Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

अमेरिकी सैन्य विमानबाट खसेर ज्यान गुमाउनेमध्ये एक अफगानी फुटबलर 

काबुल, (खेलाडी)- अफगानिस्तानका एक युवा फुटबलरको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ । 

शुक्रबार अफगानी अधिकारीहरुले अमेरिकाको सैन्य विमानबाट खसेर मृत्यृ भएका एक युवा १७ वर्षमुनिको राष्‍ट्रिय फुटबल टोलीबाट अन्तर्राष्‍ट्रिय खेल खेलिसकेका भएको पुष्‍टी गरेका छन् । 

अफगानिस्तानको युवा टोलीका सदस्य १९ वर्षिय नकी अनवर विमानबाट खसेर मृत्यु भएको बताइएको छ । नकीले अफगानिस्तानको युवा टोलीका लागि दुई वर्षअघि खेलेका थिए । 

अफगान प्रशासनले सैन्य विमान चढ्ने क्रममा नकीको मृत्यु भएको बताएको हो । यद्धपी उनको मृत्युको वारेमा बाँकी जानकारी भने दिइएको छैन् । 

केहि दिनअघि विद्रोही समुह तालिवानले अफगानी राजधानी काबुल कब्जा गरेपछि हजारौं मानिस देश छोड्न  विमानस्थलमा जम्मा भएका थिए । स्थानीय सञ्‍चार माध्यमका अनुसार अमेरिकी सैन्य विमानबाट दुई जना मानिस खसेका थिए । त्यस्तै अमेरिकी सैन्य विभागले पनि जहाजको चक्कामा मानिसको अंग भेटिएको पुष्‍टी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

\