फाबियान्स्कीको बिदाई

वार्सा, (खेलाडी)- सान मारियिोमाथि ५-० को जितका साथ पोल्यान्डले विश्वकप छनोट सम्भावन कायम राखेको दिन गोलकिपर लुकास फाबियान्स्कीको भव्य बिदाई गरिएको छ ।

३६ वर्षिय वेस्ट हमका गोलकिपर फाबियान्स्कीको यसअघि नै अन्तर्राट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका थिए । त्यसैले सान मारियोविरुद्ध विश्वकप छनोटको समूह 'आई' को  खेलसँगै उनको बिदाई गरिएको हो ।

५८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेसँगै फाबियान्स्की भावुक बनेका थिए ।

सान मारियोमाथिको सहज जितपछि पोल्यान्ड समूह 'आई 'मा १४ अंक जोड्दै तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको इङल्यान्ड भन्दा पाँच अंक कम हो ।