Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

इटालियन सिरी एमा एसी मिलानको सुखद् सुरुआत

मिलान (खेलाडी) – एसी मिलानले इटालियन सिरी ए मा सुखद सुरुआत गरेको छ । सिरी ए अन्तर्गत आइतबार राती भएको खेलमा मिलानले साम्पडोरियालाई १–० ले पराजित गरेको हो । खेलको नवौ मिनेटमा ब्राहिम डियाजले गरेको गोल मिलानलाई स्पष्ट ३ अंक पक्का गर्नका लागि पर्याप्त बन्यो ।डियाजले डेविड कलाबरियाको पासलाई जाली चुमाएका थिए ।

युभेन्टसबाहेकका शीर्ष टोलीले लिगमा सुखद सुरुआत गदाए मिलानले पनि जितका साथ सिजनको थालनी गरेको हो ।लिग विजेता इन्टर मिलानका साथै एट्लान्टा, एएस रोमा,लाजियो र नापोलीले जितका साथ सुखदको सुरुआत गर्दा युभेन्टस भने शनिबार उडिनेसीसँग २–२ को बराबरीमा रोकिएको थियो ।

सिरी ए अन्तर्गत आइतबार नै भएको अर्को खेलमा काग्लियारी र स्पेजियाले २–२ को बराबरी खेलेका छन् । २–० को अग्रता जोगाउन नसक्दा स्पेजिया अंक बाढ्न बाध्य भएको हो  ।

प्रतिक्रिया दिनुहोस

\