काठमाडौं । आरती सुवेदीले भलिबल खेल्न थालेको धेरै वर्ष भइसक्यो । हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट खेल्ने आउटसाइड हिटर आरती योभन्दा पहिला सशस्त्र प्रहरी बलको एपिएफबाट कोर्टमा उत्रिन्थिन ।
काठमाडौंका ठूला क्लबबाट ‘व्यावसायिक भनिने’ स्तरमा आउनुअघि पनि उनको भलिबल यात्राको कथा लामो छ । चितवनको मेघौलीमा सानै उमेरबाट उनले भलिबल खेल्न थालेकी थिइन । कक्षा ८ को जिल्लास्तरीय परिक्षा दिन अर्को स्कुल जाने क्रममा आरती अध्ययनरत जानकी मावि मेघौलीका खेल शिक्षक बाबुराम महतो उनको उचाईबाट प्रभावित भए ।
महतोले आरतीलाई भलिबल खेल्न प्रस्ताब गर्न ढिलो गरेनन् । आरतीले सुरुमा मानिनन् । तर महतो पनि कम जिद्धी थिएनन् । उनले घरमै गएर उनकी आमालाई सम्झाइ बुझाई गरेर भए पनि आरतीलाई भलिबलमा ल्याइछाडे । आज महतोको त्यो प्रयासले राष्ट्रिय टोलीको गन्तब्य पाएको छ ।
आरतीको आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामै खेलसंख्या ६ पुगिसकेको छ । त्यसोत अब आरती त्यो फुच्ची आरती पनि रहिनन् ।
आरती अध्ययनरत मेघौली जानकी स्कुलको माहोल भलिबलमय थियो । प्रशिक्षकको जिद्धी र आमाको साथले भलिबलमा एकोहोरिए पनि उनले खेलसँगै पढाईलाई पनि समान गतिमा अगाढी बढाइन । पढाइमा राम्रै भएपछि विस्तारै बाँकी परिवार र समाजको साथ मिल्दै गयो ।
पारिवारिक सहयोगसहित अगाडि बढ्दै गएको उनको करियरले २०७८ सालमा एपिएफको सवारी भेट्टायो । स्टार खेलाडीहरुको भिडमा दुई वर्ष एपिएफबाट खेल्दा पनि उनले सोचेजसरी करियर अघि बढेन । न त जागिर नै भयो ।
त्यसपछि आरतीले सवारी फेरिन । एपिएफसँगको यात्रामा विश्राम दिँदै उनले त्रिभुवन आर्मी रोजिन । जहाँ अहिले उनी स्थायी जागिरेको हैसियतमा छिन् । आर्मी आएको एक वर्ष मात्र भयो । संयोग यस्तो भयो की, १९ वर्षे आरतीले यही बीचमा सानै उमेरदेखि देखेको सपना पूरा भएको क्षण आत्मसात गरिन ।
अर्थात उनी नेपाली राष्ट्रिय महिला भलिबल टिममा अटाउन सफल भइन । टिममा पर्ने मात्र नभई उनले राष्ट्रिय टिमबाट कोर्ट उत्रिने मौका पनि पाइन । आरतीले रुसको टिमविरुद्धका दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोबाट राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रिने मौका पहिलो पटक पाएकी थिइन ।
‘सानैदेखि राष्ट्रिय टिमबाट खेल्ने ठूलो धोको थियो । त्यो सपना पूरा भएको छ । दिदीहरुले वर्षौदेखि भारतलाई हराउन देख्नुभएको सपना पनि यसपाली पूरा भयो, जहाँ म आफै मैदान उत्रिन पाएँ । यसअर्थमा मैले आफूलाई भाग्यमानी ठानेकी छु,’ आरती भन्छिन्, ‘मेरो करियरमा आमाको भूमिका सबभन्दा माथि छ । त्यसैले राष्ट्रिय टिमबाट खेल्न र सफलतामा रमाउन पाएको यो सबथोकको श्रेय म आमासँग बाँढ्न चाहन्छु ।’
रुस आफैमा विश्व भलिबलको महारथी हो । यसकारण उनलाई रुसी टिमविरुद्धका दुई खेल उच्चस्तरीय अनुभव हासिल गर्न फलदायी भए । जहाँ उनको मेहनत र क्षमताले फल दियो । प्रदर्शन राम्रो भयो । यही कारण थियो, उनले काभा महिला नेसन्स लिगमा श्रीलंकाविरुद्ध खेल्दै राष्ट्रिय टिमका लागि औपचारिक ‘डेब्यु’ गरिन । त्यसपछि लगातार भारत, इरान, माल्दिभ्स, अनि सेमिफाइनलमा फेरि इरान र फाइनलमा भारतविरुद्ध खेलिन् ।
आरतीको आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामै खेलसंख्या ६ पुगिसकेको छ । त्यसोत अब आरती त्यो फुच्ची आरती पनि रहिनन् । उसै ५ फिट ९ इन्च अग्ली आरतीले अब नेपाली महिला भलिबलमा उदीयमान स्टारको उचाईं हासिल गरिसकेकी छिन् ।
त्रिपुरेश्वरको दशरथ रंगशालाले बुधबारमात्र सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग आयोजना सम्पन्न गर्यो । प्रतियोगिताको यो चौथो संस्करण थियो । नेपालमा आयोजना भएको चाँही दोस्रो पटक । पहिलो पटक नेपालले गतवर्ष तेस्रो काभा महिला नेशन्स लिग आयोजना गरेको थियो ।
सुरुका दुई संस्करण बंगलादेशले सन् २०१९ र २०२१ मा आयोजना गरेको थियो । जहाँ नेपालले लगातार स्वर्ण पदक जितेको थियो । गतवर्ष घरमै भएको तेस्रो संस्करणमा नेपाल कांस्य पदकमा सीमित भयो ।
यसपाली नेपालले गतवर्षको पीडामा मल्हम लगाउँदै विजयी लय समात्यो । त्यो भन्दा पनि ठूलो कुरा दक्षिण एसियाको महारथी भारतमाथि इतिहासमै पहिलो जित हासिल गर्यो । अनि नेपाली महिला भलिबलले यति ठूल्ठुला ऐतिहासिक सफलता आत्मसात गरिरहँदा त्यसको हिस्सा बन्ने मौका आरतीले पनि पाइन ।
यही कारण हो रुससँगको खेलमा पहिलो पटक राष्ट्रिय जर्सी लगाएर कोर्ट प्रवेश गर्नेवित्तिकै आरतीले आमालाई सम्झिइन् । खेलपछि त्यसको श्रेय आमालाई दिइरहँदा उनका आँखा रसाइरहेका थिए । आवाज कामिरहेको थियो ।
‘सानैदेखि राष्ट्रिय टिमबाट खेल्ने ठूलो धोको थियो । त्यो सपना पूरा भएको छ । दिदीहरुले वर्षौदेखि भारतलाई हराउन देख्नुभएको सपना पनि यसपाली पूरा भयो, जहाँ म आफै मैदान उत्रिन पाएँ । यसअर्थमा मैले आफूलाई भाग्यमानी ठानेकी छु,’ आरती भन्छिन्, ‘मेरो करियरमा आमाको भूमिका सबभन्दा माथि छ । त्यसैले राष्ट्रिय टिमबाट खेल्न र सफलतामा रमाउन पाएको यो सबथोकको श्रेय म आमासँग बाँढ्न चाहन्छु ।’
स्याङजाबाट बसाई सरेर चितवन पुगेको सुवेदी परिवारमा आरती माहिलो सन्तान हुन् । एक दिदी र एक भाई सबै पढाइमा अब्बल थिए । परिवार आरती पनि पढाइमामात्र लागुन भन्ने चाहन्थ्यो । ‘खेलेर बच्चा बिग्रिन्छ । अझ छोरीले त खेल्नै हुँदैन’ भन्ने जस्ता सोचले समाजलाई पूरा गाँजेको थियो ।
तर आरतीको लगाब भलिबलमा नभए पनि प्रशिक्षक महतोले सम्झाएपछि आमा सिताले छोरीलाई खेलाडी बनाइछाड्ने संकल्प लिइन । समाज छोरीले खेल्ने पक्षमा थिएन । छोरी मान्छेले कट्टु लगाएर भलिबल खेल्न गएको देखेपछि समाजमा कुरा काट्नेको कमी हुँदैनथ्यो । तर घरमा बाबु नारायणप्रसादले पनि श्रीमती सिताको भावना बुझे । छोरीलाई आफ्नोमात्र नभई देशकै बहादुर छोरी बनाउने अठोटमा साथ दिन थाले ।
यही कारण हो रुससँगको खेलमा पहिलो पटक राष्ट्रिय जर्सी लगाएर कोर्ट प्रवेश गर्नेवित्तिकै आरतीले आमालाई सम्झिइन् । खेलपछि त्यसको श्रेय आमालाई दिइरहँदा उनका आँखा रसाइरहेका थिए । आवाज कामिरहेको थियो ।
नेपाली महिला भलिबलले देशभित्र र बाहिर पनि राम्रो लय समाइरहेका बेला आरतीको उदय भएको छ । महिला भलिबलको वर्तमान हेर्ने हो भने उज्ज्वल भविश्य देख्न सकिन्छ । भविश्यमा अझै ठूला अन्तर्राष्ट्रिय सफलता भलिबलका चेलीहरुले नेपाली खेलकुदलाई दिने अपेक्षा गर्न सकिन्छ ।
स्वयम आरतीले पनि भलिबलमा ठूलै सपना देखेकी छिन् । राष्ट्रिय टिममा उनका प्रशिक्षक जगदिश भट्टले भनेजस्तै ‘आउँदो केही वर्षमा काभामा दबदबा मच्चाउने र त्यसको थप केही वर्षमा एसियाली स्तरमा नेपाली महिला भलिबललाई पुर्याउने ।’
भारतका प्रशिक्षक जय नारियनले नेपालसँग हारेपछि दिएको प्रतिक्रियाले पनि आरतीको विश्वासलाई प्रमाणित गर्छ । नारियनले भनेका थिए, ‘नेपालको टोलीमा सानो उमेरका प्रतिभावान खेलाडीहरु रहेछन् । सबै खेलाडी राम्रा छन् । भलिबलमा अग्ला खेलाडी नभई हुन्न । नेपालको टिममा अहिले धेरै अग्ला खेलाडी आएका रहेछन् । नेपालको महिला भलिबलको भविश्य उज्जवल छ ।’
नेपालका प्रशिक्षक भट्टले त भारतमाथिको जितपछि उत्साहित हुँदै आरतीको प्रशंसामा भनेका थिए, ‘अन्तर्राष्ट्रिय भलिबलमा हामीले ठूलो लक्ष्य बनाएका छौं । त्यसमा आरतीजस्ता राम्रो उचाई भएका प्रतिभावान खेलाडीको आगमनले सहयोग पुग्नेछ । आरतीको आगमनबाट म साच्चै उत्साहित छु । उसको आगमनले नेपाली भलिबललाई राम्रो संकेत दिएको छ ।’