आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाटः विवादास्पद विश्वकपमा इङ्ल्यान्डलाई उपाधि

काठमाडौं । सन् २०१९ आइसिसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आयोजना गर्ने जिम्मेवारी संयुक्त रूपमा इङ्ल्यान्ड र वेल्सले पाएका थिए ।

इङ्ल्यान्डमा भएको यो पाँचौं  विश्वकप थियो । इङ्ल्यान्डले यसअघि विश्वकपका सुरुआती तीन संस्करण एक्लै गरेको थियो भने सन् १९९९ मा स्कटल्यान्ड, आयरल्यान्ड वेल्स र नेदरल्यान्ड्ससँग मिलेर विश्वकप आयोजना गरेको थियो ।

प्रतियोगितामा १० वटै टेस्ट राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । विश्वकप इतिहासमा एसोसिएट राष्ट्र सहभागी नभएको यो पहिलो पटक थियो ।

मे ३० देखि जुलाई १४ सम्म सञ्चालन भएको प्रतियोगिताका खेलहरु इङ्ल्यान्डको १० र वेल्सको १ गरी ११ रंगशालामा खेलाइएको थियो ।

प्रतियोगितामा १० वटै टेस्ट राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । विश्वकप इतिहासमा एसोसिएट राष्ट्र सहभागी नभएको यो पहिलो पटक थियो ।

टेस्ट राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड, अस्ट्रेलिया, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, न्यजिल्यान्ड, अफगानस्तिान र बंगलादेश सहभागी थिए ।

जसमा अफगानिस्तान र वेस्ट इन्डिजले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाउँदा अन्यले एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा शीर्ष आठ भित्र रहँदै विश्वकप खेलेका थिए ।

लिग चरणबाट भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाए । अफगानिस्तान प्रतियोगितामा जित निकाल्न नसक्ने एक्लो टोली बन्यो ।

अघिल्लो संस्करण खेलेका जिम्बाब्वे, आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड यस पटक अनुपस्थित थिए । लिग चरणमा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

लिग चरणबाट भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाए । अफगानिस्तान प्रतियोगितामा जित निकाल्न नसक्ने एक्लो टोली बन्यो ।

सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई १८ रन तथा इङ्ल्यान्ड्ले साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले स्तब्ध बनाउँदै एकअर्काविरुद्धको उपाधि भिडन्त पक्का गरेका थिए ।

इङ्ल्यान्ड चौथो र न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा पुगेका थिए । यसअघि इङ्ल्यान्ड १९७९, १९८७ र १९९२ मा तथा न्युजिल्यान्ड सन् २०१५ मा उपविजेता बनेका थिए ।

निकै रोमाञ्चक तथा विवादित बनेको फाइनलमा बाउन्ड्रीको आधारमा जित निकाल्दै क्रिकेटको जन्मदाता इङ्ल्यान्ड पहिलो पटक विश्व विजेता बन्यो ।

निकै रोमाञ्चक तथा विवादित बनेको फाइनलमा बाउन्ड्रीको आधारमा जित निकाल्दै क्रिकेटको जन्मदाता इङ्ल्यान्ड पहिलो पटक विश्व विजेता बन्यो ।

लडर्स क्रिकेट रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन नै बनाएको थियो ।

स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पनि दुवै टोलीले समान १५ रन बनाएपछि खेलको निर्णय बाउन्ड्रीको आधारमा लिइएको थियो ।

न्युजिल्यान्डका लागि हेनरी निकोलसले ५५, टम लाथमले ४७ र कप्तान केन विलियमसनले ३० रन बनाए ।

बाउन्ड्रीको आधारमा इङ्ल्यान्डलाई विजेता घोषित गरिएपछि आइसिसीले निकै आलोचनाको सामना गर्नु परेको थियो । बढ्दो दबाबका कारण आइसिसीले यो नियमलाई खारेज गर्नु परेको थियो ।

इङ्ल्यान्डका लागि क्रिस ओक्स र लियाम प्लङ्केटले समान ३ तथा जोफ्रा आर्चर र मार्क उडले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४१ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८४, जोस बट्लरले ५९ र जोनी बेयरिस्टोले ३६ रन बनाए ।

प्रतियोगिताका ९ खेलमा ५  शतक र  १ अर्धशतकसहित ६ सय ६८ रन बनाएका भारतीय ब्यटर रोहित शर्मा सर्बाधिक रनकर्ता बने । यसैगरी अस्ट्रेलियाका मिचेल स्टार्कले १० खेलमा सर्वाधिक २७ विकेट लिए ।

न्युजिल्यान्डका लागि ल्युकी फर्गुसन र जेम्स निशमले समान ३ तथा म्याट हेनरी र कोलिन डी ग्रान्डहोमले समान १ विकेट लिए ।

बाउन्ड्रीको आधारमा इङ्ल्यान्डलाई विजेता घोषित गरिएपछि आइसिसीले निकै आलोचनाको सामना गर्नु परेको थियो । बढ्दो दबाबका कारण आइसिसीले यो नियमलाई खारेज गर्नु परेको थियो ।

प्रतियोगितामा न्युजिल्यान्डका कप्तान केन विलियमसन सर्वोकृष्ट खेलाडी घोषित भए । ९ खेलमा समान २ शतक र अर्धशतकसहित ५ सय ७८ रन बनाएका विलियम्सनले २ विकेट पनि लिएका थिए ।

प्रतियोगिताका ९ खेलमा ५  शतक र  १ अर्धशतकसहित ६ सय ६८ रन बनाएका भारतीय ब्यटर रोहित शर्मा सर्बाधिक रनकर्ता बने । यसैगरी अस्ट्रेलियाका मिचेल स्टार्कले १० खेलमा सर्वाधिक २७ विकेट लिए ।

कुल ४८ खेल भएको प्रतियोगिता हेर्न ७ लाख ५२ हजार दर्शक रंगशाला पुगेका थिए ।