Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

कतार विश्वकप नै मेरा लागि अन्तिमः नेइमार

रियो दि जेनेरियो, (खेलाडी)-  ब्राजिलका स्टाइकर नेइमारले कतार विश्वकप २०२२ नै आफ्ना लागि अन्तिम विश्वकप हुने बताएका छन् ।

सन् २०१४ मा घरेलु मैदानमा सेमिफाइनलमा निराश बनेको पाँच पटकको विजेता ब्राजिल सन् २०१८ मा क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

लगतार दुई  संस्करण निराश बनेका नेइमारले सन् २०२२ पछि भने विश्वकप खेल्ने इच्छा नरहेको बताए । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

‘कतार नै मेरा लागि अन्तिम विश्वकप हुनेछ,' नेइमारले भने, 'मलाई त्यसपछिको संस्करण सम्म पनि म स्वभाविक लयमा हुन्छु जस्तो लाग्दैन । त्यसैले कतार विश्वकप २०२२ को उपाधि जित्दै विश्व विजेताको ताज पहिरिन चाहन्छु '

नेइमारले पहिलो पटक सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकप खेलेका थिए । सन् २००२ पछि विश्वकप उपाधि जित्न नसकेको ब्राजिल घरेलु मैदानमा सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दैै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सन् २०१८ को रुस विश्वकपमा पनि नेइमारले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

प्रतिक्रिया दिनुहोस

\