काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)ले शुक्रबारदेखि एनभिए महिला तथा पुरुष च्याम्पियनसिप सुरु गरिसकेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको पहिलो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्दा त्रिभुवन आर्मी क्लबले महिलातर्फ हेल्प नेपालले जित निकालेका छन् ।
भलिबल महोत्सवकै रूपमा रहेको यसपटक प्रतियोगिता केही रोचक हुने अनुमान गरिएको छ । केही पुराना खेलाडीले कमब्याक गर्दै छन् । राष्ट्रिय टिम छनोट विषयलाई असन्तुष्टि जनाएको गण्डकी प्रदेशले यस एनभिए लिग नखेल्ने निर्णय लिएको छ । यसले झनै माहोल तताएको छ । गण्डकीका समर्थक एनभिएविरुद्ध क्रुद्ध देखिएका छन् । केही नयाँ टिम आफ्नो सान देखाउने योजनामा छ । यहीबीच विभागीय टोली (आर्मी, पुलिस र एपिएफ)हरू भने चुनौती स्वीकार गर्न तयार छन् ।
यस पटक न्यु डायमन्ड स्पोर्ट्स क्लबका लागि विशेष रहनेछ । अनुभवी स्पाइकर प्रतिभा माली नेपाल फर्किंदै छिन् ।
नेपाली खेलकुद नै विभागीय टोलीले धानेको अवस्था छ भन्दा फरक पर्दैन । भलिबल पनि त्यही हो । अधिकांश राष्ट्रिय टिमका खेलाडी तिनै विभागीय टोलीमा आबद्ध छन् । विभागका तीनै टिमले आफ्नो महिला र पुरुष टिमलाई लिगमा सहभागी गराउँदै आएको छ ।
एनभिएले पुस २० सम्म आयोजना गर्ने प्रतियोगितामा २० टिमको सहभागिता रहको छ । पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम प्रतिस्पर्धी छन् । यो प्रतियोगिता प्रधानमन्त्री कप एनभिए लिगको छनोट माध्यम पनि हो । प्रतियोगिताबाट पुरुषतर्फ ८ र महिलातर्फ ६ क्लब लिगलाई छनोट हुनेछन् । लिगको दुवै विजेता (महिला तथा पुरुष) काभा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही यसपटक लिगमा देखिने छैनन् । उनी नेपाली समाजले आयोजना गर्ने प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेकी छन् । आर्मीकै अनुभवी मिडलब्लकर साफिया पुन पनि हुने छैनन् । दुबै खेलाडी प्रतियोगिताको अघिल्लो दिन अस्ट्रेलिया गएका हुन् ।
यस पटक न्यु डायमन्ड स्पोर्ट्स क्लबका लागि विशेष रहनेछ । अनुभवी स्पाइकर प्रतिभा माली नेपाल फर्किंदै छिन् । उनी करिब डेढ वर्षपछि नेपाली भलिबलमा फर्किएकी हुन् । उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पुगेकी प्रतिभाले त्यहींको स्थानीय प्रतियोगिताहरू पनि खेलिरहेकी थिइन् ।
यो प्रतियोगिता पुलिसका लागि काभा क्लब च्याम्पियनसिपको तयारीको रूपमा पनि हेरिएको छ । यो प्रतियोगितापछि पुलिस क्लब काभा क्लब च्याम्पियनसिपमा केन्द्रित हुनेछ ।
अब प्रशिक्षक कुमार राईलाई प्रतिभाको फिटनेसबारे मात्र चिन्ता छ । प्रतिभाको चर्चा किनभन्दा उनी नेपाली महिला भलिबलकी निकै सफल खेलाडी हुन् । नेपाली भलिबलले पाएको उपलब्धिमा उनी सधैं महत्त्वपूर्ण भूमिकामा रहिन् ।
नेपाली महिला भलिबलका सफल र पायोनियर प्रशिक्षक कुमार राई प्रतिभाको आगमनसँगै उपाधि फर्काउने योजनामा छन् । प्रतिभाको साथले न्यु डायमन्ड पनि हौसिएको छ । न्यु डायमन्डसँग प्रतिभासँगै राष्ट्रिय टिमबाट खेलिरहेकी लिबेरो सलिना श्रेष्ठ, सेटर प्रगति नाथ र स्पाइकर सुमित्रा रेग्मी छन् । नेपालको युथ टिमबाट खेलिसकेका जेनिशा विश्वकर्मा, सलिना बुढामगर जस्ता खेलाडी छन् । त्यसैले यसपालि न्यु डायमन्ड विभागीय टोली एपिएफ र नेपाल पुलिसलाई पछि पार्दै च्याम्पियन हुने दाउमा छ ।

महिलातर्फ न्यु डायमन्डपछि नेपाल पुलिस क्लब पनि उपाधि दाबेदारमा छ । पुसिससँग राष्ट्रिय टोलीकी प्रतिभावान स्पाइकर उषा भण्डारी, पुनम चन्द, कमला पुन, शान्तिकला तामाङ, कामना विष्टजस्ता खेलाडी छन् । पुलिसका प्रशिक्षक रुपेश विष्टले न्यु डायमन्डबाटै टिम बलियो पार्न रिमा कुँवर र अलिशा मानन्धरलाई अनुबन्ध गरेका छन् । कोपिला राना, लक्ष्मी चन्द, सरस्वती कट्टेल जस्ता खेलाडी हुँदा पुलिस उपाधि रक्षा गर्ने रणनीति साथ कोर्टमा उत्रनेछ । यो प्रतियोगिता पुलिसका लागि काभा क्लब च्याम्पियनसिपको तयारीको रूपमा पनि हेरिएको छ । यो प्रतियोगितापछि पुलिस क्लब काभा क्लब च्याम्पियनसिपमा केन्द्रित हुनेछ ।
यता, त्रिभुवन आर्मीलाई पनि राष्ट्रिय टिमकी आरती सुवेदीसँगै संगम महतो जस्ता खेलाडीको साथ छ । युवा खेलाडी पनि आर्मीमा उत्तिकै छन् ।
घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रस्ट पारेको छ ।
एपिएफलाई चर्चित खेलाडी निरुता ठगुन्नालगायतको साथ छ । तीन विभागीय र न्यु डायमन्ड उपाधिका लागि खेल्दा बाँकी चार टिमको भने सहभागिता मात्रै हुने अनुमान गर्न सकिन्छ । यद्यपि, प्रधानमन्त्री कप एनभिए लिगमा स्थान बनाउन एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम र मधेश प्रदेशबीच रोचक प्रतिस्पर्धा हुनेछ ।
अस्ट्रेलियामा रहेका कारण सरस्वती चौधरी, कविता भट्टजस्ता चर्चित अनुहार यो प्रतिस्पर्धामा देखिने छैनन् ।

यता, घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रस्ट पारेको छ । प्रतियोगिताको अघिल्लो दिन पत्र लेख्दै गण्डकी प्रदेश भलिबल संघले एनभिएसँग क्षमा मागेको छ । राष्ट्रिय टिमको खेलाडी छनोटको विषयलाई लिएर सुरु भएको विवाद अहिले भने आर्थिक अभावको कारण देखाइएको छ ।
गण्डकी भलिबल संघका कार्यबाहक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहलसिंह थापाले हस्ताक्षर गर्दै आर्थिक अभावका कारण एनभिए च्याम्पियनसिप र टाइगर कप दुबैमा सहभागी हुन नसकेको प्रस्ट पारेका छन् । साथै गण्डकीले एनभिए लिगलाई भब्य सफलताको शुभकामना पनि दिएको छ ।
अस्ट्रेलियाबाट व्यक्तिगत कारण नेपाल आए पनि राष्ट्रिय टिमका पूर्वकप्तान मानबहादुर श्रेष्ठ लिगमा देखिने छैनन् । अस्ट्रेलिया पुगेका राजेन्द्र विष्ट, हेमन्तबहादुर मल्ल, टेकराज अवस्थी, रविन चन्द जस्ता चर्चित अनुहार पनि एनभिए लिगमा देखिने छैनन् ।
पुरुषतर्फ च्याम्पियन बन्न तीन विभागीयसँगै हेल्प नेपाल र पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश) बीच प्रतिस्पर्धा हुने पक्कापक्की छ । विभागीय टिममा नेपालको राष्ट्रिय टोली र उमेर समूहबाट खेलिसकेका खेलाडीको प्रभाव देखिन्छ । हेल्प नेपाल र पश्चिम रुकुमले भने पाकिस्तानी खेलाडी भित्र्याएर बलियो चुनौती दिँदै छन् ।
१२ मध्ये ८ क्लबले प्रधानमन्त्री कप एनभिए लिगमा स्थान बनाउने हुँदा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब (लुम्बिनी), कोशी प्रदेश भलिबल संघ, बूढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) भने शीर्ष आठभित्र पर्न प्रतिस्पर्धा गर्नेछन् । जावलाखेलले राष्ट्रिय टिमबाट खेलिसकेका युवा स्टार धिरोजकाजी बस्नेतलाई अनुबन्ध गरेर अर्थपूर्ण सन्देश दिएको छ ।

पुनः च्याम्पियन हुने लक्ष्य राखेको हेल्प नेपालले पाकिस्तानी मुबासर राजा, फखर उद्दिन र मोहम्मद आसिफ नाभिदलाई अनुबन्ध गरेको छ । नेपाली भलिबलमा चर्चित रहेका माजल अली खान, वालिद खान र अहमद खानले पश्चिम रुकुमको जर्सीमा यो लिग खेल्दै छन् ।
यता, अस्ट्रेलियाबाट व्यक्तिगत कारण नेपाल आए पनि राष्ट्रिय टिमका पूर्वकप्तान मानबहादुर श्रेष्ठ लिगमा देखिने छैनन् । अस्ट्रेलिया पुगेका राजेन्द्र विष्ट, हेमन्तबहादुर मल्ल, टेकराज अवस्थी, रविन चन्द जस्ता चर्चित अनुहार पनि एनभिए लिगमा देखिने छैनन् ।
गत वर्षभन्दा कभर्डहल पुनर्निर्माण गरिएकाले यस पटक एभिएको माहोल थप रोचक बन्ने अपेक्षा भलिबल संघको छ ।