Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

एनओसीका पूर्व अध्यक्ष राणाको निधन

काठमाडौं, (खेलाडी)- राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिव एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्व अध्यक्ष रुक्मसम्शेर राणाको शुक्रबार राति निधन भएको छ । 

राखेप र एनओसीमा प्रमूखका रुपमा दुई/दुई कार्यकाल नेतृत्व गरेका राणाको शुक्रबार राति ९ः४० मा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी गराएका छन् । पछिल्लो समय दुवै मृगौलाले काम गर्न छोडेपछि नियमित डाइलसिस गराइरहेका राणाले हिजो पनि डाइलसिस गराएका थिए ।

अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ र नेपाल एथ्लेटिक्स संघमा पनि अध्यक्षका रुपमा नेतृत्व प्रदान गरिसकेका नेपाली खेलकुदका पूर्व प्रशासक राणाको ८५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

राणाले भारतका लागि नेपालको राजदुतका रुपमा कुटनीतिक क्षेत्रमा पनि सेवा गरेका थिए ।

राणाको अहिले साढे दश बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।  

प्रतिक्रिया दिनुहोस

\