Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

चोउपो मोटिङ प्रेरित बायर्न जर्मन कपको दोस्रो चरणमा, पाँचौं डिभिजनको प्रतिद्वन्द्वीमाथि १२-० को जित

म्युनिख, (खेलाडी)- इरिक म्याक्सिम चोउपो मोटिङले चार गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति ब्रेमेरमाथि १२-० को प्रभावशाली जित दर्ता गराउँदै डिएफबी पोकाल (जर्मन कप) को सुरुआत गरेको छ । 

जमाल मुसियालाले दुई गोल गरे भने मालिक टिलम्यान, लेरोए साने, मिचेल कुइसान्स, बौना सार र कोरेन्टिन टोलिसोले पनि टोलीको फराकिलो जितमा गोल गरे । 

जितसँगै जुलियन नागेल्सम्यानको टोली प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । बायर्न जर्मन कपको दोस्रो चरण प्रवेश गरेको यो लगातार २७औं सिजन हो ।

बायर्नको जितमा चार गोल आफै गर्नुका साथै चोउपो मोटिङले मुसियाला र सारलाई गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । 

पाँचौं डिभिजनको टोली ब्रेमेरको लागि निराशाजनक बनेको दिन टोलीका उगो मारियो नोबिलले रातो कार्ड सामना गरेका थिए । ७६औं मिनेटमा नोबिलले सोझै रातो कार्ड दर्शन गरेपछि ब्रेमेर १० खेलाडीमा सिमित भएको थियो । 

नागेल्सम्यानले रोबर्ट लेवान्डोवस्कीलाई आराम दिँदै चोउपो मोटिङलाई आक्रमणको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थिए । जसमा खरो उत्रिने क्रममा उनले चार गोल गर्नुका साथै तीन गोलका लागि अवसर जुराए । साथै उनले खेलमा पाँच महत्वपूर्ण पास उपलब्ध गराएका थिए । 

प्रतिक्रिया दिनुहोस

\