उरुग्वेमाथि अर्जेन्टिनाको सहज जित

ब्युनस आयर्स, (खेलाडी)- अर्जेन्टिनाले विश्वकप छनोटमा सोमबार उरुग्वेमाथि ३-० को सहज जित हात पारेको छ ।
३०औं मिनेटमा लियोनल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । ४४औं मिनेटमा रोड्रिगो डि पाउलले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । ६२औं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनाको अग्रता बढाएका थिए ।
यस जितपछि १० खेलमा २२ अंक जोड्दै अर्जेन्टिना दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानको ब्राजिल भन्दा ६ अंक कम हो । ब्राजिल भने सोमबार बिहान भएको खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोली कतार विश्वकप २०२२ का लागि छनोट हुनेछन् ।