बालोन डि ओर को मनोनयन सार्वजनिक 

पेरिस, (खेलाडी)- चेल्सीका जर्जिन्हो, पेरिस सेन्ट जर्मन (पिएसजी) का लियोनल मेसी र बार्यन म्युनिखका रोबर्ट लेवान्डोवस्की बालोन डि ओरको मनोनयमा परेका छन् ।

सन् २०१९ का विजेता मेसीले कीर्तिमानी ६ पटक बालोन डि ओर जितेका छन् ।

अर्जेन्टिनाले कोपा अमेरिकामा हात पारेको सफलतापछि मेसी मनोनयमा पर्न सफल भए ।

जर्जिन्होको प्रेरणादायी प्रदर्शनमा चेल्सीले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने इटालीले जुलाईमा युरोपियन च्याम्पियनसिप २०२० को उपाधि जितेको थियो ।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्कीले सन् २०२०-२१ को युरोपियन गोल्डेन बुट जितेका थिए । गत सिजन बायर्न म्युनिखले बुन्डेसलिगाको उपाधि जित्दा लेवान्डोवस्कीले ४१ गोल गरेका थिए ।

त्यस्तै पाँच पटकका बालोन डि ओर विजेता म्यानचेस्टर युनाइटेडका कप्तान क्रिस्टियानो रोनाल्डो पनि मनोनयनमा पर्न सफल भए । 

मनोनयनको शीर्ष ३० मा इङलिस प्रिमियर लिगका १४ खेलाडी अटाएका छन् । त्यस्तै युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीका पाँच खेलाडी पनि मनोनयनमा छन् ।

कोभिड १९ महामारीका कारण गत वर्ष अवार्ड आयोजना हुन सकेन । विजेताको घोषणा नोभेम्बर २९ मा पेरिसमा हुनेछ ।