आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाटः भारतीय भूमिमा अस्ट्रेलियाको उदय

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको चौथो संस्करण आयोजना गर्ने जिम्मेवारी संयुक्त रूपमा भारत र पाकिस्तानले पाएका थिए ।

इङ्ल्यान्ड बाहिर आयोजना भएको यो पहिलो विश्वकप थियो । यसअघिका तीनवटै संस्करण इङ्ल्यान्डमा भएको थियो । विश्वकपका खेलहरू भारतका १५ र पाकिस्तानका ७ गरी २२ मैदानमा खेलाइएको थियो ।

टेस्ट टोलीका रूपमा भारत, पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्ट इन्डिज तथा एसोसिएट राष्ट्रको रूपमा जिम्बावेले सहभागिता जानाएका थिए ।

प्रतियोगिता सन् १९८७ को अक्टोबर ८ देखि नोभेम्बर ८ सम्म भएको थियो । यसअघिका तीन संस्करण जुन–जुलाईमा भएका थिए । प्रतियोगिता पहिलो पटक ५० ओभरमा खेलाइएको थियो । बितेका तीन संस्करण ६० ओभरको थियो । यस विश्वकपमा सात टेस्ट र एक एसोसिएट गरी आठ राष्ट्रको सहभागिता थियो ।

टेस्ट टोलीका रूपमा भारत, पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्ट इन्डिज तथा एसोसिएट राष्ट्रको रूपमा जिम्बावेले सहभागिता जानाएका थिए ।

जिम्बावेले सन् १९८६ को एसिसी ट्रफी विजेताको हैसियतले विश्वकप खेल्ने मौका पाएको थियो ।

विश्वकप सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र जिम्बावे तथा समूह ‘बी’ पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका र वेस्ट इन्डिज थिए ।

समूह चरणमा आ–आफ्नो समूहका टोलीसँग दुई खेल खेलेपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा श्रीलंका र जिम्बावे जितविहीन बने । अघिल्ला तीनै संस्करणको फाइनल खेलेको वेस्ट इन्डिसले पनि समूह चरण पार गर्न सकेन । 

समूह ‘ए’ बाट भारत र अस्ट्रेलिया तथा समूह ‘बी’ बाट पाकिस्तान र इङ्ल्यान्डले सेमिफाइनल तय गरेका थिए ।

प्रतियोगितामा श्रीलंका र जिम्बावे जितविहीन बने । अघिल्ला तीनै संस्करणको फाइनल खेलेको वेस्ट इन्डिसले पनि समूह चरण पार गर्न सकेन । 
समूह चरणको अन्तिम खेलमा भारतका चेतन शर्माले न्युजिल्यान्डसँग ४२ औं ओभरको पहिलो तीन बलमा केन रदरफोर्ड, इयान स्मिथ र इवेन च्याटफिल्डलाई बोल्ड गराउँदै विश्वकपमा ह्याट्रिक विकेट पूरा गरेका थिए ।

यो एकदिवसीय विश्वकप क्रिकेट इतिहासमा पहिलो हयाट्रिक विकेट थियो । उक्त खेलमा भारतले ९ विकेटको सहज जित निकालेको थियो ।

सेमिफाइनल पुगेका भारत, अस्ट्रेलिया र पाकिस्तानले समूह चरणमा एकमात्र हार बेहोरेका थिए ।

सेमिफाइनमा अस्ट्रेलियाले पाकिस्तानलाई १८ रन र इङ्ल्यान्डले भारतलाई ३५ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

इडेन गार्डेनमा सम्पन्न फाइनलमा इङ्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै एलान बोर्डरको कप्तानीमा रहेको अस्ट्रेलिया पहिलोपल्ट विश्व च्याम्पियन बन्यो ।

अस्ट्रेलिया र इङ्ल्यान्ड दोस्रो पटक फाइनल  पुगेका थिए । यसअघि अस्ट्रेलियाले पहिलो र इङ्ल्यान्डले दोस्रो संस्करण फाइनलमा वेस्ट इन्डिजसँग पराजय बेहोरेका थियो ।

भारतको कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न फाइनलमा इङ्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै एलान बोर्डरको कप्तानीमा रहेको अस्ट्रेलिया पहिलोपल्ट विश्व च्याम्पियन बन्यो ।

फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै २ सय ४६ रनमात्र बनाउन सक्यो । फाइनल खेल हेर्न ९५ हजार ३ सय ४५ दर्शक उपस्थित भएका थिए ।

प्रतियोगितामा इङ्ल्यान्डका ग्राहम गोच सर्वाधिक रनकर्ता बने । उनले ८ खेलमा ४ सय ७१ रन जोडेका थिए । ८ खेलमा १८ विकेट लिँदै अस्ट्रेलियाका क्राएग म्याकडेरमोट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।