फाल्गुन ११, २०८२ सोमबार | २०:०७:४४
घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी
शनिबारको दिन ग्लोबल क्वालिफायर

विश्वकपको सपना, बटुल्दै छ ‘सुशिक्षा’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई अक्सर भन्ने गर्छन्, ‘मेरो टोलीले हार्दैन, शिक्षा लिन्छ ।’

टिम विजयी लयमा रहँदा उनी यसो भन्ने गर्थे । बलियो विपक्षीसँग खेल्दा हार आत्मसात गर्नुपर्ने यथार्थ बुझेर उनले यस्तो प्रतिक्रिया दिने गरेका थिए । खासमा देसाईले अन्तर्राष्ट्रिय क्रिकेटमा हुने नतिजाको उतारचढावमा सधैं आफूलाई दबाबमुक्त राख्न पनि यस्तो परिपक्वता देखाएका हुन् ।

उनले भनेजस्तै नेपाल यतिबेला आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि जिम्बावेमा रहँदा ठूला राष्ट्रबाट ‘शिक्षा’ लिइरहेको छ । पहिलो खेलमा जिम्बावे र तेस्रो खेलमा बिहीबार पूर्वविश्व च्याम्पियन वेस्ट इन्डिजसँग मैदान उत्रँदा पनि नेपालले त्यसै गर्यो । स्कोरसिटमा नेपाल पराजित देखिए पनि खासमा मोन्टीले भनेझै नेपाली खेलाडीले मैदानमा भने विश्वस्तरीय खेलाडीविरुद्ध खेलिरहँदा भविष्यका लागि थुप्रै ज्ञान हासिल गरेका छन् ।

छनोटमा तीन खेल खेल्दा दुई हार र एक जितको नतिजासहित २ अंकका समूह ‘ए’ को चौथो स्थानमा रहँदा नेपालको सुपर सिक्स हुँदै विश्वकपमा छानिने सम्भावना कमजोर बनेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपाललाई सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सलाई हराएरमात्र पुग्दैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यदि नेपालले शनिबार नेदरल्यान्ड्सलाई हराएर सोमबार हुने समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि नेदरल्यान्ड्स  पराजित भएमा नेपाल सुपर सिक्समा पुग्न सक्ने छ । नेदरल्यान्ड्ससँग हारेमा भने नेपालको यात्रा समूह चरणमै समाप्त हुनेछ ।

पहिलो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टाएको थियो । दोस्रो खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । तेस्रो खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमै समेटियो ।

अमेरिका र वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङको निर्णय लिएको नेपालले जिम्बावेसँग टस हारेर ब्याटिङ निम्तो पाएको थियो ।

कमजोर डेथओभर बलिङ

जिम्बावे र वेस्ट इन्डिजविरुद्ध नेपालले खेलेका डेथ ओभर बलिङ निकै कमजोर देखिएको थियो । जिम्बावेले ४० देखि ४४ ओभरसम्म विना कुनै विकेट गुमाउँदै ५३ रन जोडेको थियो । यसैगरी वेस्ट इन्डिजले ४५ देखि ५० ओभरसम्म ३ विकेट गुमाउँदै ५४ रन प्रहार गरेको थियो ।

चार अर्धशतक

प्रतियोगितामा खेलिएका तीन खेलमा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरेका छन् ।

जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेख, अमेरिकाविरुद्ध भीम सार्की तथा वेस्ट इन्डिजविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरे ।

कुशल शतक प्रहार गर्नबाट मात्र एक रनले चुकेका थिए । उनले ९५ बलमा १३ चौका र दुई छक्का मद्दतमा सर्वाधिक ९९ रन बनाएका थिए । कुशलले शतक बनाएको भए एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने उनी पहिलो ब्याटर हुने थिए । यसअघि उनले विश्वकप लिग २ मा नामिबियाविरुद्ध पहिलो शतक बनाएका थिए । आसिफले १ सय बलमा ७ चौका मद्दतमा ६६ रन जोडेका थिए ।

अमेरिकाविरुद्ध भीमले एक सय १४ बलमा ७ चौका र एक छक्का मद्दतमा अविजित ७७ बनाएका थिए । वेस्ट इन्डिजविरुद्ध आरिफले ९३ बलमा चार चौका र एक छक्का मद्दतमा सर्वाधिक सर्वाधिक ६३ रन बनाए ।

करणको चार विकेट 

अमेरिकालाई पराजित गर्दा नेपालका लागि करण केसीले चार विकेटको प्रदर्शन गरेका थिए । उनी प्लेयर अफ द म्याच नै भए । उनले एकदिवसीयमा ६६ विकेट पु¥याएका छन् । युवा बलर गुलशन झाले ३ विकेट लिएका थिए । सोमपाल कामी जिम्बावेसँगको खेलमा घाइते भएपछि खेलमा उनको स्थान ललिल राजवंशीले लिए । अमेरिकासँग १ र वेस्ट इन्डिजसँग ३ विकेट लिएर देव्रेहाते अफ स्पिनर ललितले आफ्नो भूमिकालाई न्याय गरे । स्टार स्पिनर सन्दीप लामिछाने भने लगातार दुई खेलमा विकेटविहीन भएपछि वेस्ट इन्डिजसँग एक विकेट लिन सफल भए ।

कीर्तिमानी साझेदारी

जिम्बावेविरुद्ध पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए । यो नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी ज्ञानेन्द्र मल्ल र आसिफ शेखको नाममा थियो । उनीहरूले गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका एक सय ३९ रनको साझेदारी गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा ठूलो लक्ष्य

वेस्ट इन्डिजले नेपालसामु ३ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पाएको सबैभन्दा ठूलो हो ।

यसअघि आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईले प्रस्तुत गरेको ३ सय १० रनको लक्ष्य नेपालका लागि सर्वाधिक थियो ।

रनको आधारमा ठूलो हार

नेपालले वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो हार बेहोरेको थियो । रनको आधारमा यो नेपालको सबैभन्दा ठूलो पराजय हो । टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग नेपालले पहिलोपल्ट खेलेको हो ।

यसअघि आइसिसी विश्वकप लिग-२ अन्तर्गत सन् २०२२ मा युएईविरुद्ध बेहोरेको ९९ रनको हार सबैभन्दा ठूलो थियो ।