Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

क्लब विश्वकप जापानले आयोजना नगर्ने

टोकियो, (खेलाडी)- डिसेम्बरमा हुने क्लब विश्वकप जापानले आयोजना गर्न नसक्ने भएको छ ।

कोभिड १९ को महामारी नियन्त्रणमा लिन नसकेका कारण विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ । जसका कारण क्लब विश्वकप जापानमा हुन नसक्ने अधिकारीहरुले बताएका छन् ।
  
जापान फुटबल स‌घले कोभिड १९ महामारीको कारण विश्वकप आयोजना गर्न सक्ने अवस्था नभएको फिफाले बताएको छ ।
 
तर फिफाले क्लब विश्वकपको अर्को आयोजकको टुंगो लागिनसकेको बताएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको वैकल्पिक आयोजकको चाँडै घोषणा गरिने जनाएको छ ।

कोभिड १९ महामारीका बावजुद जापानले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्दै हालै मात्र विश्व खेलकुदको सबभन्दा ठूलो मेला ओलम्पिक र पारा ओलम्पिक सफलतासाथ आयोजना गरेको थियो ।

कोभिड १९ महामारीले नरोकेको भए जापानमा नवौं पटक क्वल विश्वकप हुने थियो । 

सन् २०२० को क्लब विश्वकप बार्यन म्युनिखले जितेको थियो । महामारीको कारण स्थगित भएको खेल २०२१ को फेब्रुअरीमा कतारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

\