आश्विन १, २०८१ मंगलबार | ०१:१२:३५
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली भलिबल

भलिबलले किन तान्यो सबैको ध्यान ?

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको पनि ७ वर्ष बितिसकेको छ । भर्खर सकिएको काभा महिला नेसन्स लिग भलिबलमा नेपाली टोलीले गरेको प्रदर्शनले भने धेरैको ध्यान तानेको छ ।

प्रतियोगितामा नेपाली महिला टोलीले एकपल्ट भारतलाई नै हरायो भने भारतसँगै हारेर उपाधि गुमायो । चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-२ को सेटमा पराजित हुँदा नेपालले उपाधि गुमाएको थियो । 

घरेलु कोर्टमा भएको फाइनलमा नेपाल २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ को सेटमा पराजित भयो । भारतले लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलले पाँच वर्ष अघिको १३औं दक्षिण एसियाली खेलकुद (साग) को झल्को दिएको थियो ।

यही कोर्टमा सागको फाइनलमा लगातार दुई सेटमा अग्रता बनाएर पनि नेपाल ३-२ कै सेटमा पराजित भई स्वर्ण पदकबाट विमुख भएको थियो ।

बंगलादेशमा सन् २०१९ र २०२१ मा सम्पन्न काभा महिला च्याम्पियनसिपको पहिलो दुई संस्करणमा उपाधि जितेको नेपाल गत वर्ष त्रिपुरेश्वरमै तेस्रो स्थानमा समेटिएको थियो ।

राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान तथा नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह सरकारले जग्गा उपलब्ध गराए अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बनाउन सकिने दाबी गर्छन् ।

यसपालि पाँच टिम प्रतिस्पर्धा काभा नेसन्स लिगमा इरान तेस्रो भयो । इरानले श्रीलंकामाथि सोझो सेटमा जित पाएको थियो । श्रीलंका चौथो र माल्दिभ्स पुछारमा रहे ।  

नेसन्स लिगको उद्घाटन खेलमा श्रीलंकामाथि सोझो सेटमा जित पाएको नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई पनि ३-० को सोझो सेटमा निराश पारेको थियो । भारतलाई ३-२ को नतिजामा हराएको नेपाल इरानसँग त्यही अन्तरमा पराजित भएको थियो । भारतविरुद्ध पाएको जित भने ऐतिहासिक थियो । किनकि नेपालले छिमेकीविरुद्ध पहिलोपल्ट पाएको जित हो यो ।

दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको नेपालले त्यहाँ इरानलाई सोझो सेटमा रोकेर लिग चरणको बदला लिएको थियो ।

फाइनलमा त्यही लयलाई कायम राख्ने लक्ष्यसाथ कोर्ट छिरेको नेपालले त्यसअनुरुप खेल्न सकेन । भारतले आफ्नो अनुभवको भरपूर सदुपयोग गर्दै नेपालले निराश बनायो ।

तस्विरः केशव थापा

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले फाइनलमा टोलीको प्रदर्शन अपेक्षाअनुरुप हुन नसकेको स्वीकारेका छन् ।

‘योजनाअनुसार प्रदर्शन प्रदर्शन हुन सकेन । फाइनलमा पुरानै समस्या (रिसिभ र सर्भिस) दोहोरियो । यो हारको जिम्मेवारी म लिन्छु । उपाधि दिलाउन नसकेकामा समार्थकसँग माफी माग्छु,’ प्रशिक्षक भट्टले फाइनलपछि भनेका थिए, ‘समग्र प्रतियोगिताको कुरा गर्ने हो भने धेरै सकारात्मक पक्ष देखिएको छ । भारत र इरान हामीभन्दा माथिल्लो स्तरका टोली हुन् । तर उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छौंं । यो सकारात्मक पक्ष हो ।’

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भोलिपल्टै काभाका खेलाडीलाई नगदसहित सम्मान गरेर नेपाली भलिबलका लागि सकारात्मक सन्देश दिँदै खेलाडीको ऊर्जा भरेका छन् । उनले खेलाडीलाई जनही १ लाखसहित सम्मान गरेका हुन् ।

प्रशिक्षक भट्टले भने झै प्रतियोगिताबाट नेपाली महिला भलिबलमा राम्रो गर्न सक्ने उत्साह भने थपेको छ । सबै क्षेत्रका व्यक्तिहरूको ध्यान केन्द्रित गरेको छ ।

दक्षिण एसियामा मुख्य चुनौती भनेको भारत हो । त्यही भारतलाई पराजित गर्दा नेपालको मनोबल नबढ्ने कुरै भएन । यो जितले नेपालले भारतलाई हराउँछ भने त्यो महिला भलिबलले सक्छ भन्ने मानक स्थापित गराएको छ ।

यसले देशका राजनीतिकर्मी, कलाकारदेखि समाजका प्रवुद्ध क्षेत्रका व्यक्तिहरूको ध्यान आकृष्ट गराएको छ । नेपाली टोलीको हौसला भर्न उनीहरू कोर्टमै पुगेका थिए । काठमाडौंका मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल समाजसेवी अनुराधा कोइराला, व्यवसायी उपेन्द्र महतोदेखि चर्चित कलाकार, राजनीतिज्ञ, अन्य खेलका राष्ट्रिय खेलाडी पनि कभर्डहल पुगे । खचाखच भरिए । फाइनलको दिन त आधाभन्दा बढी समर्थकले टिकट नै पाएन ।

तस्विरः केशव थापा

यो उत्साहले भलिबलका लागि सरकारले आँखा खोल्नुपर्ने सबैको जिकिर छ । राष्ट्रिय खेलका लागि एउटा स्तरीय कभर्डहल आवश्यकता टड्कारो छ । त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउनुपर्ने चर्को आवाज उठ्न थालेको छ ।

राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान तथा नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह सरकारले जग्गा उपलब्ध गराए अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बनाउन सकिने दाबी गर्छन् ।

‘हामीले बारम्बार सरकारसँग जग्गा उपलब्ध गराइदिनुहोस अन्तर्राष्ट्रिय स्तरको कभर्डहल हामी बनाउँछौं भनेर आग्रह गरिरहेका छौं । नेपालमा भलिबलको क्रेज भएकाले अन्तर्राष्ट्रिय भलिबल संघले पनि राम्रो ठाउँमा जग्गा उपलब्ध गराए कभर्डहल बनाउन सहयोग गर्ने आश्वासन दिएको छ,’ शाहले भने ।

अब फ्रेन्चाइज लिगको अवधारणामा प्रवेश गर्दै छ भलिबल । यो स्थितिमा झन् स्तरीय कभर्डहल अत्यावश्यक छ । महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग गर्ने घोषणा भइसकेको छ ।

व्यावसायिक बन्ने पथमा बढिरहेको भलिबलका खेलाडीले गत वर्षदेखि मात्र भलिबल संघबाट मासिक तलब पाउन सुरु गरेका थिए । गत भदौदेखि राष्ट्रिय टिममा रहेका खेलाडीले मासिक ५ हजार तलब पाउन गरेका छन् । यद्यपि त्यो दाताहरूको सहयोगमा हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेका छन्, ‘उत्कृष्ट प्रदर्शन गरे पनि हामीले जित्न सकेनौं । एक पटकको हार संघैको हार होइन, हामी जित्ने छौं । धन्यवाद टिम नेपाल ।’

 

काभामा खेलाडीको प्रदर्शन हेर्ने हो भने निरुता ठगुन्नाको प्रदर्शन उम्दा रह्यो । यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेकी सुमित्रा रेग्मीले पनि मौकाको भरपूर सदुपयोग गरिन् ।

सरस्वती चौधरी लयमा फर्किंदा अर्की डेब्यु खेलाडी आरती सुवेदीले पनि आफ्नो क्षमता पुष्टि गरिन् । समग्रमा भन्नुपर्दा नेपालको प्रदर्शनले विगत बिर्साएको छ ।  

कप्तान अरुणा शाही फाइनलमा क्षमताअनुसारको प्रदर्शन गर्न नसके पनि अन्य खेलको प्रदर्शन उम्दा रहेको दाबी गर्छिन् । ‘खेल पाँचौं सेटमा पुग्दा हामीले दबाब झेल्न सकेनौं । क्षमताअनुसार प्रदर्शन हुन सकेन । अनुभवको कर्मी रह्यो । भारतलाई हराएर उपाधि जित्ने अवसर थियो । पूरा हुन सकेन । समग्र प्रतियोगितामा भने उत्कृष्ट प्रदर्शन रह्यो,’ अरुणाले भनेकी थिइन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भोलिपल्टै काभाका खेलाडीलाई नगदसहित सम्मान गरेर नेपाली भलिबलका लागि सकारात्मक सन्देश दिँदै खेलाडीको ऊर्जा भरेका छन् । उनले खेलाडीलाई जनही १ लाखसहित सम्मान गरेका हुन् ।

भलिबललाई ‘तपाईँ हरू राम्रो गर्नुस् हामी छौं साथमा’ भन्ने गतिलो सन्देश काठमाडौं महानगरले दिएको छ ।

‘हामीले नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शनको आस गरेका थियौं । त्यो प्रतियोतिगामा देख्न पायौं । तपाईँहरूले सिमित स्रोत र साधनका बाबजुद भारत जस्ता उत्कृष्ट टोलीलाई चुनौती दिनु भयो । हार ब्यहोर्दैमा निरास हुनपर्ने अवस्था छैन,’ मेयर बालेन्द्रले सम्मान कार्यक्रममा भनेका थिए, ‘यो टोलीले सम्पूर्ण नेपालीलाई खुसी दिएको छ । आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्नुहोला ।’

पहिलो समय निकै चर्चामा रहेकी गायिका रचना रिमालले टोलीको फोटो राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘मेरो लागि उहाँहरू नै मिस नेपाल हुनुहुन्छ । उत्कृष्ट प्रदर्शन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेका छन्, ‘उत्कृष्ट प्रदर्शन गरे पनि हामीले जित्न सकेनौं । एक पटकको हार संघैको हार होइन, हामी जित्ने छौं । धन्यवाद टिम नेपाल ।’