Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

खेलाडीले खेल्न नमान्दा टेस्ट स्थगित भएको बिसिसिआईको प्रष्टोक्ति

नयाँ दिल्ली, (खेलाडी)- भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरव गांगुलीले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट इन्डियन प्रिमियर लिग (आइपिएल) का कारण नभई कोभिड १९ लाई मध्यनजर गर्दै खेलाडीले खेल्न नमानेका कारण रद्ध भएको बताएका छन् । 

शुक्रबार ओल्र्ड ट्राफोर्डमा हुने तालिका रहेको अन्तिम टेस्ट भारतका फिजियोथेरापिस्टमा कोभिड संक्रमण पुष्टि भएपछि अन्तिम समयमा रद्ध भएको थियो । 

यसअघि इङ्ल्यान्डका पूर्व कप्तान मिचेल भोनले भारतीय खेलाडी आइपिएलअघि कोभिड पोजेटिभ हुन नचाहेका कारण टेस्ट रद्ध भएको दावी गरेका थिए । 

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) का अध्यक्ष टम ह्यारिसनले पनि टेस्ट रद्ध हुनुको कारण आइपिएल नभएको बताएको थियो । 

‘बिसिसिआई कहिल्यै पनि त्यति गैह्रजिम्मेवार हुन सक्दैन् । हामी अन्य बोर्डहरुको पनि उत्तिकै सम्मान गर्छौ,’ इसिबीले भनेको थियो ।

प्रतिक्रिया दिनुहोस

\