Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

रोहितको अर्धशतक मद्दतमा पिएनजीलाई २३४ रनको लक्ष्य

काठमाडौं, (खेलाडी), पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउनुअघि २ सय ३३ रन बनायो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ८६ रन बनाए । १ सय २३ बलको खेलेका रोहितले आफ्नो पारीमा दुई चौका र तीन छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाएर पेभेलियन फर्केका थिए । 

रोहितले कप्तान ज्ञानेन्द्र मल्लसङ्ग तेस्रो विकेटको कीर्तिमानी ८४ रनको साझेदारी गरेका थिए । त्यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि मैदान आएका करन केसीले २६ बलमा दुई चौका र चार छक्कासहित ४२ रन बनाए । विनोद भण्डारीले ३४ बलमा दुई चौकासहित १७ बनाए । सोमपाल कामीले १८ बलमा एक चौकासहित ११ रन बनाए । 

नेपालका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल समान तीन/तीन रनमा पभेलियन फर्किदा कुशल मल्ल र विक्रम सोब एक रनमै आउट भए । सन्दिप लामिछाने खाता नखोल्दै रन आउट भए । सुशन भारी शून्यमा अविजित रहे । 

पिएनजीको बलिङमा चाड सोपरले तीन, काबुए मोरेअ र  नोरम भानुआले २ र चार्ल्स एमिनीले एक विकेट हात पारे । नेपालले यो खेल विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको तयारी स्वरुप खेलेको हो । 

भदौ २८ देखि असोज चार गतेसम्म चल्ने त्रिदेशीय शृंखलामा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

\