Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

विश्व नम्बर चार प्लिसकोभा युएस ओपनको दोस्रो चरणमा

न्युयोर्क (खेलाडी) - विश्व नम्बर चार क्यारोलिना प्लिस्कोभा युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् । मंगलबार न्युयोर्कमा भएको पहिलो चरणको खेलमा अमेरिकी खेलाडी क्याथरिन म्याकनेलीलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।

करिअरको दोस्रो ग्रान्डस्लाम खेलिरहेकी क्याथरिनको युएस ओपनमा यो पहिलो अनुभव हो । महिला सिङ्गल बरियताको १३०औं स्थानकी क्याथरिन २०१९ को विम्बलडनमा छनोट भएर पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

यसै वर्षको विम्बलडनकी उपविजेता प्लिसकोभा भने लगातार पाँचौं पटक दोस्रो चरणमा पुगेकी हुन् । प्लिसकोभाको युएस ओपनमा सबैभन्दा राम्रो रिजल्ट भनेको २०१७ र २०१८ मा क्वार्टरफाइनल सम्मको यात्रा हो ।

त्यसयता २९ वर्षीया प्लिसकोभा एक पटक चौथो चरण र गत वर्ष दोस्रो चरणबाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

\