आश्विन १, २०८१ मंगलबार | ०१:२५:४०
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन एकदिवसीय विश्वकप क्रिकेट

इतिहासको पानाबाट : एकदिवसीय विश्वकपमा अस्ट्रेलियाकाे उदय

काठमाडौं । इङ्ल्यान्डले सन् १९९९ को सातौं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

इङ्ल्यान्डले आयोजना गरेको यो चौथो विश्वकप क्रिकेट हो । यसअघि सुरुआतका तीन संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएका थिए ।

छैटौं संस्करणसम्म विश्वकप चार वर्षको अन्तरमा गरिएको थियो । तर, यसपटक भने प्रतियोगिता तीन वर्षको अन्तरमा आयोजना भएको थियो ।

इङ्ल्यान्ड मुख्य आयोजक भए पनि प्रतियोगिताका दुई खेल आयरल्यान्ड तथा समान एक खेल स्कटल्यान्ड, वेल्स र नेदरल्यान्ड्समा पनि खेलाइएको थियो ।

छैटौं संस्करणसम्म विश्वकप चार वर्षको अन्तरमा गरिएको थियो । तर, यसपटक भने प्रतियोगिता तीन वर्षको अन्तरमा आयोजना भएको थियो ।

मे १४ देखि जुन २० सम्म भएको प्रतियोगिता इङ्ल्यान्डका १७ र आयरल्यान्ड, स्कटल्यान्ड, वेल्स र नेदरल्यान्ड्सका समान एक गरी २१ मैदानमा खेलाइएको थियो ।

प्रतियोगितामा ९ टेस्ट र ३ एसोसिएट गरी १२ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा टेस्ट राष्ट्रको रूपमा इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बावे, भारत, अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्डले प्रतिस्पर्धा गरेका थिए । यसैगरी एसोसिएट राष्ट्रका रूपमा बंगलादेश, स्कटल्यान्ड र केन्या विश्वकपका प्रतिस्पर्धी थिए ।

यसपालि छैटौं संस्करणमा सहभागिता जनाएको नेदरल्यान्ड्स र युएई अनुपस्थित हुँदा बंगलादेश र स्टकल्यान्ड नयाँ टोलीका रूपमा थपिएका थिए । दुवै टोलीको यो डेब्यू विश्वकप थियो ।

जिम्बावेले पहिलो पटक समूह चरण पार गर्दा आयोजक इङ्ल्यान्ड र साबिक विजेता श्रीलंका भने समूह चरणबाटै बाहिरिएका थिए । प्रतियोगितामा केन्या र स्कटल्यान्ड जितविहीन बनेका थिए ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बावे, भारत र केन्या तथा समूह ‘बी’ अस्ट्रेलिया, पाकिस्तान, वेस्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र स्कटल्यान्ड थिए ।

दुवै समूहका शीर्ष तीन टोलीले  सुपर सिक्समा स्थान बनाएका थिए । समूह ‘ए’ बाट दक्षिण अफ्रिका, भारत र जिम्बावे तथा समूह ‘बी’ बाट पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्यान्ड सुपर सिक्समा स्थान बनाउन सफल भए ।

जिम्बावेले पहिलो पटक समूह चरण पार गर्दा आयोजक इङ्ल्यान्ड र साबिक विजेता श्रीलंका भने समूह चरणबाटै बाहिरिएका थिए । प्रतियोगितामा केन्या र स्कटल्यान्ड जितविहीन बनेका थिए ।

अस्ट्रेलियाले लगातार दोस्रो र समग्रमा चौथो तथा पाकिस्तानले दोस्रो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएका थिए ।

अर्को समूहबाट आएको टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर सिक्सबाट शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा भारत र जिम्बावे सुपर सिक्सबाट बाहिरिए ।

सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई रोक्दै फाइनलमा स्थानमा बनायो । सेमिफाइनलमा दुवैले समान २१३ रन बनाएपछि खेल टाइ भएको थियो । तर सुपर सिक्समा दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलियाले राम्रो रनरेटसहित शीर्ष स्थानमा रहेका कारण फाइनल पुग्न सफल भयो । अर्को सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ९ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेको थियो ।

लर्डस  मैदानमा भएको यस संस्करणको फाइनलमा पाकिस्तानमाथि ८ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया दोस्रो पटक विश्व च्याम्पियन बन्यो ।

अस्ट्रेलियाले लगातार दोस्रो र समग्रमा चौथो तथा पाकिस्तानले दोस्रो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएका थिए ।

सन् १९८७ को च्याम्पियन अस्ट्रेलिया सन् १९७५ र १९९६ मा उपविजेता बनेको थियो । यसैगरी सन् १९९२ को फाइनल खेलेको पाकिस्तान च्याम्पियन नै बनेको थियो ।

लर्डस  मैदानमा भएको यस संस्करणको फाइनलमा पाकिस्तानमाथि ८ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया दोस्रो पटक विश्व च्याम्पियन बन्यो ।

फाइनलमा पाकिस्तानले अस्ट्रेलियासामु १ सय ३३ रनको रनको सामन्य लक्ष्य प्रस्तुत गरेको थियो । शेन वार्नले ४ विकट लिएपछि टस जितेर ब्याटिङ गरेको पाकिस्तानी टोली ३९ ओभरमै अलआउट भएको हो । एडम गिलक्रिस्टले अर्धशतक (५४ रन) बनाएपछि अस्ट्रेलियाले सहजै लक्ष्य पूरा गरेको थियो ।

कुल ४२ खेल भएको प्रतियोगिताको फाइनल खेल हेर्न ३० हजार ४० दर्शक लन्डनस्थित लर्डस मैदान पुगेका थिए । 

दक्षिण अफ्रिकका लान्स क्लुस्नर प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर १७ विकेट लिनुका साथै २ सय ५० रन बनाएका थिए । ४ सय ६१ रन जोडेका भारतका राहुल द्रविड प्रतियोगिताको उच्च रनकर्ता बने । न्युजिल्यान्डका जियोफ एलोट र अस्ट्रेलियाका शेन वार्न समान २० विकेटका साथ सर्वाधिक विकेट लिने बलर बने ।

कुल ४२ खेल भएको प्रतियोगिताको फाइनल खेल हेर्न ३० हजार ४० दर्शक लन्डनस्थित लर्डस मैदान पुगेका थिए ।