Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

राडुकानुको जितले बेलायतमा टेनिस प्रवर्धनमा सहयोग पुग्नेछ : मरे

लन्डन, (खेलाडी)- तीन पटकका ग्रान्ड स्लाम विजेता एण्डी मरेले युएस ओपनमा इमा राडुकानुको जितले बेलायतमा थुप्रै मानिसलाई यो खेलप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् । 

आइतबारको फाइनलमा क्यानाडाकी लेला फर्नान्डेजलाई पराजित गरेपछि १८ वर्षे राडुकानु पछिल्लो ४४ वर्षमा ग्रान्ड स्लाममा एकल उपाधि जित्ने पहिलो बेलायती महिला खेलाडी बनेकी थिइन । 

ग्रान्ड स्लाम प्रतियोगिताको इतिहासमै छनोट खेलाडीका रुपमा प्रवेश गरेर उपाधि जित्ने राडुकानु पहिलो खेलाडी हुन् । 

‘राडुकानुले आर्थर आशेमा गरेको प्रदर्शन र हासिल गरेको उपलब्धि अतुलनीय छ,’ मरेले भने, ‘न्युयोर्कमा उनको सफलता विशेष थियो । यसले बेलायती टेनिसलाई ठूलो फाइदा पुग्नेछ । ठूलो संख्यामा वालवालिकाहरु यो खेलप्रति आकर्षित हुनेछन् । बेलायती टेनिसलाई माथि उचाल्नका लागि यो एउटा ठूलो अवसर हो ।’

मरेको विचारमा राडुकानुले विम्बल्डनमा चौथो चरणसम्मको यात्रा गर्दा नै आफू एउटा असाधारण प्रतिभा भएको प्रमाणित गरिसकेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

\