टेस्टमा ३ हजार ३ सय ८ रन पनि बनाएका छन् । त्यसमा ५ शतक र १४ अर्धशतक सामेल छ । यसले पनि देखाउँछ, चाहिएको बेला अझै उनको ब्याट पनि बोल्छ ।

विश्वास नहुन सक्छ, उनले आफ्नो खेल जीवन सुरु गर्दा ओपनर थिए । यो त अब इतिहास भइसकेको छ । उनीसँग जोडिएर आउने इतिहासको सबैभन्दा ठूलो पक्ष के भने अश्विन अब ५ सय टेस्ट विकेट लिने बलर बन्नु नै हो ।