Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

सिटीसँग डियाजको सम्झौता नवीकरण

म्यानचेस्टर, (खेलाडी)- रुबेन डियाजले म्यानचेस्टर सिटीसँग नयाँ सम्झौता गर्दै २०२७ सम्म इत्तिहादमै रहने पक्का गरेका छन् । 

सेन्टर ब्याक पोजिसनका खेलाडी डियाजको इङ्लिस फुटबलमा पहिलो सिजन सुखद रह्यो । जसका कारण क्लबले उनलाई सम्झौता नवीकरणको प्रस्ताब गरेको थियो । नयाँ सम्झौतापछि डियाज २०२७ सम्म प्रिमियर लिग च्याम्पियन टोलीमा रहनेछन् । 

डियाजले २०२० सेप्टेम्बरमा बेन्फिकाबाट ६ करोड ५० लाख युुरोमा सिटीसँग सम्झौता गरेका थिए । पुरानो सम्झौताअनुसार उनी २०२५-२६ को सिजनसम्म सिटीमै रहने थिए ।

गत सिजनमा गरेको उच्च प्रदर्शनबाट प्रभावित प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई थप एक वर्षको नयाँ सम्झौता प्रस्ताब गरेका हुन् ।

गत सिजनमा डियाज सिटीका लागि ५० खेलमा मैदान उत्रिएका थिए । गत सिजनमा सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि उचालेको थियो । 

सिटीलाई उपाधि जिताउन मुख्य भूमिका निर्वाह गरेका उनलाई फुटबल राइटर्स एसोसिएसनले वर्षको उत्कृष्ट फुटबलर घोषित गरेको थियो । त्यसअघि उनी प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

‘सिटीमा मैले प्रत्येक मिनेट रमाइलोसँग बिताएको छु । यस्तो उत्कृष्ट टोलीको हिस्सा हुन पाएकोमा मलाई गर्व छ,’ सम्झौता नवीकरण गरेपछि डियाजले भने, ‘मेरो वृत्ति विकासमा सहयोग पुर्याउने मुख्य प्रशिक्षक पेप ग्वार्डिओला र प्रशिक्षण टिमका अन्य सदस्यहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

डियाजले वितेको सिजन सिटीबाट पाएको सफलता ठूलो भएको र त्यसलाई शव्दमा बयान गर्न नसकिने प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस

\